मुख्य समाचार

लोकसेवा आयोगको विज्ञापन रद्द होला ?

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आगामी सोमबार बस्ने बैठकमा सहभागी हुन अन्तिम मौका दिने भएको छ । लोकसेवा आयोगले प्रकाशन गरेको कर्मचारी आवेदन विज्ञापनको विषयमा कानुनबोमजिम नभएको भन्दै चौतफी विरोध भएपछि सरकारको धारणा बुझ्न समितिले पटक पटक बैठक बस्न खोजेपनि मन्त्रि अनुपस्थित भएपछि मन्त्री पण्डितलाई सोमबारका लागि अन्तिम मौका दिने भएको हो । सोमबार बस्ने बैठकमा मन्त्री पण्डित सहभागी नभए विज्ञापन… पुरा पढौ

१४ जिल्लामा विप्लवका जनसेना

केही जिल्लामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका लडाकुको शंकास्पद गतिविधि देखिएको सुरक्षा निकायले बताएको छ । नेपाल प्रहरी स्रोतका अनुसार १४ जिल्लामा विप्लवका लडाकु दस्ता हतियारसहित देखिएका छन् । सुरक्षा निकायलाई प्राप्त ‘इन्टेलिजेन्स रिपोर्ट’ अनुसार पहाडी र चुरे क्षेत्रसँग जोडिएका जिल्लामा विप्लव समूहका लडाकु देखिएका हुन् । रातको समयमा सुरक्षाकर्मीको सहज उपस्थिति नभएका इलाकाहरुमा उनीहरु हतियारसहित देखा परेको बताइएको छ । एक उच्च सुरक्षा अधिकारीले भने, ‘‘विप्लव समूहको हतियासहितको गतिविधि… पुरा पढौ

प्रदेश २ को सम्पर्क भाषा हिन्दी, मैथिली, भोजपुरीको अपमान

प्रदेश २ को सरकारद्वारा हिन्दी भाषालाई सम्पर्क भाषाका रूपमा विकास गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरिएकामा प्रतिपक्षी नेकपाका प्रदेशसभा सदस्यले आपत्ति जनाएका छन् ।आर्थिक वर्ष ०७६/०७७ का लागि प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा आज उनीहरूले सरकारले मैथिली, भोजपुरीलगायतका भाषाको संरक्षण नगरी हिन्दी भाषाको विकास गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्नु मैथिली, भोजपुरीलगायतका भाषालाई कमजोर तुल्याउने मनसाय भएको बताए । नीति तथा कार्यक्रममा एकातिर मातृभाषामा पढाउने अर्कोतिर हिन्दी भाषालाई… पुरा पढौ

संसारका प्रमुख भाषामा गण्डकीको वेबसाइट

गण्डकी सरकारले प्रर्यटन प्रवद्र्धनबाट समृद्धि खोज्न विभिन्न योजना सार्वजनिक गरेको छ । शुक्रबार प्रदेश सभामा पेश भएको नीति तथा कार्यक्रममा प्रदेशको पर्यटनलाई विश्वव्यापी रुपमा प्रतिस्पर्धी बनाउन डिजिटल पर्यटन कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । प्रदेशका उत्पादन तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्न विश्वका प्रमुख भाषामा वेब पोर्टल निर्माण गरी सञ्चालन गरिने भएको छ । सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरी कार्यक्रम सञ्चालन भइरहेका छन् । सन् २०२० लाई छिमेकी… पुरा पढौ

लोमन्थाङलाई विश्व सम्पदा सूची, उपल्लो मुस्ताङमा जियोपार्क

गण्डकी सरकारले मुस्ताङको लोमन्थाङ क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने भएको छ । सरकारले उपल्लो मुस्ताङमा जियोपार्क निर्माण गर्ने जनाएको छ । शुक्रबार प्रदेशसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रवेद प्रमुख बाबुराम कुँवरले यस्तो जनाएका हुन् । नीति तथा कार्यक्रममा मुस्ताङ, मनाङ र उत्तरी गोरखालाई फिल्म सिटी र विशेष पर्यटन क्षेत्रको रुपमा विकास गर्ने नीति उल्लेख छ । सरकारले सन् २०२२ सम्म वार्षिक २०लाख पर्यटक भित्र्याउने… पुरा पढौ

‘कम्युनिष्ट लालबाट दलाल भएँ, त्यसैले कांग्रेसमा आएँ’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका  ललितपुर जिल्ला नेता रामकृष्ण हुमागाँई नेपाली काँग्रेस प्रवेश गरेका छन् । राष्ट्रिय जागरण अभियान कार्यक्रम अन्तर्गत शुक्रबार हुमागाँईलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसमा प्रवेश स्वागत गरेको हुन् । पार्टी प्रवेश कार्यक्रममा नेता हुमागाँईले सत्तासीन नेकपा लालबाट दलाल भएकोले आफू काँग्रेस प्रवेश गरेको बताए । ‘२५ वर्ष नेकपाको स्कुलिङमा हुर्किँदा काँग्रेसप्रति मलाई भ्रम थियो । देशभक्त र असली लोकतन्त्रको पहरेदार काँग्रेस रहेछ । अहिले आएर… पुरा पढौ

मुख्यमन्त्री बिरामी भएका बेला मुख्य न्यायाधिवक्ताको राजीनामा

प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला न्यौपानेले राजीनामा दिएका हुन् । न्यौपानेले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन् । पदमा रहँदा स्वतन्त्रपूर्वक काम गर्ने आफ्नो आदतअनुसार काम गर्न नपाएकाले र बाँधिएर काम गर्नुपर्ने बाध्यताका कारण पदबाट राजीनामा दिएको उनको भनाइ छ । मुख्य न्यायाधिवक्ताको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्ने कानूनी व्यवस्था छ । पुरा पढौ

जोमसोम विमानस्थल १५ दिनका लागि बन्द

मुस्ताङको जोमसोम विमानस्थल शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ। विमानस्थलको धावनमार्गमा कालोपत्र थप (ओभरले) गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ। ‘असार ७ गतेसम्म विमानस्थल बन्द रहन्छ’, कार्यालयप्रमुख भानु कोइरालाले भने, ‘त्यतिञ्जेल धावनमार्ग सुधारको काम सकिन्छ।’ जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नु परेको उनको भनाइ छ। विमानस्थल स्तरोन्नति योजनाअनुसार धावनमार्गको तह मिलाउने (ग्रेड सुधार), कालोपत्र थपलगायत… पुरा पढौ

ओलीलाई नेपालको टक्कर, दोहोरो जिम्मेवारी दिने प्रस्तावमा विमति

सत्तारुढ दल नेकपामा केन्द्रीय नेताहरूलाई दोहोरो जिम्मेवारी दिनुपर्ने प्रस्तावले विवाद बढाएको छ । सचिवालयमा प्रस्तुत प्रस्तावमा विमति जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई कडा टक्कर दिएका छन् । सचिवालय बैठक तीन दिन बसे पनि जिल्ला इन्चार्ज र सहइन्जार्च तोक्न नेकपा असमर्थ बनेको छ । अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले भूगोलका ७७ वटा जिल्लाको इन्चार्ज र सहइन्चार्जका लागि प्रस्ताव गरेका नाममा नेता नेपालले असहमति जनाएका छन्। ओली र दाहालले… पुरा पढौ

इटहरी नगरप्रमुख चौधरी पार्टी सम्पर्कबाहिर, के अव कार्वाही होला उनलाई ?

पत्रकारलाई नाकको हड्डी भाँचिदिने धम्की दिएका इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरी नेकपाको सम्पर्कबाहिर छन् । नेकपा प्रदेश १ का सदस्य तत्कालीन एमालेको टिकटबाट मेयरमा निर्वाचित भएका मेयर अहिले चौधरीको मोबाइल स्विच अफ भएकोले उनि सम्पर्कविहिन बनेका हुन् । नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले चौधरी पार्टी सम्पर्कबाहिर रहेको बताए । इटहरी उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले पनि केही दिनयता प्रमुखसँग सम्पर्क नभएको बताइन् । चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा तेरो नाकको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं