इटहरी नगरप्रमुख चौधरी पार्टी सम्पर्कबाहिर, के अव कार्वाही होला उनलाई ?

पत्रकारलाई नाकको हड्डी भाँचिदिने धम्की दिएका इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरी नेकपाको सम्पर्कबाहिर छन् ।

नेकपा प्रदेश १ का सदस्य तत्कालीन एमालेको टिकटबाट मेयरमा निर्वाचित भएका मेयर अहिले चौधरीको मोबाइल स्विच अफ भएकोले उनि सम्पर्कविहिन बनेका हुन् ।

नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले चौधरी पार्टी सम्पर्कबाहिर रहेको बताए । इटहरी उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले पनि केही दिनयता प्रमुखसँग सम्पर्क नभएको बताइन् ।

चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको भन्दै धम्क्याएका थिए ।

यसैबीच पत्रकार महासंघ प्रदेश १ समितिले चौधरीले पत्रकारलाई धम्की दिएको घटनाको सत्यतथ्य छानबिन गर्न मिसन टोली गठन गरेको छ ।

टोलीलाई धरानमा पत्रकार महासंघ धनकुटा शाखाका सदस्य दिलबहादुर राईमाथि कार्यालयमै भएको आक्रमण घटनाको पनि सत्यतथ्य अध्ययन गर्ने जिम्मेवारी दिएको प्रदेश समितिले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रजिअ प्रेमप्रकाश उप्रेतीले पत्रकारलगायत इटहरीको सुरक्षा व्यवस्था कडा पारिएको बताए ।