संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आगामी सोमबार बस्ने बैठकमा सहभागी हुन अन्तिम मौका दिने भएको छ ।
लोकसेवा आयोगले प्रकाशन गरेको कर्मचारी आवेदन विज्ञापनको विषयमा कानुनबोमजिम नभएको भन्दै चौतफी विरोध भएपछि सरकारको धारणा बुझ्न समितिले पटक पटक बैठक बस्न खोजेपनि मन्त्रि अनुपस्थित भएपछि मन्त्री पण्डितलाई सोमबारका लागि अन्तिम मौका दिने भएको हो ।
सोमबार बस्ने बैठकमा मन्त्री पण्डित सहभागी नभए विज्ञापन रद्द गर्न सरकारमार्फत आयोगलाई निर्देशन दिने समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन ।






