मुख्य समाचार

सरकार कसले चलाउँदै छ ?

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं नेकपाका नेता विष्णु रिमालले पूर्व माओवादी नेताहरुलाई लक्षित गर्दै अमर्यादित ट्वीट गरेपछि नेकपाभित्रको विवाद सतहमा आएको छ। रिमालले पूर्वमाओवादी नेता–कार्यकर्तालाई लक्षित गर्दै ‘छौंडा’ भनेपछि नेकपाभित्र विभिन्न क्रिया–प्रतिक्रिया आइरहेका छन्। त्यसयता प्रधानमन्त्री निकटका नेताहरुले अध्यक्ष प्रचण्डले सरकारलाई असहयोग गरिरहेको समाचार लेखाउन थालेका छन्। दुईतिहाई बहुमतको वामपन्थी सरकार दिन प्रतिदिन कमजोर हुँदै जानुमा प्रधानमन्त्री र नेकपाका नेताबीच अलग अलग कोणबाट समीक्षा हुन थालेको छ। पूर्वमाओवादीका नेताहरु प्रधानमन्त्री केपी… पुरा पढौ

जिल्ला ईञ्चार्ज : पूर्वएमालेबाट ४४, पूर्वमाओवादीबाट ३३ जना

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वले जिल्ला इन्चार्ज बाँडफाँट जिल्ला अध्यक्षकै मोडेलमा गर्ने भएको छ। जस अनुसार तत्कालीन नेकपा एमालेको भागमा ४४ जना र तत्कालीन नेकपा माओवादी केन्द्रको भागमा ३३ जना इन्चार्ज पर्ने देखिएको छ। जिल्ला अध्यक्षमा एमालेले ४४ र माओवादीले ३३ जिल्लाको नेतृत्व लिने सहमति गरेका थिए।जिल्ला इन्चार्जमा पनि करिव यही अनुसार भागबण्डा हुनेछ। विदेश भ्रमणमा रहेका नेकपाका बरिठ नेता माधव नेपाल असार २९ गते स्वदेश फर्केपछि ३० गते सचिवालय… पुरा पढौ

सर्लाही घटनामा छानबिन समिति बनाउन सरकारलाई आपत्ति छैनः गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा यही असार ५ गते सर्लाहीमा नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको मुठभेटमा मृत्यु भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले जनपरिषद् गठन गर्ने, शान्ति सुरक्षामा खलल पु¥याउने र संविधान विरोधी गतिविधि गरेकाले प्रहरीसँगको मुठभेटमा पौडेलको निधन भएको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो “ कथित जिल्ला इन्चार्ज पौडेलले प्रहरी देख्नेबित्तिकै फायर गरेको र प्रहरीले जवाफी फायर गर्दा… पुरा पढौ

प्रधानमन्त्रीले लिए राष्ट्रिय परिचयपत्र

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उनलाई सो परिचयपत्र हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरियो । नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशतलाई यो परिचयपत्र दिने कार्यक्रमअनुसार… पुरा पढौ

तरकारीको विषादी परीक्षणको माग गर्दै सर्वोच्चमा रिट दर्ता

भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलको अनिवार्य विषादी परीक्षण गर्न आदेशको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले दर्ता गराएको रिटमा भारतबाट आउने र नेपालमै उत्पादन हुने तरकारी र फलफूल अनिवार्यरुपमा परीक्षण गराएर मात्रै उपभोक्ता माझ विक्री वितरण गर्नुपर्ने व्यवस्थाका लागि आदेशको माग गरिएको छ । विषादीयुक्त तरकारी र फलफूलले गर्भमा रहेको शिशुलाई समेत असर गर्ने भन्दै… पुरा पढौ

कांग्रेस-राजपाले गरे संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेलको मृत्युको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ । गृहमन्त्री रामबहादुर थापाले लोकतन्त्रको रक्षाका लागि गोली चलाउँदा पौडेलको मुठभेडमै मृत्यु भएको जवाफ संसदमा दिएपछि कांग्रेस र राजपाले संसद वैठक नै अवरुद्ध पारेका छन् । गृहमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रतिनिधिसभा बैठकमा मंगलबार कांग्रेसका प्रमुख सचेतक… पुरा पढौ

जनस्वास्थ्य र नागरिकको अधिकारका विषयमा सरकार गम्भीर : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनस्वास्थ्य र नागरिकको अधिकारसँग जोडिएको विषयमा नेपाल सरकार गम्भीर भएकाले भारतबाट आउने तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ देशको हितमा हुने गरी कार्यान्वयन गरिने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुको जिज्ञासामा मन्त्री बाँस्कोटाले सोका लागि नेपालको प्राविधिक क्षमता र देशभित्रको उत्पादन क्षमता वृद्धि गर्नेतर्फ लाग्ने जनाउँदै आफूहरु बाह्य पक्षबाट प्रभावित नभई देश हितको पक्षमा गम्भीर… पुरा पढौ

जोमसोम – कोरला जाने बाटो अवरुद्ध हुनसक्ने

निर्माणाधीन कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डका अधिकांश पुल जोखिमयुक्त छन् । यो क्षेत्रमा कालीगण्डकी करिडोर निर्माणको काम भइरहेको छ । गलेश्वरको बेलिब्रिज खतरामा रहेकाले निर्माणाधीन अर्को बेलिब्रिज छिटो निर्माण गर्न बारम्बार दवाव दिँदै आएको तर पुल निर्माणको ठेक्का लिएको शर्मा युनाइटेड विल्डर्स जेभी काठमाडाँैले सुनेको नसुन्यै गरेको स्थानीय बासिन्दाले बताएका छन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले गलेश्वरको बेलिब्रिज उच्च जोखिममा रहेकाले कुनै पनि बेला बेनी–जोमसोम सडकखण्ड अवरुद्ध हुने अवस्थामा… पुरा पढौ

हिरासतबाट थुनुवा भागेपछि प्रहरी तनावमा, छानविन समिति गठन

ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट गएराति तीनजना थुनुवा फरार भएका छन् । प्रहरीका अनुसार शमशेर माझी, रुद्रलाल श्रेष्ठ र रवि कुमार तिमल्सिना हिरासतको ग्रिल तोडेर भागेका हुन् ।  उनीहरु चोरी र लागुऔषध मुद्दामा केही दिनअघि पक्राउ परेका थिए । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) रविन्द्र धानुकले थुनुवा फरार भएको पुष्टि गर्दै तीनजना प्रहरी निलम्बनमा परेको बताए । धानुकका अनुसार ड्यिुटीमा रहेका एक असई, एक हवल्दार र एकजना प्रहरी… पुरा पढौ

अनलाईन ट्याकिङ सिस्टम (भिसिटिएस) प्रति ड्यापको असहमति

आगामी आउन महिनादेखि सरकारले लागू गर्न लागेको अनलाईन ट्याकिङ सिस्टम (भिसिटिएस) प्रति अधिकृत विक्रेता संघ पोखराले असहमति जनाएको छ । नयाँ नीतिको विरोधमा संघले साउन १ गतेदेखि समान होम डेलिभरी गर्न नजाने र दुकानमा आउने ग्राहकलाई मात्र विक्री वितरण गर्ने निर्णय गरेको छ । साथै संघले नेपाल वितरक महासंघ पोखरा उद्योग वाणिज्य संघलाई पत्र पठाउँदै यो नीति तत्काल खारेज गर्न या रोक्न पहल गरिदिन आग्रह गरेको छ । संघका महासचिव… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं