मुख्य समाचार

प्राकृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै टेलिकम

देशका विभिन्न स्थानमा बाढी÷पहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद्सम्बन्धी पूर्वजानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको छ । टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता सम्भावित विपद् क्षेत्रका बासिन्दालाई मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको छ । टेलिकमले हालै जल तथा मौसम विज्ञान विभागले यो साताको अन्त्यसँगै मुलुकभरका प्रायः नदीको बहाव उच्च हुने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाव… पुरा पढौ

विप्लव समूहको निसानामै थिए घुमुवा प्रहरी !

भोजपुरमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको छ । भिडन्तमा एक प्रहरी र विप्लव समूहका ओखलढुङ्गा जिल्ला इञ्जार्जको मृत्यु भएको छ । विप्लव समूहका ओखलढुङ्गा जिल्ला इञ्चार्ज निरकुमार राईको मृत्यु भएको छ भने विप्लव समूहका कार्यकर्ताको गोली प्रहारबाट प्रहरी सञ्जीव राईको मृत्यु भएको छ ।  अर्का एकजना प्रहरी जवान सोमनाथ भट्टराई घाइते भएका छन् । विप्लव समूहले प्रहरीको ‘घुमुवा’ टोलीमाथि आक्रमण गरेको थियो । प्रहरी स्रोतका अनुसार भोजपुर सदरमुकाममै… पुरा पढौ

प्रहरी-विप्लव समूहबीच भिडन्त, १ प्रहरीसहित २ जनाको ज्यान गयो, थप विवरण आउन बाँकी

नेपाल प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भोजपुरमा भिडन्त भएको छ । भिडन्तमा परी एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । सदरमुकामस्थित शनिबारे हटिया लाग्ने स्थानमा विप्लवका कार्यकर्ताले प्रहार गरेको गोली लागेर प्रहरी जवान सञ्जिव राईको मृत्यु भएको हो । विप्लव कार्यकर्ताको प्रहार लगत्तै प्रहरीले जवाफी प्रतिकार गरेको जनाएको छ । प्रहरीले गोली चलाउँदा विप्लव समूहका ओखलढुंगा जिल्ला इन्चार्ज नीरकुमार राईको पनि मृत्यु भएको जनाइएको छ ।… पुरा पढौ

मानेभञ्ज्याङमा यात्रु बस दुर्घटना, ३ जनाको मृत्यु, १७ घाइते, थप विवरण आउन बाँकी

जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–६ डढुवामा आज बिहान ३ बजे बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १७ घाइते भएका छन् ।      बसका चालक झापा पत्थरी–८ घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुली कमलामाई नगरपालिकाका लालबहादुर धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजीब श्रेष्ठले जानकारी दिए ।  घाइतेमध्ये पाँचको अवस्था गम्भीर छ । गम्भीर अवस्थाका पाँच जनालाई एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ ।… पुरा पढौ

मदिरा खुवाएर बालिका बलात्कार, सघाउने आफ्नै काकी

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ माध्यमिक विद्यालयमा एक बालिकामाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ ।  झुक्याएर मदिरा खुवाई १४ वर्षीयामाथि बलात्कारमा सहयोग गरेको आरोपमा उनकै काकी मङ्गलबार पक्राउ परेकी छिन् । सर्वत भन्दै झुक्याएर स्प्राइटमा मदिरा मिसाएर वाइन खुवाएपछि नशामा लठ्ठिएकी बालिकामाथि बलात्कार गरिएको पीडितले बताएकी छिन् ।  यो घटनाको मुख्य योजनाकार ती बालिकाकी नाताभित्रकै ३५ वर्षीया काकी रहेको उजुरी परेकाले पक्राउ गरिएको जिल्ला प्रहरी… पुरा पढौ

बुढीगंगा नदी थुनियो, स्थानीयमा त्रास, राज्य संयन्त्र निकम्मा

बुढीगंगा नदी थुनिँदा पछिल्लो समयमा आसपासको वस्ती त्रसित हुन थालेका छन् । पहिरोका कारण विगत ५ वर्ष यता त्रिबेणी नगरापालिकाको द्वारी मलानादेखि बागडांडासम्म करिव १० किलोमिटर जमिनमा निरन्तर पहिरो खस्न थालेपछि स्थानीय त्रसित भएका हुन् । उनीहरू रातभर जाग्राम बस्नुपर्ने अवस्था छ । पहिरो खस्दा बुढीगंगा नदी थुनिंदै गएको छ । पहिरो वारिपारिबाट आएको छ । पहिरोका कारण त्रिवेणी नगरपालिकाको वडा नं. ९ स्थित पैंमा गाउँको करिव २ सय ५०… पुरा पढौ

वर्षा नै वर्षा, अझै २ दिन विशेष सतर्क रहन आग्रह

देशभर भारी वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । मनसुनको न्यूनचापिय रेखा नेपालतिरै रहेकाले दुई दिन बढी सतर्क हुनुपर्ने मौसमविद् विभूति पोखरेलले बताएकी छिन् ।  पोखरेलका अनुसार मंगलबार रातिदेखि बुधबार बिहानसम्म देशका अधिकांश स्थानहरुमा सामान्यदेखि भारी वर्षा भइरहेको छ ।  यो क्रम बुधबार र बिहीबार बढी देखिने उनले बताएकी छिन् । उनका अनुसार देशभर नै सतर्क हुनुपर्ने अवस्था देखिए पनि मध्य र पूर्वमा बढी सतर्क रहनु पर्नेछ ।  पश्चिममा पनि सतर्क… पुरा पढौ

पोखरा विजयपुरमा डाइभर्सन बन्यो, चले गाडी

सोमबार बिहानैदेखि पोखरा छिर्न नपाएरमा लाइनमा रहेका मालबाहक गाडी प्रवेश गर्न लागेका छन् । पोखरा प्रवेश गर्ने विजयपुर खोलामा मंगलबार साँझ डाइभर्सन बनाइएको छ । यसअघि खोलाले बगाएको डाइभर्सन भएकै ठाउँमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको कम्पनीले डाइभर्सन बनाइदिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले सोमबार विजयपुर क्षेत्र निरीक्षण गर्दै तत्काल डाइभर्सन बनाउन सडक डिभिजन कार्यालयलाई निर्देशन दिएका थिए । उनले विमानस्थल निर्माण गरिरहेको चिनियाँ कम्पनीका प्रतिनिधिहरुलाई… पुरा पढौ

लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपाल विश्वकै सर्वोत्कृष्ट, गभर्नर ईन्दुले लिइन् शपथ

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका लायन वर्ष २०१९/२० का गभर्नर ईन्दु लम्सालले शपथ लिएकी छन् । लायन्स क्लब्स इन्टरनेशनलको १०२औं इटाली कन्भेन्सनमा उनले लायन्स इन्टरनेशनलका अध्यक्ष जुङ युल चोइबाटे गभर्नरको शपथ लिएकी हुन् । संगठन विस्तारमा संसारका २ सय १२ देशलाई पछाडि पार्दै लम्साल नेतृत्वको डिष्ट्रिक्टले विश्वलाई चकित बनाउन सफल भएको छ । शपथ लिंदै गभर्नर लम्सालले ८४ वटा नयाँ क्लबको दर्ता गर्न सफल भएकी छन् ।… पुरा पढौ

मिडिया काउन्सिल विधेयकमा जुट्यो सहमति

नेपाल पत्रकार महासंघले आन्दोलन फिर्ता लिएको छ । सरकारले राष्ट्रियसभामा प्रस्तुत गरेको मिडिया काउन्सिलविधेयकको विरुद्धमा आन्दोलनमा रहेको महासंघले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको प्रतिवद्धतापछि आन्दोलन फिर्ता लिएको हो । नेपाल पत्रकार महासंघ सडक आन्दोलनमै उत्रिएपछि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले महासंघलाई बार्तामा बोलाएका थिए । नेम्वाङको पहलकदमीपछि भएको ३ चरणको वार्तापछि मंगलबार सहमति जुटेको हो । बैठकमा नेता नेम्वङले महासंघले उठाएको मागप्रति नेकपा सहमत रहेको भन्दै आन्दोलन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं