सोमबार बिहानैदेखि पोखरा छिर्न नपाएरमा लाइनमा रहेका मालबाहक गाडी प्रवेश गर्न लागेका छन् । पोखरा प्रवेश गर्ने विजयपुर खोलामा मंगलबार साँझ डाइभर्सन बनाइएको छ ।
यसअघि खोलाले बगाएको डाइभर्सन भएकै ठाउँमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको कम्पनीले डाइभर्सन बनाइदिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले सोमबार विजयपुर क्षेत्र निरीक्षण गर्दै तत्काल डाइभर्सन बनाउन सडक डिभिजन कार्यालयलाई निर्देशन दिएका थिए । उनले विमानस्थल निर्माण गरिरहेको चिनियाँ कम्पनीका प्रतिनिधिहरुलाई कुरा गरी सहयोग गर्न आग्रह गरेका थिए ।
विजयपुरमा रहेको मोटरेबल पुल चर्किएपछि नजिकै बनाइएको डाइभर्सनले सोमबार बाढीले बगाएको थियो । डाइभर्सन बगाएपछि चर्केको पुलबाट १० टनभन्दा बढीका मालबाहक गाडी पोखरा प्रवेश गर्न सकेका थिएनन् । विजयपुरमा बेलीब्रिज निर्माण गर्ने तयारी भएको छ ।






