बुढीगंगा नदी थुनिँदा पछिल्लो समयमा आसपासको वस्ती त्रसित हुन थालेका छन् । पहिरोका कारण विगत ५ वर्ष यता त्रिबेणी नगरापालिकाको द्वारी मलानादेखि बागडांडासम्म करिव १० किलोमिटर जमिनमा निरन्तर पहिरो खस्न थालेपछि स्थानीय त्रसित भएका हुन् । उनीहरू रातभर जाग्राम बस्नुपर्ने अवस्था छ ।
पहिरो खस्दा बुढीगंगा नदी थुनिंदै गएको छ । पहिरो वारिपारिबाट आएको छ । पहिरोका कारण त्रिवेणी नगरपालिकाको वडा नं. ९ स्थित पैंमा गाउँको करिव २ सय ५० रोपनी धान फल्ने खेत र पाखो जग्गा पनि बगेको छ । पहिरोका कारण ६५ परिवारका घरका छाना भत्केका छन् । मालागाड जलद्यिुत आयोजनाको विद्यूत लाईन अबरुद्ध भएको छ ।
सुदूरपश्चिमकै सुप्रशिद्ध तीर्थस्थ बढिमालिका जाने मूलबाटो पहिरोमा परेको छ भने करोडौं मुल्य बरावरको वनजंगल नास भएको त्रिबेणी स्थानयि वासिन्दा एबं बडिमालिकाका पुजारी नेत्रराज पाध्याले जानकारी दिए । उनले भने, ‘पहिरो प्रभावित ४५ परिवालाई १० हजारदेखि ३० हजार रुपैंयासम्म राहात वितरण गरेको र विऊँ खरिदका लागि थप २ लाख रुपैंया छुट्याएका छौं ।’
‘दीघकालिन ब्यवस्थापनका लागि नगरस्तरीय विपत ब्यवस्थापन निर्देशका जारी गरी गरिएको छ । बुढीगंगा नदीको वहाव जतिवेला पनि बढ्न सक्ने र सम्भावित ठूलो क्षति हुने पूर्वानुमान गरी सबै वडामा बुढीगंगा नदी आसपासमा वस्न सार्वजनिक सूचना सहित जारी गरेका छौं’, त्रिबेणी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत खगेन्द्र बहादुर साउदले भने ।
ठूलो आकारमा निरन्तर पहिरो बग्दा बुढीगंगा नदीको वहावमा अबरुद्ध भएको छ । यता वारिपट्टी बुढीगंगा नगरपालिको अम्कोटमा पनि पहिरो गएको छ । पहिरोवाट सांफे–मार्तडी सडक खण्डको करिव २ किलोमिटर सडक भासिएको छ । त्यसैगरी विद्युतको राष्ट्रिय प्रसारण ३३ केभिए लाईनका पोलहरु पुरिएका छन् । जस्ले गर्दा सरकारको उज्यालो देश कार्यक्रम पनि प्रभावित हुने देखिन्छ ।
दर्जर्नौ परिवारका खेत घरछाना उच्च जोखिममा छन् । पहिरो आउने डरले वर्षमौसममा अम्कोटवासी लेकछानामा बस्न बाध्य भएको स्थानीय वासिन्दा हंशराज पाध्यायले दुःखसो ब्यक्त गरेका छन् । वर्षेनी पहिरो जान थालेपछि साँफे–मार्तडी सडक खण्ड पनि उच्च जोखिममा रहेको सांफे मार्तडी सडक डिभिजन कार्यालयले जनाएको छ ।
प्राविधिक ईन्जिनियरका अनुसारः पहिले माटो चेक जाँच नगरी सडक निर्माणगर्दा अहिले समस्या आएको हो । बार्जुगाडदेखि मार्तडीसम्मको करिव २९ किलो मिटर वाटो नदीकै कारण उच्च जोखिममा रहेको सांफे मार्तडी डिभिजन सडकका कमचारी कृष्ण बुढाले बताए ।
माथिवाट पहिरो जाने तल नदीले काटेने हुँदा सडक यातायात, विजुली, घरखेत जोखिममा छन् । बुढीगंगा नदी थुनिँदा बाजुराका बुढीगंगा र त्रिबेणी नगरपालिका लगायत छिमेकी जिल्ला अछामको सांफेबगर नगरपालका डुवानमा पर्ने सम्भावना बढि छ । अहिलेसम्म सिलिप मात्र गएको छ ।
‘द्धारीमा पहिरो जाने हो भने बुढीगंगा नदी थुनिन्छ, साफेवर नगरपालिका डुवानमा पर्न सक्ने वढि सम्भावना छ’, अछामस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख जंगबहादुर थापाले बने । त्यसैगरी सांफे मर्तडी सडक खण्ड पनि उच्च जोखिममा रहेकोले विकल्पका रुपमा अमकोट धुरालसैन हुँदै हरडेखोलामा जोड्न सक्निछ । वा आटिचौरको र्टयाक ओपन गरी बडिमालिका नगररपालिकाको भौनेरा पनि जोड्न सकिन्छ तर, उक्त क्षेत्रको भौनेरामा पुल नहुंदा सडक मार्तडी सम्म तत्काल जोड्न नसकिने प्रमुख थापाको बुझाई छ ।
यि विकल्प सोचे सडकको एलाइन्म्यान्ट पविर्तन गरी सडक सुचारु गर्न सकिने कार्यालय प्रमुख थापाले बताए । तत्काल त्यो पनि सम्भव नरहेको र जिल्लामा पटक पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदा पनि पनि सडक विभागले कुनै सुनुवाई नगरेको बडिमालिका नगरपािलका प्रमुख पदम बडुवालले वताए ।
सडकको संरक्षण गर्न बायोइन्जिनियरिङ्गको पाटो एकदमै कमजोर छ । त्यसमा कसैको ध्यान गएको छैन । सडक क्षेउछाउमा रुख, विरुवा, घाँस राप्ने, विरुवाका हांगाकाटेर लगाउने ,माटो भर्ने लगायतका तमाम उपाय छन् ।
विडम्वना सडक संरक्षणको पूर्वयोजनामा सम्बद्ध हामी कसैको ध्यान नगएको पूर्वाधार विकास कार्यालय प्रमुख थापाले स्विकारेका छन् । केही दिन अगाडि पहिरोको अवलोकन गर्न बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालको नेतृत्वमा जिल्लाको एक टोली उक्त क्षेत्रमा गएको सामाजिक सञ्जालबाट थाह भएको छ । यद्यपि अनुगमनपछि बाढि पहिरो नियन्त्रण गर्न केगर्ने ? भन्ने वारे के योजना बनाए ? त्यो भने बाहिर अआएको छैन ।






