तरकारीको विषादी परीक्षणको माग गर्दै सर्वोच्चमा रिट दर्ता

भारतबाट नेपाल भित्रिने तरकारी र फलफूलको अनिवार्य विषादी परीक्षण गर्न आदेशको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ ।

स्वतन्त्र राष्ट्रिय अभियानका तर्फबाट अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद दुवाडीले दर्ता गराएको रिटमा भारतबाट आउने र नेपालमै उत्पादन हुने तरकारी र फलफूल अनिवार्यरुपमा परीक्षण गराएर मात्रै उपभोक्ता माझ विक्री वितरण गर्नुपर्ने व्यवस्थाका लागि आदेशको माग गरिएको छ ।

विषादीयुक्त तरकारी र फलफूलले गर्भमा रहेको शिशुलाई समेत असर गर्ने भन्दै स्वास्थ तरकारी र फलफूल खान पाउनु नागरिकको मौलिक हक समेत भएकाले जाँच्ने मेसिन अभावको बाहनामा विषादीयुक्त तरकारी बेच्न नपाइने रिट निवेदकहरुले दावी गरेका छन् । त्यसैले विषादीयुक्त भारतीय तरकारी नेपालमा बेच्न छुट दिने मन्त्रिपरिषदको असार १९ को निर्णय खारेज हुनुपर्ने रिट निवेदकहरुले माग गरेका छन् ।

रिटमा स्वदेशी सरकारी र फलफूलको समेत अनिवार्य परीक्षण हुनुपर्ने आदेशको माग गरिएको रिट निवेदन स्वागत नेपालले बताए । अधिवक्ता नेपालले भने, ‘मौलिक हकसँग जोडिएको विषयमा राजपत्रमा प्रकाशित भइसकेको सूचनालाई सच्याउन मिल्दैन भन्ने पनि हाम्रो माग रहेको छ । रिटमाथिको पहिलो छलफल बुधबारका लागि तोकिएको छ ।