मुख्य समाचार

मुलुक समृद्धितर्फ उन्मुख : डा. तुलाधर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ–पोखरा जनसम्पर्क मञ्चको कार्यकर्ता भेटघाट कार्यक्रम शनिबार पोखरामा सम्पन्न भयो । भेलाको उद्घाटन नेकपा नेता एवं पूर्व मन्त्री डा. गंगालाल तुलाधरले गरे । उक्त अवसरमा बोल्दै नेता तुलाधरले मुलुक समृद्धितर्फ उन्मुख भएको बताए । उनले नेकपा सरकारले गरेको जत्तिको काम कुनै पनि सरकारले गर्न नसकेको बताए । नेता तुलाधरले सरकारले सोचे अनुरुप गति लिन नसके पनि आफ्नो समयसीमा भित्र उद्देश्य पूरा गरेरै छाड्ने स्पष्ट पारे ।… पुरा पढौ

ओली नेतृत्वको सरकार भ्रष्टाचारीको अखडा : कांग्रेस सभापति धमला

नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारीको अखडा भएको आरोप लगाएका छन् । उनले गत चुनाव र प्रधानमन्त्री ओलीले भ्रष्टाचार सुन्न पनि नचाहने र गर्न नदिने प्रतिवद्धता जनाए पनि उनकै सरकारका मन्त्रीले अरवौं अरव रुपैयाँ भ्रष्टाचार हुँदा समेत टुलुटुलु हेरेर बसेको बताए । नेपाली कांग्रेस, धादिङ–पोखरा सम्पर्क समितिद्वारा आयोजित पाचौैं साधारणसभा तथा महिला जागरण अभियान उद्घाटन गर्दै उनले हिजोका दिनमा क्रान्तिकारी मानिएका केपी ओली अहिले स्खलित… पुरा पढौ

नेपाली कांग्रेसद्वारा रवि लामिछानेको समर्थन

नेपाली काँग्रेसले संचारकर्मी रवि लामिछानेप्रति अप्रत्यक्ष रुपमा समर्थन जनाएको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रकाशित गरेको विज्ञप्तीमा कुनै पनि घटनाको निपष्क्ष एवं स्वतन्त्रतापूर्वक छानविन हुनुपर्ने पार्टीको मान्यता रहेको उल्लेख गरिएको छ ।  “निर्दोषलाई फसाउने र दोषीलाई उन्मुक्ति दिने कार्य नेपाली जनतालाई सह्य हुदैन, नेपाली कांग्रेस न्यायको सिद्धान्त, निष्पक्षता, विधिको शासन र जनभावनाप्रति सदैव समर्पित रही आएको छ,” विज्ञप्तीमा लेखिएको छ । संचारकर्मी लामिछाने र उनका समर्थकहरुले उनलाई फसाउन… पुरा पढौ

पोखरा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत पौडेलको सरुवा

पोखरा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेषनारायण पौडेलको सरुवा भएको भएको । पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयको प्रमुख भएर त्यहाँ जान लागेका हुन् । पौडेलको पोखरा महानगरबाट बिदाई समेत भइसकेका छन् । उनको स्थानमा पोखरा महानगरपालिकामा को आउने हो अहिलेसम्म निर्क्यौल भएको छैन । पुरा पढौ

रवि लामिछानेलाई शालिकराम पुडासैनीको यस्तो म्यासेज

अस्मिता र शालिकरामबीचको कुराकानीमा प्रत्येक प्रमाण केलाउँदा सञ्चारकर्मी रवि लामिछाने शालिकराम र अस्मिताबीचको सम्बन्धबारे उति धेरै जानकारी दिखिँदैनन् । शालिकरामले भने बारम्बार आफू रविसँग काम गरेको भन्दै आफ्नो ओज देखाउने प्रयास गरेको देखिन्छ । उनले माघ २९ मा रविसँग आफूले गरेको म्यासेजको स्क्रिनसट भन्दै अस्मितालाई एउटा फोटो पठाएको देखिन्छ । उक्त स्क्रिनसटमा शालिकरामले लेखेका छन्, ‘दाइ मलाई माफ गर्नुहोला । तपाईंहरुले अफिसमा मलाई सधैँ जिस्काउने मान्छेले मलाई धोका दिएकी छ… पुरा पढौ

गुठीले हडप्यो पशुपतिको जग्गा

राणाकालमा लालमोहर लगाएर पशुपति गुठीलाई दिइएको काठमाडौँ सिफलको आठ रोपनी ११ आना जग्गा गुठी संस्थानले हडपेको छ । संस्थानले उक्त जग्गा लिजमा लगाउन सञ्चारमाध्यममा सूचना सार्वजनिक गरेपछि पशुपति क्षेत्र विकास कोषले आपत्ती जनाएको छ ।  सार्वजनिक जग्गा व्यक्तिले हडपेको दर्जनौं समाचार आइरहँदा एउटा सरकारी निकायले पशुपति क्षेत्र विकास कोषको जग्गा हडपेको सार्वजनिक भएको हो ।  पशुपति मन्दिरमा फूल चढाउनका लागि पाँच गुठीले १९९३ सालमा चार रोपनी १२ आना जग्गा चार… पुरा पढौ

सगरमाथा मापनको ९० प्रतिशत काम पूरा

नापी विभागले सगरमाथा मापनको ९० प्रतिशत काम सम्पन्न गरेको छ । आउँदो पुससम्ममा सगरमाथा मापनको नतिजा सार्वजनिक गर्ने विभागको समयतालिका रहेको छ ।  तराईदेखि हिमाली क्षेत्रसम्मका तथ्याङ्क सङ्कलन भइसकेको छ भने वर्षाका कारण पहाडी क्षेत्रको काम रोकिएको छ । विभागले असारसम्ममा फिल्डको काम सक्ने तालिका तय गरे पनि त्यसो हुन सकेन । वर्षाका कारण काम गर्नसक्ने अवस्था नहुँदा फिल्डको १० प्रतिशत काम रोकिएको हो । नापी विभागका सगरमाथा उचाइ मापन… पुरा पढौ

कर्मचारीको उमेर हद बढाउन चर्को दबाब !

नेपाल सरकारको सेवामा रहेका गैरसैनिक कर्मचारीको उमेर ५८ बाट ६० पु-याउने विषयमा चर्को बहस लामै समयदेखि जारी छ । निजामती सेवा ऐनमा संशोधनको चर्चा चल्नासाथ कर्मचारीको उमेरको हद बढाउने र नबढाउने विषयमा कर्मचारी तन्त्रदेखि राजनीतिक संयन्त्रसम्म बहस हुँदै आएको छ ।  देशको आर्थिक र बेरोजगारीको अवस्था, दक्ष जनशक्तिको उपलब्धता, नागरिकको औसत आयुलाई नै मुख्य आधार मानेर कर्मचारीको अवकाश हुने उमेर निर्धारण गरिन्छ । शारीरिक रूपले असमर्थ कर्मचारीलाई आराम दिने, कार्यरत… पुरा पढौ

खर्चिलो निर्वाचन : उपनिर्वाचनका लागि ३९ करोड माग

२०४८ सालमा प्रतिमतदाता खर्च १० रुपैयाँ थियो । संविधानसभाको पहिलो निर्वाचनसम्म आइपुग्दा २ सय ७५ रुपैयाँ पुग्यो । २०७० मा दोस्रो संविधानसभा निर्वाचनमा ३ सय ८४ रुपैयाँ खर्च भयो । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा ४ सय ९० रुपैयाँ पुग्यो । मंसिर १४ मा हुने उपनिर्वाचनमा अर्थ मन्त्रालयसँग भने आयोगले ३९ करोड रुपैयाँ माग गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया उपनिर्वाचन खर्चिलो हुने देखिएको सुनाउँछन् । धेरै… पुरा पढौ

रोग निको हुने भन्दै धर्म परिवर्तन

पाँच वर्षअगाडि मानसिक रुपले बिरामी परेकी त्रिवेणी गाउँपालिका–७ गौरीगाउँ तितिमकी २० वर्षीय विमला पुन अस्पतालले उपचार गर्न नसकेको भन्दै चर्चमा प्रार्थना गर्न थालेपछि निको भएको ठानेर धर्म  परिर्वतन गरी अहिले अभियन्ता बनेकी छन् ।  विमलाको अहिले पाँच महिनाको छोरो छ । बालबिबाह गरेकी उनले विवाह गर्ने उमेर नपुग्दै छोरो जन्माइन् । यो गाउँमा उनीजस्ता दर्जनौं किशोरी आमा बनिसकेका छन् ।  केही महिनाको उपचारले बिरामी निको नभएकी उनको रोग चर्चले बिसेक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं