मुख्य समाचार

एनआरएनए अध्यक्ष भट्टलाई विमानस्थलबाटै घोक्य्राइयो

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेका गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्ट र र संचारकर्मी (शुभदिन अनलाइनका सञ्चालक) सनत न्यौपानेलाई त्रिभुवन विमानस्थलबाटै फर्काइएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिन सिल्क एयरको फ्लाइट नम्बर एसएलके ४१३ (कल साइन एमआई ४१३) बोइङ विमानबाट शनिबार राति १० बजे सिंगापुर जान लागेका उनीहरुलाई एयरवेजका कर्मचारीले विमानस्थलबाटै फर्काइएको हो । उनीहरुले अत्याधिक मादक पदार्थ सेवन गरी अभद्र व्यवहार… पुरा पढौ

राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच शितल निवासमा भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच  राष्ट्रपति निवास शितनिवासमा भेटवार्ता भइरहेको छ।  आइतबार बिहान राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ।  प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेकाबेला अध्यक्षको जिम्मेवारी पाएका अध्यक्ष प्रचण्डले भेटवार्तालाई तिब्र बनाएका हुन्।  राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डसँगको भेट समसामयकि भएको प्रचण्डको सचिवालयले जनाएको छ। पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउन समेत भूमिका खेलेकी राष्ट्रपति भण्डारी र अध्यक्ष… पुरा पढौ

यस्तो रहनेछ आजको मौषम

जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।  देशको पश्चिमी  भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र ती स्थानमा यात्रा गर्दा सर्बसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्युनचापीय रेखाको पश्चिम भाग औसत स्थान भन्दा केही उत्तर तर्फ रहेको र बंगालको खाडीमा उडिसा… पुरा पढौ

प्रधानमन्त्री ओलीको मिर्गौला पुनः फेर्न सकिने

करोडौं नेपालीलाई अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे निकै चासो छ । उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे धेरैले प्रश्नसमेत गरिरहेका छन्, ‘प्रधानमन्त्रीलाई कस्तो होला ?’  प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले भने सिंगापुरमा प्रधानमन्त्रीको नियमित उपचार प्रक्रिया थालिएको र उनको अवस्था सामान्य रहेको जानकारी दिए । डा. शर्माका अनुसार प्रधानमन्त्री ओलीको सिंगापुरस्थित न्यासनल युनिभर्सिटी अस्पताल (एसएनयू)मा उपचार प्रक्रिया थालिएको छ । एन्टिबडी शरीरबाट हटाउने प्रक्रिया सुरु… पुरा पढौ

पत्रकार पुडासैनी प्रकरणः ‘गलफ्रेन्ड’ भेट्न कोठा भाडामा

चितवनको कंगारु होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ।  श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं. ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो। महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको छ। प्रहरीले टोखा नगरपालिका… पुरा पढौ

जलवायु परिवर्तनको नेपालमा असर, वार्षिक ९० अर्ब नोक्सान

विश्वमा बढ्दै गएको जलवायु परिवर्तनको समस्याका कारण नेपालले बर्से्नि झन्डै ९० अर्बको नोक्सानी बेहोर्नुपरेको छ ।  वन तथा वातावरण मन्त्रालयले गरेको एक अध्ययनले जलवायु परिवर्तनका कारण मुलुकको कुल गार्हस्थ्य उत्पादनको करिब २ देखि ३ प्रतिशत अर्थात् ६० देखि ९० अर्ब रुपैयाँ नोक्सान हुने गरेको तथ्य सार्वजनिक गरेको हो । जलवायु परिवर्तनको कारण कृषि तथा खाद्यान्न, जलस्रोत, वन तथा जैविक विविधता, मानव स्वास्थ्य, पर्यटन, ऊर्जा, जल, सिँचाइ, बसोबास तथा पूर्वाधारलगायतका क्षेत्रमा… पुरा पढौ

भ्रमण वर्ष : न प्रचार न पूर्वाधार !

गण्डकी प्रदेश सरकारले पहिलो प्राथमिकतामा पर्यटनलाई राखेको छ । यसो त यो पर्यटकीय हब नै हो । सरकारले पर्यटकलाई प्राथमिकता दिएर ५ वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ ।  सन् २०१९ लाई अन्तरिक पर्यटन वर्ष-२०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष र २०२२ लाई बृहत् अन्तर्राष्ट्रियस्तरको पोखरा पर्यटन वर्ष मनाउँदै २० लाख पर्यटन भित्राउने उसको लक्ष्य छ । तर आन्तरिक पर्यटन वर्षको ६ महिना बित्दापनि कुनै पर्यटन मन्त्रालयले कुनै ठोस… पुरा पढौ

कार्यालयमै नगई तलब र भत्ता बुझ्छन् कर्मचारी

स्थानीय तहमा कार्यरत कर्मचारीले कामै नगरी तलबभत्ता लिइरहेका छन् । सदरमुकामबाहिर टाढा र दुर्गममा स्थानीय तहका कर्मचारीले कार्यालयमा हाजिर नै नभइ तलब बुझिरहेको भेटिएको हो ।  स्थानीय तहका कर्मचारीले सदरमुकाम सिमकोटमै बसेर तलब बुझिरहेको पाइएको छ । यहाँका स्थानीय तहका अधिकाश कर्मचारी त्यँहा छैनन् । विभिन्न बहानामा उनीहरु जिल्ला बाहिर बस्ने गरेका छन् । तर उनीहरु कार्यालयमा उपस्थित नै नभई तलब भत्ता भने नियमित बुझिरहेका छन् ।  राज्यले तोकेको तहमा… पुरा पढौ

‘झगडा’ मिलाउँदै अध्यक्ष प्रचण्ड

सशस्त्र द्वन्द्वका बेला सरकार र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शान्ति वार्तामा ल्याई शान्ति सम्झौता गराउन तत्कालिन नेकपा (एमाले)का महासचिव माधवकुमार नेपालले भूमिका निर्वाह गरेका थिए ।  शान्ति प्रक्रिया सुरु भएपछि उत्पन्न जटिल राजनीतिक परिस्थितीमा प्रचण्डलाई सहमतिमा ल्याउन नेपालले नै समन्वयकारी भूमिका निर्वाह गरेका थिए । त्यतिबेला नेपाल र प्रचण्ड समान हैसियतमा थिए । उहाँ तत्कालिन नेकपा ९एमाले०का महासचिव र प्रचण्ड विद्रोही माओवादीका अध्यक्ष ।  अहिले परिस्थिती मोडिएको छ… पुरा पढौ

प्रधानमन्त्रीको उपचार एक महिनासम्म लम्बिने

सिंगापुरमा स्वाथ्यउपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ ।  प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबढी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो । उनलाई दिन बिराएर सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ ।  प्रधानमन्त्री ओलीलाई पहिलो पटक शुक्रबार प्लाज्मा फेरेसिस गरिएको थियो । यही अवस्था रहने भने उनको सिंगापुर बसाई एक महिनासम्म लम्बिन सक्ने उनीनिकट चिकित्सकको भनाइ छ ।  चिकित्सकका अनुसार प्रत्यारोपण गरेको मिर्गौलाको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं