ताजा समाचार

भाद्र ८ गते २०७६

राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच शितल निवासमा भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच  राष्ट्रपति निवास शितनिवासमा भेटवार्ता भइरहेको छ। 

आइतबार बिहान राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ।  प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेकाबेला अध्यक्षको जिम्मेवारी पाएका अध्यक्ष प्रचण्डले भेटवार्तालाई तिब्र बनाएका हुन्। 

राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डसँगको भेट समसामयकि भएको प्रचण्डको सचिवालयले जनाएको छ। पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउन समेत भूमिका खेलेकी राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच समसामायिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।


Loading...