ताजा समाचार

भाद्र ८ गते २०७६

एनआरएनए अध्यक्ष भट्टलाई विमानस्थलबाटै घोक्य्राइयो

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेका गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्ट र र संचारकर्मी (शुभदिन अनलाइनका सञ्चालक) सनत न्यौपानेलाई त्रिभुवन विमानस्थलबाटै फर्काइएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति बारे जानकारी लिन सिल्क एयरको फ्लाइट नम्बर एसएलके ४१३ (कल साइन एमआई ४१३) बोइङ विमानबाट शनिबार राति १० बजे सिंगापुर जान लागेका उनीहरुलाई एयरवेजका कर्मचारीले विमानस्थलबाटै फर्काइएको हो ।

उनीहरुले अत्याधिक मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गरेपछि एयरलाइन्सले उनीहरुसहित उडान गर्न नसक्ने बताउँदै फर्काएको हो । 

 


Loading...