स्वास्थ्य

अल नेपाल होमियोप्याथिक एसोसिएशन गण्डकी अध्यक्षमा डा. विष्णु

अल नेपाल होमियोप्याथिक एसोसिएशन, गण्डकी प्रदेशको अध्यक्षमा डा. विष्णुप्रसाद चापागाइँ निर्वाचित भएका छन् । मंगलबार पोखरामा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट डा. चापागाइँ अध्यक्षमा निर्वाचित भएका हुन् । पोखराको पञ्चम आयुर्वेद क्लिनिक र आरोग्यधाम होमियोप्याथिक अस्पतालका सञ्चालक चापागाइँ संस्थामा यसअघि उपाध्यक्ष थिए । अधिवेशनबाट उपाध्यक्षमा डा. दीलिप पाण्डे, सचिवमा डा. कृष्णप्रसाद पोख्रेल, सहसचिव चन्द्रा गुरुङ, कोषाध्यक्षमा टेकमाया गुरुङ निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरुमा जयनारायण चापागाईं, रमेश चापागाईं,… पुरा पढौ

दक्षिण कोरियामा कोरोनाका कारण मर्नेको संख्या १० पुग्यो

चीनपछि सबैभन्दा बढी कोरोनाभाइरसको जोखिममा रहेको दक्षिण कोरियामा संक्रमितको संख्या तिव्र गतिमा बढ्दै गएको छ। मंगलबार बिहानसम्म दक्षिण कोरियामा ८ सय ९३ जनामा कोरोनाको संक्रमण देखिएको थियो। त्यसबेला ८ जनाको मृत्यु भएको तथ्यांक थियो ।मंगलबार मध्यान्नसम्म भने कोरोनाबाट संक्रमितको संख्या बढेर ९७७ पुगेको र मृतकको संख्या बढेर १० पुगेको कोरियाली अधिकारीहरुलाई उदृत गर्दै सीएनएले जनाएको छ। दक्षिण कोरियाको सिनचियोन्जी चर्चबाट कोरोनाको संक्रमण फैलिएको थियो। हालसम्म कोरियामा संक्रमितमध्ये ६० प्रतिशत सोही… पुरा पढौ

कोरोना हाइ एलर्ट

कोरोना भाइरस संक्रमण ( कोभिड - १९ ) बिरुद्द व्यक्तिगत रुपमा लडेर जित्न सकिंदैन | तपाइंले मात्र मास्क लगाएर, हात धोएर तथा रोकथामका तमाम उपाय अबलम्बन गरेर मात्र कोरोनाबाट बच्न सम्भब छैन | तपाइँ, तपाइंको परिवार, टोल, काम गर्ने ठाउँ, बाटोघाटो, रेस्टुरेन्ट, सपिंग सेन्टर, पानी ट्यांकर, अस्पताल आदि पनि संक्रमणरहित हुनु आबश्यक छ | यसको लागि कम्तीमा एयरपोर्टबाट संक्रमण भित्रिन दिनुहुँदैन | एयरपोर्टमा जति कडा गरियो, त्यति नै हामी सुरक्षित… पुरा पढौ

अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना

६ दिनदेखि आमरण अनशन बसिरहेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । अनशनका क्रममा उनको स्वास्थ्य जटिल बन्दै गएपछि आइतबार भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। श्रीराम तिवारीसहितको टोलीले परीक्षण गरेको थियो । परीक्षणका क्रममा उनको शरिरमा अक्सिजनको मात्रा घट्दै गएको र मुटुको चाल बढ्दै देखिएको थियो ।वडाध्यक्ष पौडेलको  स्वास्थ्य गम्भीर बनेपछि आज बिहान भरतपुर अस्पतालमा ल्याइ सघन उपचार कक्षमा उपचार… पुरा पढौ

मुस्ताङमा जिल्ला स्तरीय पूर्ण खोप समन्वय समिति गठन

जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले बिहिबार जिल्ला स्तरीय पूर्ण खोप समन्वय समिति गठन गरेको छ । सन् २०२० सम्ममा खोप मात्रा ९५ प्रतिशत पू¥याउने उद्देश्यले समिति गठन भएको निमित्त कार्यालय प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । निमित्त प्रमुख भण्डारीका अनुसार स्वास्थ मन्त्रालयको निर्देशिका अनुसार जिसस प्रमुखको अध्यक्षतामा विभिन्न सरोकारवालाहरुलाई समितिको सदस्यमा चयन गरिएको हो । जिल्ला स्तरीय समितिका सदस्यहरुमा प्रमुख जिल्ला अधिकारी ,समन्वय अधिकारी ,स्थानीय तह ,जिल्ला अस्पतालका मेडिकल सुपरेटेन्डन, शिक्षा… पुरा पढौ

चीनबाट ल्याइएका सबै नेपाली स्वस्थ

चीनबाट नेपाल ल्याएका नेपालीहरुको स्वास्थ्य परीक्षणका क्रममा कसैमा पनि कोरोना भाइरस नभएको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महेन्द्र श्रेष्ठले फागुन ४ गते चीनको वुहानबाट ल्याएका १७५ जनाकै स्वास्थ्य परीक्षण गरिएको र त्यसक्रमम कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको जानकारी दिएका हुन् । गत आइतबार चीनको वुहानबाट १७५ जना नेपालीलाइ उद्धार गरी नेपाल ल्याइएको थियो। उनीहरुलाइ हाल भक्तपुरको खरिपाटीमा तयार गरिएको क्वारेन्टाइनमा राखिएको… पुरा पढौ

बतास फाउण्डेशनको रक्तदान कार्यक्रम

बतास फाण्डेशनले मंगलबार पोखरामा आयोजना गरेको खुला रक्तदान कार्यक्रमबाट ४७ युनिट रगत संकलन भएको छ । पोखरा महानगरपालिका–९,नयाँबजारस्थित बतास शोरुमको प्राङ्गणमा आयोजना भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग उपलव्ध गराएको थियो । बतास व्रदर्शका चिफ अपरेटिङ अफिसर राजेश रानाभाटले पहिलो रक्तदाता प्रविणकुमार श्रेष्ठलाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको रानाभाटले बताए । “फाउण्डेशनका माध्यमबाट बतास अर्गनाइजेशनले विभिन्न सामाजिक कार्य… पुरा पढौ

विरुवा ललाङमा फागुन १० मा निशुल्क शिविर

स्याङ्जाको विरुवा ८ ललाङ पान्धारामा एक दिने निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । न्यु सनलाईट स्पोर्टस क्लवको ३३ औं बार्षिकोत्सव तथा महाशिवरात्रीको अवसर पारेर युवा क्लव , भु।पु बाबा समुह र प्रगतिशील आमा समुहको संयुक्त आयोजनामा फागुन १० गते निशुल्क स्वास्थ्य शिविरको आयोजना गरीएको हो । शिविरमा आँखा ,नाक कान ,पेट, नसा, मधुमेह ,स्त्री रोग लगायतका रोगको निशुल्क परीक्षण तथा औषधी वितरण गरीने क्लवले जनाएको छ । विभिन्न सृजनशील… पुरा पढौ

सुत्केरी र शिशुको मृत्युभएपछि रंगेली अस्पताल तनावग्रत

प्रसुति गराउने क्रममा आमा र शिशुको मृत्यु भएपछि मोरङको रंगेली अस्पतालमा मंगलबार पनि तनावग्रत भएको छ । सोमबार बिहान रंगेली नगरपालिका – ९ की रवीना सरदारलाई सुत्केरी व्यथाले च्यापेपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो । बिहान १० बजे नर्मल डेलिभरीमार्फत उनले दोस्रो सन्तानका रुपमा छोरा जन्माइन् ।२५ वर्षीया रवीना सरदार र उनीबाट जन्मिएका नवजात शिशुको सोमबार मृत्यु भएपछि प्रदर्शन भएको हो । चिकित्सकको लापरबाहीले बच्चा जीवितै जन्मिएको भए पनि… पुरा पढौ

बिजुली पोलले लागेर १ सिकिस्त

शनिबार बिहान पोखराको नयाँबजारमा बिजुली पोलले लागेर १ पैदल यात्रु घाइते भएका छन् । बिहान साढे ८ बजेतिर प्रदर्शनी केन्द्रअघि ना ४ ख ९३६६ नं.को बसले बिजुलीको पोलमा ठक्कर दिँदा ढलेको पोल पैदल यात्री ४६ वर्षीया कृष्णकुमारी विकमाथि बज्रिएको हो । माछापुच्छ्रे गाउँपालिका २ भुर्जुङखोलाकी बिकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं