कोरोना संक्रमण नियन्त्रण गर्न सर्वोच्चको आदेश

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि तत्काल अत्यावश्यक कदम चाल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

अधिवक्ता पूर्ण राजवंशीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाई हालेको रिटको सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सोमबार मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य मन्त्रालयलाई आवश्यक कदम चाल्न अन्तरिम आदेश दिएको हो ।

चीनको बुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण हालसम्म ६५ भन्दा बढी देशमा देखिएको छ।