Featured News

पाण्डे सरकारलाई दिएको माओवादीको समर्थन फिर्ता

नेकपा माओवादीले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादीले संसदीय दलको बैठक बसेर समर्थन फिर्ता लिने निर्णय गरेको संसदीय दलका नेता हरिबहादुर चुमानले जनाए । ‘आजकै निर्णय अनुसार सुरेन्द्रराज पाण्डेलाई दिइएको समर्थन फिर्ता लिइएको छ,’ उनले भने । मुख्यमन्त्री पाण्डेले मंगलबार माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई बर्खास्त गरिदिएका थिए । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा र भौतिक पूर्वाधार विकासमन्त्री रेशम जुग्जालीलाई बर्खास्त गरेका हुन् । अब नयाँ… पुरा पढौ

विन्दवासिनी सहकारीमा संकट, अध्यक्षसहित ३ पक्राउ

पोखरा ९ मा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारीको करिब सात करोड ठगी गरेको अभियोगमा अध्यक्षसहित ३ पक्राउ परेका छन् । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले आइतबार साँझ विन्दवासिनीको छानबिन प्रतिवेदन बुझाएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदीपसन्दिप पौड्याल छन् । पौड्याल पोखरा–८ मा रहेको लेक सिटी हस्पिटल एण्ड क्रिटिकल कियर प्रालिका अध्यक्षसमेत हुन् ।… पुरा पढौ

संघदेखि प्रदेशसम्मै सरकारहरु बदलिने

संघमा सत्ता गठबन्धन बद्लिएपछि प्रदेशसम्मै त्यसको धक्का आइपुग्ने पक्का भएको छ । नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरिसकेको छ । सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले नयाँ सत्ता समीकरण गरेर जाने निर्णय गरेको हो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भने, ‘नयाँ गठबन्धनको प्रसङ्ग आएको छ । मन्त्रिपरिषद् र राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको नयाँ शिराबाट छलफल हुन्छ । प्रदेशका मुख्यमन्त्री पनि… पुरा पढौ

आवश्यकता परे सरकारमा जान्छौंः ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता परे एमाले सरकारमा जानसक्ने बताएका छन् ।्आइतबार संसद् भवनमा पार्टीका सांसलाई प्रशिक्षण दिँदै उनले वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेकाले एमाले सरकारमा जानुपर्ने परिस्थिति आउन सक्ने संकेत गरे । अध्यक्ष ओलीले आवश्यकता परे एमाले जति बेला पनि सरकारमा जान सक्ने उल्लेख गरेका छन् । शक्ति पृथकीकरणको सिद्धान्त वर्तमान सरकारले बुझ्न नसकेको उनले आरोप लगाए । सरकारले अर्थतन्त्र ओरालो लगाएको आरोप लगाउँदै… पुरा पढौ

७ सय बाइकमाथि कारवाही, अब वर्कपलाई कारवाही हुने

चालु आर्थिक वषमा स्वरूप परिवर्तन गरी चलाइएका ६ सय ८१ मोटरसाइकललाई कास्की प्रहरीले कारवाही गरेको छ । स्वरुप बिगारेर समाजमा होहल्ला मच्चाई ध्वनि प्रदूषण गर्ने ती मोटरसाइकललाई कारवाही गर्दा ७ लाख ४२ हजार ७ सय जरिवाना सङ्कलन भएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा पछिल्ला तीन दिनमा ५९ स्वरुप बिगारेका मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले… पुरा पढौ

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री

फागुन १२, काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताउनुभएको छ। शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ''बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र सङ्घमा राख्छौं। तीन करोडभन्दा… पुरा पढौ

केशरजंग बने त्रिविका उपकुलपति

त्रिभुवन विश्वविद्यालय(त्रिवि)को उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन् । प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार उनलाई उपकुलपति नियुक्त गरेका हुन् । पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति बराल बराल व्यवस्थापन संकायका प्राध्यापक हुन् । उनले भारतको दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए । उनी पोखराको पृथ्वीनारायण क्याम्पसका प्राध्यापक बराल त्रिविको २० औँ उपकुलपति बनेका हुन् । पोखरा–१० का बासिन्दा बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयका उपकुलपति थिए । शिक्षामन्त्री अशोककुमार… पुरा पढौ

गाँजा खेतीबारे सम्भाव्यता अध्ययन गर्दै गण्डकी सरकार

गण्डकी सरकारले प्रदेशमा गाँजा खेतीको सम्भावनाबारे अध्ययन गर्ने भएको छ । प्रदेशका विभिन्न जिल्लामा प्राकृतिक रुपमा प्रशस्त मात्रामा उम्रिने गाँजाको सम्भाव्यता अध्ययन गर्न कृषि तथा भूमि व्यवस्था मन्त्रालयले आइतबार परामर्शदाता माग गरेको छ । गाँजा खेतीलाई वैधानिक बनाउन ऐन निर्माण गरिरहेको गण्डकीले यो वर्षको नीति तथा कार्यक्रममै गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम राखेको छ । मन्त्रालयका सचिव डा टङ्कप्रसाद प्रसाईले मन्त्रालयको ०८०÷८१ को स्वीकृत कार्यक्रम अनुसार गाँजाको अध्ययन गर्न… पुरा पढौ

पोखराका भवन, डिल, भीर र नदी, खोलामा नयाँ मापदण्ड( विस्तृतमा)

पोखरा भवन, पूर्वाधार, सडक, खोला, नदीको नयाँ मापदण्ड बनाएको गरेको छ । बुधबार आयोजित कार्यक्रममा महानगरका मेयर धनराज आचार्यले पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड–२०८० सार्वजनिक गरे । अब पोखरामा ५ तलासम्मका भवन बनाउन पाइनेछ । त्यसभन्दा अग्ला भवन बनाउन मापदण्डबमोजिम सेटब्याक छाड्ने माटो परीक्षण गर्नुपर्ने भएको छ । पोखरा महानगरको १३ औँ कार्यपालिका बैठकले नयाँ मापदण्ड पास गरेको थियो । पोखरामा यसअघि ३ तलासम्मका मात्र भवन बनाउन पाइन्थ्यो ।… पुरा पढौ

महेन्द्रपुलमा झन्डा पार्क, पृथ्वीचोकमा पुस्तकालय

पोखरा महानगरको महेन्द्रपुलमा पहिला सार्वजनिक पुस्तकालय रहेको स्थानमा झन्डा पार्क बनाइएको छ । सार्वजनिक पुस्तकालय, पत्रिका पसलसहित अन्य व्यापारिक फार्म रहेको भवन पुरानो र अनुपयुक्त भएपछि त्यसलाई भत्काएर पार्क बनाइएको हो । महेन्द्रपुलकै पहिले आर्ट ग्यालरी रहेको साइडमा सार्वजनिक शौचालय बनाइएको छ । अहिले त्यहाँका सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी नयाँबजारको क्षेत्री समाजको भवनमा सञ्चालित छन् । महानगरले चाडै पुस्तकालय, आर्ट ग्यालरीसहितको पोखरा घर बनाउँदै छ । करिब १० करोड… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं