एमाले अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता परे एमाले सरकारमा जानसक्ने बताएका छन् ।
्
आइतबार संसद् भवनमा पार्टीका सांसलाई प्रशिक्षण दिँदै उनले वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेकाले एमाले सरकारमा जानुपर्ने परिस्थिति आउन सक्ने संकेत गरे । अध्यक्ष ओलीले आवश्यकता परे एमाले जति बेला पनि सरकारमा जान सक्ने उल्लेख गरेका छन् ।
शक्ति पृथकीकरणको सिद्धान्त वर्तमान सरकारले बुझ्न नसकेको उनले आरोप लगाए । सरकारले अर्थतन्त्र ओरालो लगाएको आरोप लगाउँदै उनले थपे, अर्थमन्त्रीले २०४८ सालमै असफल भइसकेका सिद्धान्त लागू गर्न खोज्नुभएको छ ।’ अर्थतन्त्रका विषयमा अर्थमन्त्रीले सरोकारवाला पक्षसँग परामर्श समेत नगरेको उनको भनाइ छ ।