Featured News

सभामुख अफन्तको घरमा, राष्ट्रियसभा अध्यक्षले छाडेनन् सभामुख निवास

वालुुवाटारमा रहेको सभामुख निवासमा अहिले राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना बस्छन् । हालै निर्वाचित भएका देवराज घिमिरे हिले लोकन्थलीस्थित आफन्तको घरमा बस्छन्। यसअघिका सभामुख अग्नि सापकोट बसेको लैनचौर जान उनी मानेका छैनन्। घिमिरे एमालेको तर्फबाट झापा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्। घिमिरेले लैनचौरमा बस्न अस्वीकार गरेकै कारण बालुवाटारस्थित सभामुख निवासलाई सभामुख निवासकै रूपमा अगाडि बढाउन मन्त्रिरपरिषदले चासो देखाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले समेत बालुवाटारमा रहेको सभामुख निवासमा राष्ट्रियसभा… पुरा पढौ

भण्डारी एमालेको मात्र राष्ट्रपति बनेको राष्ट्रियसभा उपाध्यक्ष अर्यालको आरोप

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकी छन्। संसदीय पत्रकारहरूसँग कुराकानी गर्दै उपाध्यक्ष अर्यालले राष्ट्रपति भण्डारीको भूमिकाको आलोचना गरेकी हुन्। ‘राष्ट्रपति एमालेको जस्तो बन्नुभयो। राष्ट्रपति संस्थालाई सम्मानित बनाउन सक्नुभएन। अरूको इसारामा चल्नुभयो,’ उनले भनिन्, ‘नागरिकता विधेयकमा अनावश्यक राजनीति गर्नुभयो। एक पटक विधेयक फिर्ता गरे पनि अर्कोपटक रोक्न मिल्थेन तर रोक्नुभयो।’ नागरिकता विधेयक प्रमाणीकरण नहुँदा धेरैले नागरिकता नपाएको उनको भनाइ थियो। ‘उहाँले आफ्नो भूमिका कार्यकारीजस्तो ठान्नुभयो,’ उनले भनिन्,… पुरा पढौ

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं: प्रधानमन्त्री

काठमाडौँ, १४ फागुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्र्रियामा उहाँले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “आज जनयुद्धका क्रममा पहिलो बलिदान गर्ने सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस पनि हो । विसं २००७ को क्रान्तिदेखि झापा… पुरा पढौ

बाटो नभएको ठाउँमा पुल बनाउने ३ जनालाई भ्रष्टाचार मुद्दा

गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गोरखाको गोरखा नगरपालिका वडा नम्बर ३ जरेवरस्थित दरौदी नदीमाथि बाटो नभएको स्थानमा पुल बनाएर कर दुरुपयोग गरेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम कानून विपरीत थप गरेको, पुलको स्थान र नाम परिवर्तनका… पुरा पढौ

माधव राष्ट्रपति उम्मेदवार भए एमालेले सघाउँछः पृथ्वीसुब्बा

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिको उम्मेदवार भए एमालेले छुट्टै उम्मेदवार नउठाउने बताएका छन् । उनले नेपाल राष्ट्रपतिको उम्मेदवार भए एमालेले समर्थन गरेर जाने तयारी गरेको बताए । ‘राष्ट्रपतिको विषयमा कुनै पिक्चर स्पष्ट भएको छैन । को राष्ट्रपति हुन्छ भन्नेमा कुनै टुंगो छैन’गुरुङले भने, ‘यदि माधव नेपाल नै पुरानो गठबन्धनबाट उम्मेदवार भएमा हामीलाई नैतिक संकट पर्छ । उहाँलाई मत हालेर जान्छौं । पार्टीको कोही… पुरा पढौ

प्रचण्ड-ओली निर्णायक वार्ता सुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच निर्णायक वार्ता सुरु भएको छ । आज बिहान चार दलबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएपछि अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको अघिल्लो दिन भएको वार्ताले गठबन्धन कायम रहने वा भत्किने निर्णय गर्ने अपेक्षा गरिएको छ । एमालेले मङ्सिर १० गते सहमति अनुसार आफ्नो पार्टीले नै राष्ट्रपति पाउनुपर्ने भनिरहेको छ भने माओवादीले सहमतिका… पुरा पढौ

राष्ट्रपति नपाए सरकारमा बस्दैनौं: योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले पुस १० गतेको सहमति कार्यान्वयन नभए सरकारमा नबस्ने बताएका छन्। रुकुम पश्चिममा बिहीबार भएको पत्रकार सम्मेलनमा उनले एमाले अहिलेसम्म सत्ता समीकरण पाँच वर्षसम्म टिकोस् भन्ने पक्षमा रहेको बताए। प्रधानमन्त्रीले सत्ता समीकरण फेरबदलको चलखेल गरे सरकारमा नरहने उनले बताए। मिडियामा आएको जस्तो पुरानो चुनावी गठबन्धन सरकार बन्ने भन्ने बारेमा प्रधानमन्त्रीको कुनै धारणा नआएको उनको भनाइ थियो। सत्ता समीकरण फेरिनु नहुने उनले बताए। छिटोछिटो सत्ता समीकरण फेरिँदा… पुरा पढौ

जोमसोम जहाज दुर्घटनामा चालक दलको त्रुटि

मुस्ताङको जोमसोममा दुर्घटना भएको तारा एयरको ट्विनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले औंल्याएको छ। आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती समक्ष पेस गरेको अन्तिम प्रतिवेदनमा यस्तो त्रुटि देखाएको हो। २०७९ जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्विनअटर ९ एन–एइटीरडीएचसी ६–३०० जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भएको थियो। जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको थियो। प्रतिवेदनअनुसार जहाजमा अगाडिको… पुरा पढौ

राष्ट्रपति भण्डारी बागलुङ कालिका भगवती मन्दिरमा

बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ कालिका भगवती मन्दिर दर्शन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आफ्नो दोश्रो कार्यकाल सकिनै लाग्दा पहिलो पटक बागलुङ कालिका भगवती मन्दिरको दर्शन गर्नुभएको हो | राष्ट्रपति भण्डारीले मन्दिरमा पूजा आराधना गर्नुभएको हो | राष्ट्रपतिको दर्शनले मन्दिरको महत्व र महिमालाई थप उचाईमा पुर्याएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो | राष्ट्रपति भण्डारी बुधबार विहान १०:३० मा मन्दिर प्रवेश गरि करिव ३०… पुरा पढौ

बुधबार राष्ट्रपति भण्डारी बागलुङ आउने

राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङ कालिका भगवती मन्दिर दर्शनका आउनु हुने भएको छ । भण्डारी राष्ट्रपतिको दोश्रो कार्यकाल सकिनै लाग्दा पहिलो पटक बागलुङ कालिका भगवती मन्दिरको दर्शन गर्न आउन लाग्नु भएको हो । राष्ट्रपति भण्डारी कालिका भगवती मन्दिर दर्शनका लागि फाल्गुन १० गते आउने कार्यक्रम तय भएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले मंगलबार पत्रकार भेटघाटको आयोजना गरि जानकारी गराएको हो । राष्ट्रपति भण्डारी बुधबार विहान १० बजे मन्दिर दर्शनका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं