वालुुवाटारमा रहेको सभामुख निवासमा अहिले राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना बस्छन् । हालै निर्वाचित भएका देवराज घिमिरे हिले लोकन्थलीस्थित आफन्तको घरमा बस्छन्।
यसअघिका सभामुख अग्नि सापकोट बसेको लैनचौर जान उनी मानेका छैनन्। घिमिरे एमालेको तर्फबाट झापा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन्।
घिमिरेले लैनचौरमा बस्न अस्वीकार गरेकै कारण बालुवाटारस्थित सभामुख निवासलाई सभामुख निवासकै रूपमा अगाडि बढाउन मन्त्रिरपरिषदले चासो देखाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले समेत बालुवाटारमा रहेको सभामुख निवासमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना बसेकोमा चासो देखाएका छन्।
प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा रहेको सभामुख निवासमा सभामुख नै बस्नुपर्नेमा जोड दिएको एक मन्त्रीले बताए। बलात्कार प्रकरणमा तत्कालीन सभामुख कृष्णबहादुर महरा जेल परेपछि त्यो निवासमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बसेका थिए।
उनले निवास नछोडेपछि २०७६ माघमा सभामुख बनेका अग्नि सापकोटा लैनचौरमा बसेका थिए।




