Featured News

राष्ट्रपतिमा एमाले राष्ट्रिय सहमतिमा नआए कांग्रेससँग गठबन्धन: मातृका यादव

सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवले राष्ट्रपति निर्वाचनमा एमाले सहमतिमा नआए सत्ता गठबन्धन परिवर्तन हुने जनाएका छन् । माओवादी केन्द्रले राष्ट्रिय सहमतिका लागि अधिकतम प्रयास भने गर्ने उनले बताए । राष्ट्रपति निर्वाचनमा एमालेका कारण राष्ट्रिय सहमति बन्ने अवस्था नदेखिएका खण्डमा विकल्प सोच्नुपर्ने उनी बताउँछन् । ‘एमाले अध्यक्ष केपी ओलीजीले सुरूदेखि नै दम्भ देखाउनुभयो। सम्राट बन्न खोज्नुभयो। प्रधानमन्त्री प्रचण्डजीलाई पेल्न खोज्नुभयो,’ यादवले भने । उनले अझै पनि माओवादी राष्ट्रिय सहमतिकै… पुरा पढौ

पोखरा विश्वविद्यालयमा बोर्डिङका विद्यार्थीलाई पनि छात्रवृत्ति

पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयको शिक्षालाई प्रभावकारी बनाउन प्रयोगात्मक शिक्षालाई बढी जोड दिनुपर्ने बताएका छन् । पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र अध्ययन संकायद्वारा आयोजित ‘नेपालमा दिगो विकासका सम्भावन र चुनौती’ विषयक अन्तरक्रियामा उनले प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन पाठ्यक्रम परिवर्तन गर्ने जानकारी दिए । उपकुलपति अर्यालले विश्वविद्यालयमा प्रतिवर्ष विद्यार्थीको संख्या घटिरहेकाले अब सैद्धान्तिक शिक्षाका साथै प्रयोगात्मक शिक्षा आवश्यक रहेको जनाए । ‘पोखरा विश्वविद्यालयले दिँदै आएको छात्रवृत्तिमा सार्वजनिक विद्यालयका विद्यार्थीलाई… पुरा पढौ

केन्याली धावकले दोहो¥याए म्याराथनमा जित

सत्रौँ संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका स्टेफन कोसेइलीले जितेका छन् । पोखरामा आज सम्पन्न म्याराथन (४२.१९५) किमी दौडस्टेफनले दुई घण्टा २० मिनेट सात सेकेन्डमा पूरा गरी उपाधि जित्नुभएको हो । उनी १६ औँ संस्करणको समेत विजेता बने । अघिल्लो पटक निर्धारित दूरी स्टेफनले दुई घण्टा १९ मिनेट ४३ सेकेन्डमा पार गरेका थिए । उपाधिसँगै उनले रू पाँच लाख पुरस्कारपाए । उपाधि विजेता स्टफेनले पोखरा अत्यन्त सुन्दर सहर भएको भन्दै… पुरा पढौ

राष्ट्रपति एकताको प्रतीक हो, सहमतिबाटै जानुपर्छ: किराँती

पोखरा, ४ फागुनबिहीबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती यति एअरको जहाजबाट पोखरा आए । मन्त्री बनेपछि पहिलो पटक पोखरा आएका मन्त्री किराँतीले शुभेच्छुक, कार्यकर्ता र विमानस्थल व्यवस्थापनबाट खादा, माला लगाएनन् । विमानस्थल अनुगमन गरेपछि उनी पत्रकारसँग कुरा गर्न तयार भए । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका उनले कम्युनिस्ट आन्दोलनलाई एकीकृत र फरक तवरले अघि बढाउनुपर्नेमा जोड दिए । राष्ट्रपति निर्वाचनमा माओवादीको अडानबारे सोधिएको प्रश्नमा उनले भने,… पुरा पढौ

उद्योग र पर्यटन क्षेत्रको सुधारका लागि प्रदेश सरकार प्रयासरत छ–मन्त्री जुग्जाली

पोखरा, ३ फागुन । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पर्यटन र उद्योगको हालको अवस्थालाई माथि उठाउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ । प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सभाका सदस्यहरुले उठाएका सवालहरुको जवाफ दिने क्रममा मन्त्री जुग्जालीले हालको पर्यटन, उद्योग र आर्थिक संकटको धरासायी अवस्थालाई चिरफार गर्नको लागि सरोकारवाला र विज्ञहरुसँग छलफलमा जुटेको बताउनुभयो । “गण्डकीमा मौजुदा उद्योग र पर्यटन क्षेत्रको अहिलेको अवस्था, समस्या र समाधानका… पुरा पढौ

एमालेलाई राष्ट्रपति दिए बर्बाद भईहाल्छः माधव नेपाल

पोखरा, ३ फागुन/ एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने बर्बाद भईहाल्ने बताएका छन् । समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमाले कै बनाउदा देश बर्बाद भइहाल्ने बताए । राजतन्त्र फर्काउने उदघोष सहित पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागीतामा झापाको मेची नदी किनारमा गरिएको कार्यक्रमप्रति संकेत गर्दै नेपालले त्यस्तो बताए । नेता… पुरा पढौ

चितवन २ मा वैशाख १० गते उपनिर्वाचन 

आगामी वैशाख १० गते चितवन संघीय निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने निर्णय भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम वैशाख १० गते आइतबारका दिन उपनिर्वाचन गर्ने निर्णय गरेको हो । चितवन संघीय निर्वाचन क्षेत्र नं. २ बाट मंसिर ४ को निर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता अवैध घोषित भएसँगै उनको पद गएको थियो । यससँगै… पुरा पढौ

टर्की भूकम्प : २३ हजारभन्दा बढीको मृत्यु

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको शक्तिशाली भूकम्पमा परी हालसम्म करिब २४ हजारको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन्। टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेको छ। उद्धारकर्मीहरूका अनुसार टर्कीमा २० हजार २१३ जना तथा सिरियामा ३ हजार ५०० जनाले ज्यान गुमाएका छन्। उद्धारकर्मीहरू भूकम्पपछि प्रतिकूल मौसममा पनि भग्नावशेषबाट जीवित उद्धार गर्न सकिने विश्वासका साथ खोजतलास गरिरहेका छन्। टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका… पुरा पढौ

खतरा बढेको छ तर सुुरक्षा लिन्नः रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार पत्रकार सम्मेलनका क्रममा दिएका अभिव्यक्तिपछि आफूलाई सुरक्षा खतरा बढ्ने भए पनि नडराउने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै आफुले प्रक्रियागत त्रुटी स्वीकार गरे पनि आफुले अरुको कमजोरी समेत सार्वजनिक गरेपछि आफुलाई सुरक्षा थ्रेट बढ्नेमा आफु त्यसमा जानकार रहेको बताए । ‘मलाई थाहा छ मैले यो कुरा गर्दा मलाई सुरक्षा खतरा बढ्ला तर मलाई त्यसमा डर छैन र म पूर्व गृहमन्त्रीको हैसियतमा कुनै… पुरा पढौ

अर्को चुनावमा प्रधानमन्त्री बन्नेगरी अघि बढ्छु: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कसैले खेदेर नडराउने भन्दै आउने चुनावमा प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गर्नेगरी शक्ति आर्जन गर्ने बताएका छन् । पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘कसैसँग नडराई यो पार्टी चलाउँछौं । आउने चुनावमा सरकार बनाउने गरी,उपप्रधान र गृह होइन प्रधानमन्त्री बन्ने गरी यो पार्टी अघि बढाउँछौ । १२ भाइ सम्पादकलाई यसले तनाव हुन्छ होला, अनि पासपोर्ट भन्छन् । तर म जेल गए पनि रास्वपाअघि बढ्छ । म मरे… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं