एमालेलाई राष्ट्रपति दिए बर्बाद भईहाल्छः माधव नेपाल

पोखरा, ३ फागुन/ एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने बर्बाद भईहाल्ने बताएका छन् ।

समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमाले कै बनाउदा देश बर्बाद भइहाल्ने बताए ।

राजतन्त्र फर्काउने उदघोष सहित पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागीतामा झापाको मेची नदी किनारमा गरिएको कार्यक्रमप्रति संकेत गर्दै नेपालले त्यस्तो बताए । नेता नेपालले अहिलेको सत्ता गठबन्धनको पनि आलोचना गरे । उनले त्यसलाई खिचडी गठबन्धनको संज्ञा दिए ।

उनले आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारी नदिने बताए । नेपालले देशको राजनीति तरल भएको भन्दै कल्पना गरेभन्दा फरक हिसावले राजनीति चलेको बताए ।

अर्को एक प्रसंगमा उनले मेची किनारबाट प्रतिगमनको यात्रा सुरु हुन लागेको बताए । उनले संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध हुने खालको सत्ता गठबन्धन नबनेको पनि बताए ।