Featured News

२० हजार बालाबलिकाकी आमा उपसभामुख बन्दै

जेलमा बन्दी जीवन बिताइरहेका झन्डै २० हजार बढी बालबालिकाको आमा बनेर शिक्षादीक्षा दिइरहेकी इन्दिरा रानामगर उपसभामुख बन्दै छिन्। झापाको बिर्तामोड नगरपालिका बुट्टाबारी घर भएकी रानामगरले २२ वर्षदेखि काठमाडौंमा बन्दी सहायता केन्द्र नामक संस्थामार्फत् बन्दी जीवन बिताइरहेका झण्डै २० हजार बढी बालबालिका हुर्काइसकेकी छन्। २२ वर्ष सामाजिक अभियानमा रहेकी उनी अभियन्ताबाट उपसभामुख चुनिने महिला बन्ने रेकर्ड बनाउने छिन्। ०४८ मा महन्थ ठाकुर, ०५१ लीला श्रेष्ठ सुब्बा, रामविलाश राय यादव, डा। शिवमाया… पुरा पढौ

विमान दुर्घटनापछि हवाई यात्रु घटे, भाडा पनि घट्यो

यही माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ । पोखरामा जहाज दुर्घटना भएसँगै हवाई यात्रा गर्नेको सङ्ख्या घटेको हो । भरतपुर नागरिक उड्ययन कार्यालयका अनुसार माघ १ देखि भरतपुरबाट काठमाडौँ जाने र आउनेको सङ्ख्या घट्दै गएको हो । कार्यालयका निमित्त प्रमुख दीपक विकेका अनुसार पुस २८ मा दुई सय ६० जना, पुस २९ मा तीन सय २५ जना, पुस ३० मा दुई सय ६०… पुरा पढौ

रेखालाई सरकारको प्रवक्ताको जिम्मेवारी

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छिन् । आज बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रवक्ता तोकेको हो । तर उनको स्वास्थ्य समस्या भएकाले आजको बैठकको निर्णय भने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सुनाएका थिए । सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने प्रचलन छ । मन्त्री शर्मा हिजो मंगलबार मात्र मन्त्री नियुक्त भएकी हुन् । पुरा पढौ

सरकार गठबन्धनको निर्देशनमा चल्छः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आव्हान गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ। पुस २६ गतेको संसदमा सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो बालुवाटार बोलाएका थिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिए । उनले सरकारलाई दिएको विश्वासको मतलाई सम्मान गर्नु र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएको बताउँदै प्रतिपक्षले पनि सरकारलाई विश्वासको मत दिने परिस्थिति मौलिक भएको र त्यसले राष्ट्रिय सहमतिको सन्देश… पुरा पढौ

विमान दुर्घटनापछि एटिआरको विज्ञ टोली पोखरा आयो

पोखरामा आइतबार विहान भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली नेपाल आइपुगेको छ । एटिआर विमान निर्माता कम्पनीको ९ सदस्यीय विज्ञ टोली नेपाल आइपुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए । ‘एटिआर निर्माता कम्पनीबाट काठमाडौँ आएको ९ सदस्यीय विज्ञ टोली पोखरा पुगिसकेको छ’, उनले भने, ‘विमान दुर्घटनापछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चासो बढेको छ ।’ सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको… पुरा पढौ

२३ सदस्यीय मन्त्रिपरिषद् कसलाई कुन मन्त्रालय ?

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लगभग पूर्णता पाएको छ । जसपा समेतका दलहरुलाई समेट्न केही मन्त्रायय बाँकी राख्दै मंगलबार मन्त्रिमण्डल विस्तार गरिएको हो । नवनियुक्त मन्त्रीहरुको शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथग्रहण गरेका छन् । सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाउँदा जसपाले भने २ वटामा असहमति जनाएको छ । त्यस्तै जनमत… पुरा पढौ

मिल्यो भागबन्डा, कसको भागमा कति मन्त्रालय ?

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सत्ता साझेदार दलहरूबीच सरकारको भागबन्डाको टुुंगो लगाएको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलको पाँच घन्टा लामो बैठकले यसको यकीन गरेको हो । नेकपा एमालेलाई ८, माओवादीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३,३ मन्त्री र एक, एक राज्यमन्त्री दिइने भएको छ । जनमत पार्टीको भागमा एक मन्त्रालय परेको छ । गठबन्धनको यही सहमतिका आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेले… पुरा पढौ

विमान दुर्घटना उद्धार जारी : चारजना अझै बेपत्ता

पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चारजनाको अवस्था अझै अज्ञात छ । विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको खोजी भइरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । उनीहरूको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन भरहेको जानकारी दिँदै उहाँले खोजीका लागि रात्रिकालीन बत्तीको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार हालसम्म ४४ वटा शव गण्डकी हस्पिटल पठाइसकिएको छ । उहाँले भेटिएका शवमध्ये पोखरा र आसपासका व्यक्तिको… पुरा पढौ

विमानमा आकाशमै देखिएको थियो आगो

पोखरामा आज बिहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज बिहान १०ः३३ बजे काठमाडौं विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए । ुमौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छु, उनले भने, ुविमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ ।ु विमानमा चालक दलका चार जना र… पुरा पढौ

यतिमा १५ विदेशी र ५३ नेपाली यात्रु

यतिको दुर्घटनग्रस्त जहाजमा १५ विदेशी रहेको खुुलेको छ । तीमध्ये ५ भारतीय, ४ रसियन, १ आयरल्यान्ड र अस्टियाका १, अर्जेन्टिनाका १, कोरिया २ र फ्रान्सका एक नागरिक छन् । जहाजमा चालक दलसहित ५३ नेपाली र १५ विदेशी गरी ६८ यात्रुु थिए । अहिले उद्धार कार्य जारी छ ।विमानमा सवार यात्रुहरुको नामावलीः नेपाली यात्रुः किसान आचार्यनिशान्त आचार्यशालिगराम आचार्यसडकात अलिमियापूर्ण बहादुर गुरुङजितेन्द्र बहादुर कुँवरएलिना बन्ड्रोअनिशा बानियाँस्लक भट्टनिरा छन्त्यालआशिमा गुरुङअनुशा गुरुङबेलमान गुरुङविजयकुमार गुरुङजीवनकला… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं