Featured News

यी हुन् यतिमा सवार यात्रुहरु (सूचीसहित)

यति एयरलाइन्सको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि भएको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले ७२ जना सवार जहाज पोखरामा दुर्घटनाग्रस्त बनेको बताए । १०ः ३३ मा काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको हो। एएनसी एटीआर ७२ जहाजमा क्याप्टेन कमल केसीले उडाएका थिए । दुर्घटनापछि जहाजमा आगलागी भएको छ । अहिले उद्धार जारी छ । पुरा पढौ

पोखरामा जहाज दुर्घटना (फोटो फिचर)

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनामा परेको छ । अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् । पोखरा विमानस्थल नजिकै भएको दुर्घटनास्थलमा आगो लागिरहेको विमानमा विमानस्थल तथा महानगरपालिकाको दमकलले आगो निभाउन प्रयास गरिरहेको छन् । पुरा पढौ

मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बस्दै

यति एयरलाइन्सको जहाज दुर्घटना भएकोमा दुस्ख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बोलाएका छन् । दाहालले दुस्ख व्यक्त गर्दै प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्। दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री आफैं त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन् । आइतबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको यतिको विमान पोखराको नयाँ गाउँस्थित सेती नदी खोचमा दुर्घटना भएको हो । उक्त विमानमा… पुरा पढौ

हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा बिस्तार गर्ने बताउनुभएको छ। शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।‘‘हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र हो’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने एकातिर व्यापार घाटा कम गर्न सकिन्छ । अर्कोतिर नेपाली… पुरा पढौ

चुनावमा माओवादीको साथ, हारेपछि एसमा जाँदै भुसाल

घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । उनी प्रतिनिधिसभा चुनावमा नेकपा एमाले परित्याग गरी रुपन्देही १ बाट स्वतन्त्र चुनाव लडेका थिए । शुक्रबार भुसाल एक कार्यक्रमकाबीच नेकपा एस प्रवेश गर्ने कार्यक्रम तय भएको छ । भुसाललाई स्वागत गर्न नयाँ बानेश्वरस्थित होटल अर्यालमा कार्यक्रम हुँदै छ । एमाले स्थायी कमिटी सदस्य रहेका भुसालले मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा पार्टीबाट टिकट पाएका थिएनन् । तत्कालीन नेपाली कांग्रेस नेतृत्वको… पुरा पढौ

ओली भेट्न बालकोट पुगे प्रचण्ड, यसरी हुन सक्छ भागबन्डा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट फर्किएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । गोरखा महोत्सवलाई सम्बोधन गरेर काठमाडौं आइपुगेका उनी सत्ता साझेदार प्रमुख घटक एमालेका अध्यक्ष ओलीसँग संघीय मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल गर्न पुगेका हुन् । प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भइसकेको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्या र विभाग बाँडफाँटको लागि अनौपचारिक छलफल पनि भइरहेको छ । प्रधानमन्त्रीसहित बढीमा २५… पुरा पढौ

सरकारलाई प्रचण्ड बहुमत

प्रधानमन्त्री पुष्पकमल दाहालले ससदबाट विश्वासको मत पाएका छन् । दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । उनी गएको १० पुसमा सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । तर, उनलाई २ सय ६८ सांसदले विश्वासको मत दिएका छन् । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सत्ता गठबन्धन र सरकारमा सहभागी नभए पनि दाहाललाई विश्वासको मत दिएको छ… पुरा पढौ

देउवालाई ओलीको प्रश्नः गुरुजी, तपाईँले होइन पटक पटक संसद् विघटन गरेको ?

प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा छलफल भइरहेका बेला सत्ता गठबन्धनका प्रमुख नेता केपी शर्मा ओली र विपक्षी नेता शेरबहादुर देउवाबीच सवाल जवाफ चलेको छ । देउवाले ओलीको अघिल्लो दिनको अभिव्यक्तिको विरोध गरे लगत्तै बोल्न रोष्टममा उभिएका ओलीले देउवालाई जवाफ दिएका हुन् । संसद् विघटनको पक्षमा ओलीले बोलेकोमा देउवाले प्रधानमन्त्रीमाथि प्रश्न उठाएका थिए । जवाफमा ओलीले भने, गुरुजी, आफूले गरेका कुरा सम्झिनुस् । २०१७ सालमा मैले संसद् विघटन गरेको हो ?… पुरा पढौ

चुनाव लड्न बोरामा पैसा लैजानुपरेको छः चित्रबहादुर

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने बताएका छन्। उनले सबै ठूला दल एकठाउँमा उभिए पनि आफूले विपक्षमा मतदान गर्ने बताएका हुन्। उनले अहिले चुनावमा जान खर्च धेरै लाग्ने भन्दै त्यो उठाउनका लागि सबै ठूला दल एकै ठाउँमा उभिएको आरोप लगाए। ‘पहिले चुनावमा जाँदा खल्तीमा पैसा लैजान्थ्यौं अहिले बोरोमा लैजानुपर्ने भएछ। सरकारमा नगइ र नबसी चुनावमा उडाएको पैसा उठ्छ ? त्यसबाट बच्न… पुरा पढौ

गण्डकीमा बन्यो नयाँ सरकार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । अधिकारीलाई उनको दल एमालेसहित माओवादी, राप्रपा र स्वतन्त्र गरी ३३ सांसदको समर्थन छ , माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, एमाले सांसद सीता सुन्दास र राप्रपा सांसद पञ्चराम गुरुङसमेत मन्त्री बनेका छन् । उनीहरु सबै विना विभागीय मन्त्री हुन् । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं