राष्ट्रपति भण्डारी बागलुङ कालिका भगवती मन्दिरमा

बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङ कालिका भगवती मन्दिर दर्शन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आफ्नो दोश्रो कार्यकाल सकिनै लाग्दा पहिलो पटक बागलुङ कालिका भगवती मन्दिरको दर्शन गर्नुभएको हो |

राष्ट्रपति भण्डारीले मन्दिरमा पूजा आराधना गर्नुभएको हो |

राष्ट्रपतिको दर्शनले मन्दिरको महत्व र महिमालाई थप उचाईमा पुर्याएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो |

राष्ट्रपति भण्डारी बुधबार विहान १०:३० मा मन्दिर प्रवेश गरि करिव ३० मिनेट दर्शन गरि पर्वत तर्फ प्रस्थान गरिएको राष्टपतिको सचिवालयले जनाएको छ |

राष्ट्रपति भण्डारी पर्वतको जलजला गाउँपालिका-२ पुर्णगाउँमा कुल मन्दिरको उद्घाटनकालागि आउने कार्यतालिका अनुसार
बागलुङ कालिका भगवती मन्दिर दर्शन लगत्तै पर्वत तर्फ प्रस्थान गर्नुभएको हो |

राष्ट्रपति भण्डारी सँगै राष्ट्रय सभाका अध्यक्ष गणेष तिमील्सिना सहित उच्च पदस्थ व्याक्तिहरुको आगमनले मन्दिरको महत्व थप बढेको छ |

राष्ट्रपति भण्डारीको स्वागतका लागी गण्डकी प्रदेश सभाका सदस्यहरु सहित सयौँ राजनैतिक एवं सामाजिक व्याक्तित्वहरुको उपस्थिति रहेको थियो |

राष्ट्रपति भण्डारीलाई मन्दिरको तर्फबाट सम्मानपत्र सहित मन्दिरको आकारमा बनाईएको मायाको चिनो अध्यक्ष कुमार खड्का द्वारा हस्तान्तरण गरिएको थियो |