बुधबार राष्ट्रपति भण्डारी बागलुङ आउने

राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङ कालिका भगवती मन्दिर दर्शनका आउनु हुने भएको छ । भण्डारी राष्ट्रपतिको दोश्रो कार्यकाल सकिनै लाग्दा पहिलो पटक बागलुङ कालिका भगवती मन्दिरको दर्शन गर्न आउन लाग्नु भएको हो ।

राष्ट्रपति भण्डारी कालिका भगवती मन्दिर दर्शनका लागि फाल्गुन १० गते आउने कार्यक्रम तय भएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले मंगलबार पत्रकार भेटघाटको आयोजना गरि जानकारी गराएको हो । राष्ट्रपति भण्डारी बुधबार विहान १० बजे मन्दिर दर्शनका लागि आउने कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । गुठी व्यवस्थापन समिति राष्ट्रपति भण्डारीको स्वगतको तयारीमा जुटेको छ ।
राष्ट्रपतीद्वारा कालिका मन्दिर दर्शन पश्चात कालिका मन्दिरको महिमा र महत्व झनै चुलिएर जाने भएकोले कालिका गुठी व्यवस्थापन समिति राष्ट्रपतिको कालिका मन्दिर दर्शन लाई व्यवस्ति बनाउने तयारीमा जुटेको छ ।

बागलुङ कालिका भगवती मन्दिर दर्शन लगत्तै पर्वतको जलजला गाउँपालिका-२ पुर्णगाउँमा कुल मन्दिरको उद्घाटनकालागि उपस्थित हुने बताइएको छ ।

देशमा नयाँ राष्ट्रपति चयनकाे सर्गर्मी चलिरहेको बेला राष्ट्रपति भने आफ्नो कार्यकाल सकिँदैलाग्दा शक्ति पिठको उद्घाटनको दौडधुपमा लागेका छन् ।