प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच निर्णायक वार्ता सुरु भएको छ ।
आज बिहान चार दलबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएपछि अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ताको अघिल्लो दिन भएको वार्ताले गठबन्धन कायम रहने वा भत्किने निर्णय गर्ने अपेक्षा गरिएको छ ।
एमालेले मङ्सिर १० गते सहमति अनुसार आफ्नो पार्टीले नै राष्ट्रपति पाउनुपर्ने भनिरहेको छ भने माओवादीले सहमतिका आधारमा राष्ट्रपति हुनुपर्ने भनिरहेको छ ।
शुक्रबार बिहानमात्रै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच पुरानो गठबन्धन ब्युँताउने सहमति भएको छ । योसँगै पुस १० मा भने सात दलीय गठबन्धनको भविष्य संकटमा परेको छ ।




