Featured News

पूर्वसचिव भीम उपाध्यायसहित १५ विरुद्ध भ्रष्टाचार मुद्दा

मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय र सञ्जय शर्मासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समय अनुसन्धानपछि आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्याटबाहेक ७ अर्ब ७२ करोड रुपैँयामा ठेक्का सम्झौता गर्दा सम्झौता विपरित कानुनले तोके भन्दा बढी पेस्की मोबिलाईजेशन गरेको आरोप उनीहरुमाथि छ ।  आयोगले मेलम्ची खानेपानी  विकास समितिका तत्कालीन बोर्ड सदस्य रुद्रसिंह तामाङ विरुद्ध पनि भ्रष्टाचार मुद्दा… पुरा पढौ

सोझालाई जेल, धनी, बाठालाई अस्पताल

हामी नेपाल लिटरेचर फेस्टिभलमा छौं । यो नाम बढी साहित्यसँग सम्बद्ध छ । साहित्य भन्नेबित्तिकै आख्यान र गैरआख्यानको कुरा आउँछ । गैरआख्यानमा संविधान, कानुनका विषय आउँछन् । संविधान पनि साहित्यभित्रै पर्छ । संवैधानिक साहित्यको अवस्था के छ भने— साहित्यलाई जीवनको अंश मान्ने हो भने संविधान पनि समाजको अंश हुनुपथ्र्यो । समाजमा भित्र पस्नुपथ्र्यो । संविधान पनि हाम्रो आख्यान र गैरआख्यान दुवै क्षेत्रमा व्याप्त हुनुपथ्र्यो । ता कि यसले जीवनमा प्रभाव… पुरा पढौ

६ किलो सुन र ६२ लाख नगदसहित भारतीय नागरिक पक्राउ

पोखराबाट स्रोत नखुलेको रकम र सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । भारत पश्चिम बंगाल मेदिनिपुर घर भई पोखरा २ मोहोरिया टोल बस्ने सुरजित भौमिकले सञ्चालन गरेको जय भैरव ज्वेलर्समा अवैध रुपमा राखिएको सुन र चाँदीका सामान र नगद बरामद गरिएको हो । उनले अवैध काम गरेको गोप्य सूचना पाएपछि प्रहरीले विशेष अपरेसन गरेको थियो । उनले ३ तले घर भाडामा लिएर विभिन्न किसिमका गरगहना बनाइ वितरण गरेका थिए ।… पुरा पढौ

रवि, दीपेशसहित थप १८ जनाविरुद्ध सहकारी ठगीमा जाहेरी

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, माओवादी नेता दीपेश पुनसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखरा ४ को सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सोमबार पीडितहरुले पूरक जाहेरी दिएपछि थप अनुसन्धान सुरु भएको हो । कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापाले प्रहरीका पूरक जाहेरी आएपछि थप अनुसन्धान थालिएको जनाए । पूरक जाहेरी पुरानै मिसिलमा थपेर अनुसन्धान लागिएको प्रहरीले जनाएको छ ।सहकारीका पीडितले गोर्खा मिडिया… पुरा पढौ

एमालेका पूर्वसांसद एवं व्यवसायी इच्छाराजलाई ३ वर्ष कैद

पूर्व सांसद एवं व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय निर्धारण भएको छ । तामाङ एमालेबाट संविधानसभा सदस्य बनेका थिए । विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै सम्पत्ति शुद्धीकरण मुद्दामा ३ वर्ष कैद र बिगो बमोजिम १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो। विशेष अदालतले सिभिल सहकारी ठगीमा पूर्पक्षका लागि थुनामा रहेका तामाङलाई माघ ७ गते दोषी ठहर हुने सजाय सुनाएको थियो… पुरा पढौ

आलाकाँचा जनप्रतिनिधिः कोही फरार, कोही गैरजिम्मेवार

देशकै ठूलो महानगर पोखरामा ३३ वडा छन् । एक सय ६५ निर्वाचित र आठ मनोनित गरी एक सय ७३ जनप्रतिनिधि छन् । पछिल्लो समय यी जनप्रतिनिधिको काममा भने प्रश्न उठ्न थालेको छ । केही वडाध्यक्षले अराजक तरिकाले निर्णय गर्न थालेका छन् भने केही जनप्रतिनिधि ठगीमा फरार छन् । पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार बाँदर नियन्त्रणका लागि भन्दै रुख काट्न सार्वजनिक सूचना जारी गरे । वडाको पुरुन्चौर क्षेत्रमा बाँदरको आतंक… पुरा पढौ

सिन्धुलीको फिक्कल गाउँपालिका उपाध्यक्ष काठमाडौंको सहकारी ठगीमा

सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल सहितका ११ जनाविरुद्ध सहकारी ठगीको आरोपमा मुद्दा दायर भएको छ। काठमाडौंको पुतलीसडकमा रहेको नाता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको ७२ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो। ११ जनामध्ये अहिलेसम्म २ जना मात्रै पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा दोलखाको कालिन्चोक गाउँपालिका–५ घर भएका सहकारीका तत्कालीन सचिव ३७ वर्षीय कुमार खड्का र सिन्धुलीको तीनपाटन गाउँपालिका–६ घर… पुरा पढौ

जिबी, भूपेन्द्र र थानबहादुरविरुद्ध डिफ्युजन नोटिस

सूर्यदर्शन बचत तथा ऋण सहकारी पोखरा ४ का अध्यक्षसहित तीन जनाबिरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई र जिबीका दाजु भूपेन्द्र राईविरुद्ध नोटिस जारी भएको हो । नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नोटिस जारी गरेको हो । सूर्यदर्शनको सञ्चालक समितिका पदाधिकारीसमेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना एवं ठगी गरेको अभियोग छ । कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले… पुरा पढौ

श्रीस्वथानी व्रतकथा, लैङ्गिक विभेद र केही अनुउत्तरित प्रश्नहरु

“धर्म” दैवी वा अदृष्य शक्तिमा गरिने विश्वास, आस्था वा सद्भाव हो। धर्मका अनुयायीहरु ज्ञानको श्रोत भनेको धार्मिक गुरु, धार्मिक पुस्तक वा आत्मज्ञान भनी विश्वास गर्दछन।  धर्मको कुनै सिमा हुँदैन र धर्ममा हरेक प्रश्नको उत्तर हुन्छ भन्दछन। धार्मिक ग्रन्थ वा पुस्तकमा लेखिएका सबै कुराहरुलाई सहर्ष स्विकार गर्दछन। जीवन र जगतमा जे जस्ता घटना वा दुर्घटना हुन्छन ति सबै ईस्वरीय लीलाको रुपमा ग्र्हण गर्दछन। अर्को शब्दमा दैवको लीला, कर्मको लेखा, भाग्यको खेल,… पुरा पढौ

विभेदविरुद्ध लड्दा लड्दै ‘माननीय’

तनहुँको व्यास नगरपालिका वडा नम्बर १, अम्रेनीमा ४३ वर्षअघि जन्मिएका एक बालक जन्मदा शारीरिक रुपमा तन्दुरुस्त थिए । सात महिनाको हुँदा पोलियो रोग लाग्यो । पोलियोले एउटा हर कमजोर बनाइदियो । अहिले देब्रो खुट्टा नै छोटो छ । दलित परिवार यसै त नेपाल समाज व्यवस्थाको पिँचमा छ, त्यसमा पनि अपाङ्गसमेत बनेपछि अनेक हन्डर, ठक्कर खाँदै जीवनअघि बढ्यो । यसरी विभेदविरुद्ध लड्ने अघि बढ्नुभएका युवा पदमबहादुर परियार बिहीबार राष्ट्रियसभा सदस्य बन्नुभएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं