६ किलो सुन र ६२ लाख नगदसहित भारतीय नागरिक पक्राउ

पोखराबाट स्रोत नखुलेको रकम र सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

भारत पश्चिम बंगाल मेदिनिपुर घर भई पोखरा २ मोहोरिया टोल बस्ने सुरजित भौमिकले सञ्चालन गरेको जय भैरव ज्वेलर्समा अवैध रुपमा राखिएको सुन र चाँदीका सामान र नगद बरामद गरिएको हो ।

उनले अवैध काम गरेको गोप्य सूचना पाएपछि प्रहरीले विशेष अपरेसन गरेको थियो । उनले ३ तले घर भाडामा लिएर विभिन्न किसिमका गरगहना बनाइ वितरण गरेका थिए ।

उनले कोठामा लुकाई राखेको स्रोत खुलाउन नसक्ने गरगहना ६ किलो ७ सय ६९ ग्राम सुन र ६ किलो चाँदी र नगद ६२ लाख ८१ हजार नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।