Featured News

एमालेलाई मीनबहादुरको जग्गादानविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले कीर्तिपुरस्थित १० रोपनी १४ आना जग्गादान प्रकरणमा अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार उक्त जग्गादानविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएको हो । गुरूङबाट दान लिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । एमालेले गुरुङबाट जग्गा दान लिएको विषय कानुनविपरीत भएको भन्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले भवन निर्माणसमेत रोक्न मागसहित हालेको रिटमा… पुरा पढौ

धनराज गुरूङमाथि अनुसन्धान गरौंः थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी उपसभापति धनराज गुरूङमाथि पनि अनुसन्धान गर्न माग गरेका छन्। उपसभापति गुरूङ ललितपुरको मितेरी सहकारी प्रकरणमा जोडिएका छन्। राष्ट्र बैंकका कर्मचारीहरूले काठमाडौंमा सोमबार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले सहकारी ठगीमा गुरूङको संलग्नताको चर्चा भएकोले अनुसन्धान गर्न सरकारसँग माग गरे । ‘कांग्रेसका उपसभापति धनराज गुरूङको संलग्नता सम्बन्धमा बाहिर चर्चा चलेको छ, सहकारीसम्बन्धी संसदीय समितिमा पनि यस विषयमा छलफल भयो, बहस भयो र थप अनुसन्धान गर्नुपर्छ, म… पुरा पढौ

रवि र छविमाथि ३ अभियोगमा अनुसन्धान जारी

पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीमाथि तीन कसुरमा एकसाथ अनुसन्धान जारी छ । गोरखा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक लामिछाने र पूर्वउपाध्यक्ष जोशीविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणमा कास्कीमा अनुसन्धान गर्दै छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा कात्तिक २ गते काठमाडौैंबाट पक्राउ पर्नुभएका लामिछाने र असोज ६ गते पक्राउ पर्नुभएका जोशीलाई बिहीबार कास्की जिल्ला अदालतले थप सात दिन… पुरा पढौ

रवि र छविमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान हुने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्वगृहमन्त्री तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्व डीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान हुने भएको छ । बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धानका लागि अनुमति दिएको हो । कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्तकुमार शर्माले लामिछाने, जोशी र लिला पछाईंमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने… पुरा पढौ

रवि र छवि थप ७ दिन थुनामा

सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राख्न थप ७ दिनको अनुमति दिएको हो । कात्तिक २ गते शुक्रबार पक्राउ परेका रविलाई यसअभि अदालतले ६ दिन म्याद थपेको थियो । सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेलाई… पुरा पढौ

रवि र छविलाई अदालत लगिँदै, पीडित र रास्वपा दुवैले प्रदर्शन गर्दै

आज पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई म्याद थपका लागि कास्की जिल्ला अदालत लगिँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत लामिछाने र जोशीलाई पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा अवैधानिक रुपमा लगी ठगीमा संलग्न भएको आरोप छ । रविलाई कात्तिक २ गते र जोशीलाई असोज ६ गते राजधानीबाट प्रक्रा गरिएको थियो । उनीहरु दुुवै गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक हुन् । गोरखा मिडियामा पोखराको सूर्यदर्शनसहित देशका विभिन्न… पुरा पढौ

नेसपाको महाधिवेशन माघमा, सबै तहमा प्रत्यक्ष चुनाव

नेपाल समाजवादी पार्टी (नेसपा)ले आगामी माघ २५ देखि २७ गते काठमाडौंमा महाधिवेशन गर्ने भएको छ । पोखरामा सोमबार र मङ्गलबार भएको प्रथम विधान अधिवेशनले यस्तो निर्णय गरेको हो । पार्टी प्रवक्ता कृष्ण पौडेलले पार्टीको नाम र झण्डसमेत परिवर्तन भएको बताए । पार्टीको नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र संक्षिप्तमा नेसपा नयाँ शक्ति बनाइएको छ । डा बाबुराम भट्टराई नेतृत्वको नेसपा २०७३ सालमा नयाँ शक्ति नाममा स्थापना भएको थियो ।… पुरा पढौ

रविलाई अदालत लगिँदै, रास्वपा र सहकारीपीडित दुवैले प्रदर्शन गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । पक्राउ परेको तेस्रो दिन अदालत उपस्थित गराउन लाग्दा रास्वपा नेता, कार्यकर्ता र सहकारीपीडित आमनेसामने हुने अवस्था आइपरेको छ । देशका विभिन्न ठाउँबाट रास्वपाका नेता, कार्यकर्ता पोखरा आई शनिबार विरोध प्रदर्शन र र्याली निकाल्ने र सरकारी पीडितले समेत भेला गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला अदालत… पुरा पढौ

रविले भने: सरकार मर्‍यो,हामीलाई जुठो पर्‍यो !!

तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ??तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने?तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने । तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने?तिमी र तिम्रा नेता मिलेर सहकारी बाट… पुरा पढौ

५ रसियन पर्वतारोहीको शव सातादेखि धौलागिरी हिमालमै

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो । “हेलिकप्टर अवतरण गर्न र व्यक्ति हिँडेर पुग्न नसकिने ठाउँमा पाँच जनाको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं