Featured News

एआईको प्रयोगद्वारा जीवनको खोज

नासाले १४ अक्टोबर २०२४ मा जुपिटर(वृहस्पति) ग्रहको चन्द्रमा युरोपाको अध्ययन गर्न प्रक्षेपण गरेको युरोपा क्लिपर मिसन विज्ञान र प्रविधिको क्षेत्रमा माइलस्टोन बनेको छ । युरोपा क्लिपर जुपिटरको चन्द्रमा युरोपाको विस्तृत अध्ययन गर्न डिजाइन गरिएको पहिलो मिसन हो । वैज्ञानिक प्रमाणहरूका अनुसार अहिले पनि जीवनका लागि आवश्यक तत्वहरू युरोपामा हुन सक्छन् । यो अन्तरिक्ष यान छ वर्षपछि, अप्रिल २०३० मा १.८ अर्ब माइल (२.९ अर्ब किलोमिटर) यात्रा गरेर जुपिटरमा पुग्नेछ ।… पुरा पढौ

ऋण तीर्न ४ अर्ब, विकास बजेट साढे ३ खर्ब

सार्वजनिक ऋणको दायित्व बर्सेनी वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ । विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको साँवा ब्याज तिर्नमा खर्च हुन थालेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को गत मङ्सिर मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार सरकारी ऋण करिब रू २५ खर्ब हाराहारी छ । “चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ… पुरा पढौ

सहकारी ठगी आरोपमा अभिमन्यु र कमल पक्राउ

प्रहरीले सङ्घर्षशील बचत तथा ऋण सहकारी सञ्चालक समिति अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ । पोखरा २३, कार्कीको तहरामा रहेको यो सहकारीमा करिब तीन करोड अपचलन भएको सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीको प्रतिवेदनमा उल्लेख छ । प्रहरीले सहकारीका अध्यक्ष धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ६ घर भई पोखरा–८, नयाँबजार बस्ने वर्ष ३३ का विक्रम पाण्डे(अभिमन्यु) र सोही सहकारीका सचिव पोखरा–३१, बेगनास घर भएका वर्ष ३४ का कमल सुवेदी आइतबार पक्राउ गरेको… पुरा पढौ

रवि लामिछानेको सांसद पद निलम्बन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पदबाट निलम्बन गरिएको छ । संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार सूचना प्रकाशित गरी निलम्बन भएको जानकारी गराउनुभएको हो । महासचिव पाण्डेयद्वारा जारी सूचनामा भनिएको छ, “प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक ऐन बमोजिम थुनामा रहेकोमा थुनामा रहेको अवधिभर सो मुद्दाको किनारा नलागेसम्म निलम्बन भएको मानिनेछ ।” लामिछानेविरुद्ध आइतवार मात्र जिल्ला सरकारी वकिल कार्यालय कास्कीले… पुरा पढौ

सूर्यदर्शन सहकारीः आजबाट बयान र थुनछेक

जिल्ला अदालत कास्कीमा सोमबारबाट पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेसहित प्रतिवादीको बयान र थुनछेक बहस सुरु हुँदै छ । आइतबार ४४ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अभियोगपत्र दर्ता गराएको थियो । आइतबार कार्यालय समय अभियोगपत्र दर्ता गर्दै सकिएपछि सोमबारबाट बयान हुनेछ । जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले म्यानुअल्ली र सिस्टम दुवैमा अभियोगपत्र दर्ता गर्दा आइतबार कार्यालय समय सकिएकाले सोमबारबाट बयान सुरु हुने बताउनुभयो । “मिसिल… पुरा पढौ

रविविरुद्ध मुद्दा दर्ता हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेसहित ५ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा अभियोगपत्र पुगेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अभियोगपत्र पठाएको हो । उनीहरु पाँचै जनालाई प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराइसकेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परी हिरासतमा उनीहरुविरुद्धको अभियोगपत्र दर्ता हुने क्रममा छन् ।उनीहरलाई हिरासतमा राख्न पाउने म्याद शुक्रबार सकिएको थियो । गएको सोमबार कास्की प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि मङ्गलबारबाट लागू… पुरा पढौ

जीबीसहित १९ जनाविरुद्ध थप अभियोग

पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम ठगी प्रकरणमा १९ जना प्रतिवादीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा पुरक अभियोग दर्ता गरेको छ । उक्त सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई९जीबी० सहित १९ जना प्रतिवादीविरुद्ध शुक्रबार पूरक अभियोग दर्ता भएको कास्की जिल्ला अदालतका निमित्त श्रेस्तेदार खेमनारायण लामिछानेले बताएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले थप अभियोग र बिगो दाबी गर्दै पुरक अभियोग पत्र अदालतमा दर्ता गराएको लामिछानेले जानकारी दिए । ‘अभियोग मागदाबीबारे सरकारी… पुरा पढौ

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो। दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो। उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुख… पुरा पढौ

रविको भाइरल तस्बिर छानबिन गर्न समिति 

सामाजिक सञ्जालमा सार्वजनिक भएको रवि लामिछानेको हिरासतभित्रको तस्बिरबारे छानबिन गर्न समिति गठन भएको छ । गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । समितिले ३ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउनुपर्ने गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी भोलाबहादुर रावलले जानकारी दिए । ‘समिति गठन भएको छ । समितिले सत्यतथ्य पत्ता लगाएर तीन दिनभित्र प्रतिवेदन दिन्छ,’ उनले भने । सार्वजनिक भएको तस्बिर डिसेम्बर १४ तारिखको दिउँसो… पुरा पढौ

अनेक पर्वतीय गतिविधिसहित पर्वतीय महोत्सव सकियो

नवौं पर्वतीय महोत्सव बिहीबार सकिएको छ । ५ दिने महोत्सव २५ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ । बिहीबार आयोजित समारोहमा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौेडेलले महोत्सव समापन गरे । समारोहमा मन्त्री पौडेलले पर्वतीय संस्कृति, पर्वतारोहण र नेपालको अर्थतन्त्रबिच घनिभूत सम्बन्ध भएको औंल्याए । उनले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको विकास र प्रवर्धनमा सरकारले सघाउने वाचासमेत गरे । ‘यो पोखरा र गण्डकी प्रदेशकै गौरव हो । यसको विकास… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं