Featured News

पर्वतीय महोत्सवमा आरोहीले सुनाए सुखदुख

पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अहिले दुई थरी आगन्तुक छन् । नियमित संग्रहालय हेर्न आउनेहरुसँगै संग्रहालय परिसरमा जारी नवौं पर्वतीय महोत्सव हेर्नेहरु पनि उल्लेख्य छन् । मंसिर २३ गतेबाट जारी महोत्सव बिहीबारसम्म चल्नेछ । बुधबार महोत्सवमा चर्चित आरोहीहरुले हिमाल आरोहणका सुखदुख सुनाए । ‘समिटर्स डायलग’ नाम दिइएको प्यानल डिस्कसनमा चर्चित आरोहीहरु दावा याङजुङ शेर्पा र निमारिन्जी शेर्पाले हिमाल आरोहण गर्दा भोगेका चुनौती, आरोहणपछिको सुखानुभूति र यो क्षेत्रका चुनौतीबारे विचार राखे ।… पुरा पढौ

यसरी विस्तार हुदैँछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गर्नुभएको छ । गए राती पर्यटनमन्त्रीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम गरिरहेको छ । प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी… पुरा पढौ

आयोजनाका समस्या बुझ्न भौतिकमन्त्री केसी फिल्डमा

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बागलुङमा सञ्चालित योजनाहरुको निरीक्षण गरेका छन् । मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका चार वटा योजनाको निरीक्षण गरेको हो । टोलीले शुक्रबार गल्कोट–हरिचौर–हिल्ल्तार–म्याग्दी सडक, शनिबार बुर्तिबाङ–तमानखोला–लमेला सडक र गाडीखोला– ढोरपाटन सडकसँगै चक्ती खोलामा बनेको पुलको निरीक्षण गरेको हो । गल्कोट–हरिचौर–म्याग्दी १०.८९४ किलोमिटर सडक स्तरोन्नतीका लागि २०७६ साल कात्तिक २७ मा २८ करोड १५ लाख ७ हजारमा… पुरा पढौ

गण्डकीकी सांसद बिमला गौचनको निधन

गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको हो । उनी डेंगु बिरामी भएपछि ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् । गौचनलाई गए राति १२ बजे हृदयाघात भएको थियो । म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् । ६३ वर्षीया गौचनका श्रीमानको यसअघि नै निधन भइसकेको छ भने छोरा अमेरिकामा छन् । छोरा आएपछि मात्र दाहसंस्कार गर्ने तयारी भएको छ । पुरा पढौ

मनाङेको क्षेत्रमा मंसिर १६ मा उपचुनाव नहुने

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ(दीपक मनाङे)को संसद पद खारेज हुने पक्का छ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई मङ्गलबार जेल चलान भएपछि मनाङेको पद रिक्त हुन लागेको हो । उपनिर्वाचनभन्दा १९ दिनअघि पक्राउ परेका मनाङेको चाँडै रिक्त हुने स्थानमा मङ्सिरमा उपनिर्वाचन भने हुने छैन । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले मङ्सिर १६ गते हुने उपनिर्वाचन ४४ पदमा मात्र हुने जानकारी दिए । “कात्तिक २६ पछि खाली भएका स्थानमा… पुरा पढौ

रवि लामिछाने थप १३ दिन थुनामा

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संगठित अपराधको कसूरमा प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको छ। कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश नवराज दालहाले एकल इजलासले सो निर्णय गरेको हो। अदालतको आदेशसँगै पूर्वगृहमन्त्रीसमेत रहेका रवि अझै १३ दिन प्रहरी हिरासतमा रहनेछन्। उनीसँगै सोही प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशी,लीला पछाईं र पूर्वसंचालक रामकुमार… पुरा पढौ

मितेरी सहकारी ठगीः ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी

ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा रेड नोटिस जारी भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको नेश्नल सेन्ट्रल ब्यूरो एनसिबीको सिफारिसका आधारमा इन्टरपोलको फ्रान्समा रहेको हेडक्वार्टरले दुईजनाविरुद्ध रेड नोटिस जारी गरेको प्रहरी स्रोतले बतायो । यो सहकारी ठगीबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गुरुङ र भण्डारीको खोजीका लागि इन्टरपोलमा रेड नोटिस जारी गरिदिन… पुरा पढौ

कुन जिल्लाका कहाँ कहाँ हुँदै छ उपचुनाव ?

आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदै छ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङ¬को ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष,… पुरा पढौ

करार कर्मचारी काण्डले महानगरमा विवाद

पोखरा महानगरपालिकाको ३७ औँ कार्यपालिका बैठकले गरेको निर्णयले पाेखरा महानगरमा विवाद सिर्जना भएकाे छ । लामो समयदेखि करारमा रहेका कर्मचारीहरूलाई बिदा गर्ने गरी बोर्ड बैठकले गरेको निर्णयकाे वििपक्षमा एमाले उभिएकाे हाे । सम्पूर्ण दोषहरू नगर प्रमुखमाथि थोपरेर आफू चोखिन खोजेको एमाले यसअघि आफैले हस्ताक्षर गरेको निर्णयको बर्खिलापमा उत्रिएको नगर प्रमुखको सचिवालयले विज्ञप्ति मार्फत जनाएको छ । २०८० पौष २९ गते आइतबार बसेको २५ औँ कार्यपालिकाका बैठकले नै कर्मचारी व्यवस्थापनका सम्बन्धमा… पुरा पढौ

क्रस कन्ट्री दौडमा चिनियाँ खेलाडी प्लेट चार्डर गरी आउने

पोखरामा हुने तेस्रो क्रसकन्ट्री दौड प्रतियोगिताको तयारी तीव्र भइरहेको छ । तिहार लगत्तै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको तयारी गरिएको हो । हिमालयन टुरिजम फोरमको आयोजनामा कात्तिक २४ गते हुने प्रतियोगितामा नेपाल र चीनका खेलाडीहरू सहभागी हुनेछन् । दौडका विभिन्न ४ विधामा प्रतिस्पर्धा हुनेछ । टिम समूह ५० किमी, च्यालेन्ज इन्डिभिजुअल समूह ५० किमी, विद्यार्थी दौड ५ किमी र ह्यप्पी रन समूहमा २ किमी दौड हुनेछ । टिम समूहको विजेताले ४ लाख ५८… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं