Featured News

२०८४ सम्म प्रधानमन्त्री बन्ने रेसमा छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्नुभएको छ। नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगञ्ज आउनुभएका अध्यक्ष प्रचण्डले प्रेस सेन्टर नेपाल, पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको धारणा राख्नुभयो। उहाँले सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने बताउनुभयो। सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध जेहाद नै छेडिएको भन्दै… पुरा पढौ

अस्तायो नेपाली साहित्यको जाज्वल्यमान नक्षत्र

सन् १९३३ को १ मार्चका दिन गुवाहाटी टकौबारीको पुलिस रिजर्भमा प्रेमबहादुर छेत्री र पवित्रा देवीका सन्तानका रूपमा जन्मिएका लीलबहादुर क्षत्रीको ९३ वर्षको उमेरमा आज १३ मार्च २०२५ का दिन रात्री १०.१० बजे गुवाहाटी मरिखालीस्थित निजको बासस्थानमा निधन भएको समाचारले समग्र नेपाली साहित्य समाज र गोर्खा जातिमा शोकको परिवेश छ। मृत्युको समयमा उहाँले दुई परिवार, दुई छोरा, दुई बुहारी र चारजना नाति-नातिना छोडेर जानुभएको छ।असममा जन्मिएका, सिलाङमा बाल्यकाल बिताएका लीलबहादुर क्षत्रीको… पुरा पढौ

कुलमानको जवाफः स्पष्टिकरण पूर्वाग्रहपूर्ण

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई सफाइ पेस गरेका छन् । गत बुधबार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रालयले मागेको स्पष्टीकरणमा कार्यकारी निर्देशक घिसिङले आइतबार सफाइ पेश गरेका हुन् । मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रालयले सोधेको ४ बुँदे स्पष्टीकरण मागमा घिसिङले १६ पृष्ठ लामो स्पष्टीकरण पेश गरेका छन् । उनलाई समयसीमा भित्र गत आर्थिक वर्षको कार्यसम्पादन पेश नगरेको भन्दै नियुक्ति किन रद्द नगर्ने भन्दै स्पष्टीकरण सोधिएको… पुरा पढौ

कुलमानलाई पठाइयो स्पष्टीकरण पत्र 

ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सफाइ पेस गर्न पत्र पठाएकाे छ ।  बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले तीन दिनभित्र सफाइ पेस गर्न भन्दै स्पष्टीकरण सोध्न ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको थियो । उक्त अधिकार पाएसँगै मन्त्रालयले ‘तपाईंको नियुक्ति रद्द किन नगर्ने’ भन्दै सफाइ पेस गर्न पत्र पठाएको हो । घिसिङ र मन्त्रालयबिच २०७८ माघ १५ मा भएको सम्झौताअनुरूप आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन प्रतिवेदन पेस नगरी… पुरा पढौ

कुलमानलाई हटाउँदै सरकार, सोध्यो ३ दिने स्पष्टिकरण

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ। यसअघि मन्त्रालयबाट सोधिएकामा अहिले मन्त्रिपरिषद्को बैठकबाट स्पष्टीकरण सोध्ने निर्णय भएको हो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय भएको एक मन्त्रीले नेपालखबरलाई बताए। यसअघि ऊर्जा मन्त्रालयले कुलमानसँग पाँचपटक विवरण माग गर्ने र स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको हो। कुलमानलाई हटाउने प्रयासमा रहेका ऊर्जामन्त्री दीपक खड्काले विभिन्न समिति र आयोग बनाएर पनि उनीमाथि छानबिन गर्न खोजेका… पुरा पढौ

मेयर आचार्य आइसोलेसनमा, बेलुनमा हावा भर्ने हिरासतमुक्त

पोखरा महानगरका नगर प्रमुख धनराज आचार्य अहिले आइसोलेसनमा छन् । फागुन ३ गते पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा भएको बेलुन विस्फोटमा घाइते बनेका आचार्य चिकित्सकको सल्लाहमा आइसोलेसनमा बसेका हुन् । बिहीबार कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका उनले यो अवधिमा भेटघाट र बोलचाल नगर्न चिकित्सकले सुझाएको जनाएका छन् । फेसबुकमा उनले लेखका छन्, “म हिजो अस्पतालबाट डिस्चार्ज भएर अहिले आइसोलेसनमा छ । डाक्टरको सल्लाहअनुसार केही समय भेटघाट नगर्ने र नबोल्ने सिफारिस भएकाले… पुरा पढौ

पोखरा भ्रमण वर्षको घोषणा समारोहको घट्ना छानबिन गर्न समिति गठन

‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा समारोहमा भएको घट्नाका सम्बन्धमा छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्री स्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गर्नु भएको हो । समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद… पुरा पढौ

हाइड्रोजन बेलुनलाई हेलचेक्र्याई गर्दा मन्त्री र मेयर घाइते

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा बेलुन पड्किँदा शनिबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य घाइते बने । हेलिकोप्टरमा राजधानी लगेर उनीहरुको सघन उपचार कक्षमा उपचार जारी छ । खासमा सामान्य बेलुन पड्किएर उनीहरु घाइते भएका होइनन् । हाइड्रोजन बेलुन पड्किँदा कार्यक्रमका प्रमुख अतिथि पौडेल र अध्यक्षता गरेका मेयर आचार्य घाइते बनेका हुन् । हाइड्रोजन अत्यन्त प्रज्ज्वलनशील पदार्थ हो । हावाभन्दा निकै हल्का हुने भएकाले… पुरा पढौ

पोखरामा कोटीहोम रोक्न माग गर्दै रिट

नेपाल मानव सेवा फाउन्डेसनले पोखरामा गर्न लागेको कोटिहोम रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट दायर भएको छ । शुक्रबार उच्च अदालत पोखरामा अधिवक्ता भगवती पहारी, गीता आचार्य र मीनाकुमारी रानाभाटले रिट दायर गरेका हुन् । फेवातालको ६५ मिटर मापदण्डभित्रै गरिने कोटीहोमले तालको प्राकृतिक स्वरूप परिवर्तन गर्ने र जैविक विविधतामा नकारात्मक असर पार्ने भएकाले यसलाई रोक्न माग गरिएको छ । सर्वाेच्च अदालतको २०७५ वैशाख १६ गतेको फैसलाले फेवाताल किनाराबाट ६५… पुरा पढौ

कोटीहोम नरोक्न उच्चको आदेश, अब के होला ?

पोखराको वाराहीघाटमा आयोजन गर्न लागिएको कोटीहोम नरोक्न उच्च अदालत पोखराले आदेश दिएको छ । मानव सेवा फाउन्डेसनले वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म गर्न लागेको ‘श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ’ सञ्चालनमा कुनै बाधा, अवरोध नगर्न उच्चका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले बिहीबार आदेश दिएको हो । उच्चले पोखरा महानगरलाई १५ दिनभित्र रोक्नुको कारणसहित उपस्थित हुनसमेत भनेको छ । उच्चले कानुनी रूपमा बाधा पुग्ने कुनै कारणबाहेक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं