Featured News

गण्डकीमा ‘राइड सेयरिङ वैध, कम्पनी चलाउन कति लाग्छ शुल्क ?

गण्डकी प्रदेश सरकारले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको छ । अबदेखि निजी चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बिमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने छन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले मन्त्रिपरिषद् बैठकबाट नियमावली पारित भएसँगै ‘राइड सेयरिङ’ले कानुनी मान्यता पाएको बताए । मङ्गलबारको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० पारित गरेको थियो । ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई… पुरा पढौ

स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पताल नवीकरण हुँदैनन्ः मन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताउनुभएको छ । आज चितवनका पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले बिमा कार्यक्रम रोक्ने अस्पतालको दर्ता नवीकरण नहुने बताउनुभयो । सरकारी अस्पतालले बिमाको दाबी भुक्तानी नभएको उल्लेख गर्दै कार्यक्रम रोकिन सक्ने बताइरहेका छन् । सोही प्रसंगमा मन्त्री पौडेलले भन्नुभयो, “बिमा कार्यक्रम रोक्ने अधिकार सरकारी अस्पताललाई छैन । कसैले बिमा कार्यक्रम रोकेको भए दर्ता नवीकरण हुँदैन ।” उहाँले कार्यक्रम वापतको… पुरा पढौ

शिक्षकको सडक आन्दोलन र शैक्षिक हडताल स्थगित

२९ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गर्दै आएका शिक्षकहरु विहीबारदेखि घर फर्कने भएका छन् । उनीहरु अब विद्यार्थीको भर्ना, कापीजाँच र १२ कक्षाको परीक्षामा सहभागी हुनेछन् । शिक्षा ऐन गोजीमा बोकेर मात्र घर फर्कने बताउँदै आएका शिक्षकहरु अन्ततः उधारो सम्झौता गोजीमा हालेर घर फर्कन सहमत भएका हुन् । कांग्रेसका प्रमुख सचेतक श्यामकृष्ण घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला र शिक्षा समितिका सभापति अम्बरबहादुर थापाले आगामी असार १५ गते भित्र शिक्षा ऐन… पुरा पढौ

किन पक्राउ परे रेशम चौधरी ?

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । राष्ट्रिय जनमत पार्टीसँग एकता गर्ने भनिएको दिन उनलाई पक्राउ गरिएको हो । पार्टी एकीकरणका लागि कार्यक्रमस्थल प्रज्ञा भवन पुगेका चौधरीलाई प्रहरीले सोही स्थानबाट पक्राउ गरेको हो । टीकापुर घटनामा अदालतको फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए । चौधरीलाई डिल्लीबजार कारागार पठाइएको छ । सीके राउतको जनमत र रञ्जिता चौधरी नेतृत्वको नाउपा नेतृत्वमा… पुरा पढौ

सानोपाइला सहकारीमा रविविरूद्ध ५ करोड बिगो

प्रहरीले पर्साको सानोपाइला बचत सहकारीको रकम अपचलनबारे अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ। अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय पर्साले सरकारी वकिलको कार्यालय पर्सालाई शुक्रबार प्रतिवेदन बुझाएको हो । पर्साका एसपी गौतम मिश्रले सानोपाइला सहकारीमा ठगी र संगठित अपराध कसुरमा अनुसन्धान सकेको बताए । उनले भने,‘हामीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएका छौं। ४१ जनाविरूद्ध मुद्दा चलाउन प्रतिवेदनमा भनिएको छ। ३० जना व्यक्ति र ११ वटा संस्थारकम्पनीविरूद्ध मुद्दा चलाउन प्रहरीले राय… पुरा पढौ

शिक्षामन्त्री विद्याले किन दिइन् राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन् । शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यहीबेला उनको राजीनामा आएको छ । त्रिभुवन विश्वविद्यालयको सुधारमा सरकार र प्रधानमन्त्रीकै अपेक्षित साथ नपाएकी उनले शिक्षक आन्दोलनलाई सम्बोधन गर्न सरकारले नसकेपछि राजीनामा दिएको बुझिन्छ । मन्त्री भट्टराईले विद्यालय शिक्षा ऐन ल्याउन नसके राजीनामा दिने… पुरा पढौ

वसन्तः मुल मुद्दाबाट बरालिएको फिल्म

पछिल्ला दिनको वर्षापछि यसपालि बल्ल देशभर वसन्त ऋतुको आभास भएको छ । आकासको तुँवालो फारिएको छ, रुखहरु हरिया बन्दै छन्, पालुवा अङ्कुराउँदै छन् । यही वसन्ती यामकै नामको नेपाल चलचित्र पनि अहिले दर्शकसम्म पुग्ने संयोग जुरेको छ । चलचित्रमा सपूतसँगै स्वस्तिमा खड्का, प्रभातपाल ठकुरी, खड्कबहादुर पुन (खबपु), प्रकाश घिमिरे, विशाल पहारी लगायतको अभिनय छ । गलबन्दी प्रोडक्सनको प्रस्तुति वसन्तले समानान्तर रुपमा दुई जोडीको अन्तर्जातीय प्रेम प्रस्तुत गरेको छ । बागलुङ… पुरा पढौ

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । राज्यविरुद्धको कसुरमा प्रसाईंलाई कारबाही अगाडि बढाउने गरी म्याद दिइएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए । प्रसाईं क्यान्सरको बिरामी भएकाले उनको उपचारको प्रबन्ध मिलाउनसमेत अदालतले प्रहरीलाई आदेश दिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । प्रसाईंका बडीगार्ड दीपक खड्कालाई पनि अदालतले १२ दिन नै हिरासतमा राख्ने अनुमति दिएको छ । प्रहरीले राजा फर्काउने भन्दै चैत… पुरा पढौ

तीन सरकार, तीनतिर !

तीन तहकै सरकारबिच सहकार्य र समन्वय प्रभावकारी नहुँदा अपेक्षित परिणाम नआएको र काम गर्न कठिनाइ भएको जनप्रतिनिधिहरुले औंल्याउनुभएको छ । पोखरामा बिहीबार भएको प्रदेश विकास समस्या समाधान समितिको ११ औँ बैठकमा उनीहरुले यस्तो बताउनुभएको हो । संविधानमा सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकार सूचीमा १५ बुँदा छन् । सङ्घ र प्रदेशका साझा अधिकार सूचीमामा २५ बुँदा छन् । बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले यसपालिको वर्षाले बाटो बिगार्ने… पुरा पढौ

हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो

१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । बिहीबारसम्म करिव ४५ हजारले महोत्सव अवलोकन गरेकोमा एक हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा २ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ। हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं