Featured News

पोखरामा २ प्याराग्लाइडिङ दुर्घटना, ४ जनाको उद्धार

पोखरा महानगरको फेवातालमा बुधबार दिउँसो दुई प्याराग्लाइडिङ दुर्घटनामा परेका छन् । दिउँसो तीन बजेतिर पोखरा–१८, खपौंदीमा पर्ने फेवातालमा दुई प्याराग्लाइडिङ अनियन्त्रित भई खसेका थिए । दुर्घटनापछि त्यसका चालक र यात्रु गरी चार जनालाई सकुसशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । “दुर्घटनाको खबर पाउनासाथ नेपाल प्रहरीको उद्दार टोली र सशस्त्र प्रहरी बलको फेवा रेस्क्यु टावरमा खटिएको गोताखोरसहितको टोलीले उद्धार गरिसकेको छ ।” उद्धार… पुरा पढौ

राइड सेयरिङ रोकियो, अब गाडी चल्ने

यातायात व्यवसायीको मागसामु गण्डकी सरकारले निरीह बनेको छ । सरकारले राइड सेयरिङ नियमावली एक महिना रोक्ने निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्रपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहिह मन्त्रिहरुको छलफलपछि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले नियमावली एक महिना रोकेको हो ।यातायात मन्त्रालयले मंगलबार साँझ जारी गरेको सूचनामा भनिएको छ, “वार्ताका लागि पुनः आह्वान गरी वार्ता सम्पन्न गर्न एक महिनाको अवधि तोक्ने र उल्लिखित अवधिभर गण्डकी प्रदेश राइड सेयरिङ… पुरा पढौ

फेवाको तालघरमा गाडिए २७ पोल, कहिले सकिएला सीमांकन ?

सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम सुरु भएको छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा तालघरमा सीमा स्तम्भहरू गाड्ने काम थालिएको हो । तेस्रो दिन ऐतिहासिक रत्न मन्दिर परिसरको तालघरमा १२ वटा पिल्लरहरु गाडिएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले बताउनुभयो । यसअघि शनिवार पिल्लर गाड्ने कार्यको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ… पुरा पढौ

भित्रियो मनसुन, यसपालि कति पानी पर्ला ?

नेपालमा सरदर समयभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ । मनसुनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको छ । विभागमा महानिर्देशक कमलराम जोशीले नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि मे २९ मा नै नेपालमा… पुरा पढौ

फेवाको तालघर १७ गतेबाट छुट्याइने, अतिक्रमण कहिले हट्ला ?

फेवातालको सिमाना (तालघर) मा शनिवारदेखि पिल्लरहरु गाडिने भएका छन् । फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि गठित फैसला कार्यान्वयन सहजीकरण समितिले तालघरमा पिल्लरहरु गाड्ने बताएको हो । पोखरामा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक समेत रहनुभएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलीदेखि नै तीन तहका सरकारको उपस्थितिमा फेवातालको चारैतिर पिल्लरहरु गाड्ने बताउनुभयो । “पहिलो पिल्लर मैले गाड्छु, दोस्रो पिल्लर मेयर सावले गाड्नु हुन्छ र तेस्रो पिल्लर प्रमुख जिल्ला अधिकारीज्यूले गाड्नु हुन्छ… पुरा पढौ

राइड सेयरिङको विरोधमा यातायात व्यवसायी, मन्त्रालयले वार्तामा बोलायो

यातायात व्यवसायीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले वार्तामा बोलाएको छ । राइड सेयरिङलाई वैधानिकता दिएको विरोधमा देशैभरको सार्वजनिक यातायात ठप्प पार्ने योजनासहित आन्दोलित यातायात व्यवसायीलाई मन्त्रालयले मंगलबार पत्राचार गरी वार्तामा बोलाएको हो । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीको निर्देशनअनुसार मन्त्रालयले महासंघलाई बढीमा पाँच सदस्यीय वार्ता टोली बनाएर छलफलमा आउन पत्राचार गरेको छ । यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन… पुरा पढौ

युवा सङ्घमा क्षितिज थेबेको प्यानलै निर्वाचित

नेकपा (एमाले)को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएको छ । १० औं महाधिवेशनबाट प्रतिद्वन्द्वी सुमन पुरीलाई एक सय १८८ मतले पराजित गरी थेबे दोस्रो कार्यकालका लागि चुनिनुभएको हो । थेबेले सात सय ९६ मत पाउँदा पुरीले छ सय आठ मत पाउनुभएको छ । पुरी निवर्तमान महासचिव हुनुहुन्छ । सङ्घको उपाध्यक्ष (खुला)मा महाराज गुरुङ (८९५मत) र विनय शाह (७७३ मत)चुनिँदा महासचिवमा महेश चौलागाईं निर्वाचित हुनुभयो । महासचिवमा… पुरा पढौ

आगामी मनसुनमा औसतभन्दा बढी वर्षा हुने

जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले आज सार्वजनिक गरेको आगामी मनसुनको हावा पानी आकलनअनुसार यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ । विभागका महानिर्देशक कमलराम जोशीले अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको बताए । ‘यस मनसुन ऋतुमा देशका अधिकांश… पुरा पढौ

मुग्लिन पोखरा सडकः पूर्वी खण्ड असारभित्रै पिच

मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँको पूर्वी खण्डमा असार महिनाभित्रै कालोपत्र सक्ने तयारी साथ काम जारी छ । आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ दशमलव ४५ किलोमिटर दूरीमध्ये अब करिब ३ किलोमिटर मात्रै कालोपत्र गर्न बाँकी रहेको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)ले जनाएको छ । यो खण्डको म्याद तेस्रो पटक थपिएकामा आगामी २९ गतेसम्म छ । त्यस अवधिभित्रै काम सम्पन्न गरिने आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । व्यास नगरपालिकाको दमौली… पुरा पढौ

शान्ति स्तूपनजिक बस दुर्घटना, २२ घाइते

कास्कीको पोखरा २२ पुम्दीभुम्दीमा बुधबार दिउँसो भएको दुर्घटनामा २२ जना घाइते भएका छन् । विश्व शान्ति स्तूपबाट पोखरा फर्र्किदै गर्दा गरेको ग१ख ३८८६ नम्बरको माइक्रोबस घुम्तीमा सडकमै पल्टिएको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उद्धार गरी उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले २२ जना घाइते भएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं