
कास्कीको पोखरा २२ पुम्दीभुम्दीमा बुधबार दिउँसो भएको दुर्घटनामा २२ जना घाइते भएका छन् ।
विश्व शान्ति स्तूपबाट पोखरा फर्र्किदै गर्दा गरेको ग१ख ३८८६ नम्बरको माइक्रोबस घुम्तीमा सडकमै पल्टिएको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेलाई उद्धार गरी उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले २२ जना घाइते भएको र ४ जनाको गम्भीर रहेको बताए ।
बसमा २६ जना सवार रहेकोमा बाँकी चार जना यात्रु सकुशल छन् । चालक र सहचालकसमेत सामान्य घाइते छन् ।