Featured News

कस्तो छ मनकामना मन्दिरमा पुजारी परम्परा ?

२१औं पुस्तासम्म कुनै मन्दिरको मूल पुजारी हुँदै आएको सुन्दा अचम्म लाग्ला तर गोर्खाको मनकामना मन्दिरमा एउटै परिवारको २१ औँ पुस्ताले मूल पुजारीका रुपमा अहिलेसम्म काम गरिरहेको छन् । मन्दिरका मूल पुजारी इन्सानबहादुर थापामगरले आफू २१ औँ पुस्ताका रुपमा मगर पुजारी बनेको बताए । उनको भनाइमा राजाराम शाहका रानीको नामबाट मनकामना मन्दिर रहेको हो । राजपरिवारमा सुसारेको रुपमा रहेका लखन थापामगरका पालादेखि यस मन्दिरमा इन्सानका पुस्ताले मुख्य पुजारीको रुपमा काम गर्दै… पुरा पढौ

नागरिकताबारे सर्वोच्चले आफ्नै आदेश उल्टायो

गृह मन्त्रालयको सकुर्लरअनुसार नागरिकता वितरण नगर्न सर्वोच्चले फेरि अर्को अन्तरिम आदेश जारी गरेको छ । अंगीकृत नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता वितरण गर्ने गृहको सर्कुलर अनुसार नागरिकता वितरण नगर्ने सर्वोच्च अदालतले आदेश दिएको हो । यसअघि सर्वोच्च अदालतले नै गृहको सर्कुलर अनुसार नागरिकता वितरण नरोक्नू भनेर आदेश दिएको थियो । नागरिकता वितरण नरोक्नु भनेर आदेश दिएको एक साता नबित्दै सर्वोच्चले आफ्नै आदेशको खण्डन गर्दै नागरिकता वितरणमाथि अन्तरिम रोक लगाएको हो… पुरा पढौ

राष्ट्रिपति भण्डारीले बीआरआई फोरमलाई सम्बोधन गर्दै के भनिन् ?(पुर्णपाठ सहित)

राष्ट्रिपति विद्यादेवी भण्डारीले चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई शुक्रबार नेपालीमा सम्बोधन सम्बोधन गरेकी छिन् । राष्ट्रपति भण्डारीले लामो राजनीतिक संक्रमणपश्चात नेपालले राजनीतिक स्थायीत्व प्राप्त गरेको स्मरण गर्दै अबको उद्देश्य जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउनु रहेको जानकारी दिइन् । विकासका चुनौतीहरु सामना गर्न नेपालले छिमेकी र मित्र राष्ट्रसँग सहकार्य तथा सहयोग बढाउन चाहेको उनले बताइन् । राष्ट्रपति भण्डारीले बीआरआई फोरममा गरेको सम्वोधनको पूर्णपाठ महिला तथा… पुरा पढौ

अन्तर प्रदेश परिषद बैठक सुरु ,केके विषयमा हुदैछ त छलफल ?

अन्तर प्रदेश परिषदको बैठक काठमाडौंमा सुरु भएको छ । बजेट र योजनामा डुप्लिकेसन नहोस् भन्नका निम्ति राष्ट्रिय समन्वय परिषदको बैठक बस्न लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, ६ वटा प्रदेशका मुख्यमन्त्री सहभागी छन् । यसअघि गत चैत २१ गते बसेको अन्तर प्रदेश परिषदको बैठकमा मुख्यमन्त्रीहरुले आर्थिक वर्ष २०७६र७७ मा कम्तिमा ३३ प्रतिशत बजेट माग गरेका… पुरा पढौ

ग्रेट नेपालका अभियान्ता नेपाललाई अदालतमा बुझाउने तयारी

ग्रेट नेपालका अभियान्ता फणिन्द्र नेपाललाई अदालत बुझाउने तयारी भैरहेको छ । बैंकिङ कसुर अभियोगमा पक्राउ परेका अभियान्ता नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानमा दोषी देखिएपछि उनलाई अदालत बुझाउने तयारी भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाललाई नरेशकुमार न्यौपानेले दिएको जाहेरीको आधारमा वैशाख १० गते निवासबाटै पक्राउ गरेको थियो । तर ,मुद्दा अगाडि बढाउनुभन्दा पहिला बैंकबाट पैसा बुझे÷नबुझेको कागजपत्रहरु झिकाएर अनुसन्धान गरिरहेका काठमाडौ परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले… पुरा पढौ

नीति तथा कार्यक्रम वैशाख २० गते पेश हुदै

सरकारले वैशाख २० गते संसदमा नीति तथा कार्यक्रम पेश गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले यसअघि नै बृहत नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने निर्णय गरेपछि उक्त कार्यक्रम २० गते पेश गर्न लागिएको संघीय संसद सचिवालयका एक कर्मचारीले बताए । संसदको बजेट अधिवेशन आउँदो १६ गतेबाट शुरू हुँदैछ । संविधानले जेठ १५ गते बजेट आउने दिन तोकेको छ । संघीय संसदको नियमावलीले भने त्यसको १५दिनअघि ‘प्रि–बजेट’ छलफल शुरू हुनुपर्ने व्यवस्था… पुरा पढौ

तनहुँ जलविद्युत आयोजनाकोे पुनः टेण्डर आह्वान

तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाकोे बाँध लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि पुनः टेण्डर आह्वान गरेको छ। पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले बिहीबार पुनः अन्तर्राष्ट्रिय टेण्डर आह्वान गरेको हो। बोलपत्र पेस गर्ने अन्तिम दिन २६ जेठ तोकिएको छ। निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने २ वटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नुपर्नेछ।… पुरा पढौ

नेकपा नेतृत्वको सरकार बनेपछि शान्ति सुरक्षामा सुधार आयो

गृहमन्त्री रामबहादुर थापाले नेकपा नेतृत्वको सरकार बनेपछि शान्ति सुरक्षामा सुधार आएको दाबी गरेका छन्। विहीबार विराटनगरमा प्रदेश १ स्तरिय सुरक्षा गोष्ठीमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री थापाले नेकपाको सरकार बनेपछि शान्ति सुरक्षाको अवस्थामा सुधार आएको दाबी गरेका हुन्। थापाले एक वर्ष पहिलेको तुलनामा देशको शान्ति सुरक्षाको अवस्था सुधार हुँदा अपराधिक घटनामा पनि कमी आएको बताए। थापाले सरकारले अपाराधिक क्रियाकलाप नियन्त्रणमा अबलम्बन गरेका विभिन्न रणनीति र कार्यक्रमहरू प्रभावकारी भएको बताए। कार्यक्रममा प्रदेश… पुरा पढौ

भुकम्प: सनाखत नभएका ३१ जनाको शव अझै फरेन्सिक विभाग परिसरमै

०७२ सालमा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा.प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवै शव देखे। अनगिन्ति शवको पहिचान कसरी गर्ने रु यो चिन्तासँगै सनाखत गरी आफन्तलाई कसरी बुझाउने पोस्टमार्टम गर्ने चिकित्सकलाई चुनौती भयो। भूकम्पमा ज्यान गुमाउनेको संख्या बढ्दा शव पनि थपिँदै गएका थिए। कतिपय शव टुक्रा टुक्रा भएका थिए। ‘शव सुरक्षित राख्न पर्याप्त फ्रिज थिएनन्, बत्ती थिएन, बरफ पनि पाइएन’, उनले भने, ‘त्यस्तो अवस्थामा शव कुहिएर गन्हाउन… पुरा पढौ

जनताले १ आना जग्गा कर नतिरी बेच्न मिल्दैन, एनसेल कसरी बेचियो ?

Ncell को सिम स्थगनवाला सामाजिक सञ्जाल सुरू गरिएको अभियान भावनात्मक रूपमा राम्रो हो । तर यो अभियान केका विरूद्घ हो ? कर नतिरेको उसको हरकतका विरूद्ध हो भने कर नतिरी अघि बढ्न दिने काम त आजको सरकार र प्रमुख प्रतिपक्षमा रहेका पार्टीहरूले गरेका हुन्। जनताले एक आना जमिन पनि कर नतिरी अर्कोलाई बेच्न मिल्दैन, तब कर नै नतिरी Ncell को आजको axiata कम्पनीलाई पुरानो कम्पनीले कसरी बेचेर गयो? विषय सिधा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं