Ncell को सिम स्थगनवाला सामाजिक सञ्जाल सुरू गरिएको अभियान भावनात्मक रूपमा राम्रो हो । तर यो अभियान केका विरूद्घ हो ? कर नतिरेको उसको हरकतका विरूद्ध हो भने कर नतिरी अघि बढ्न दिने काम त आजको सरकार र प्रमुख प्रतिपक्षमा रहेका पार्टीहरूले गरेका हुन्।

जनताले एक आना जमिन पनि कर नतिरी अर्कोलाई बेच्न मिल्दैन, तब कर नै नतिरी Ncell को आजको axiata कम्पनीलाई पुरानो कम्पनीले कसरी बेचेर गयो? विषय सिधा छ – यी पार्टीले त्यस्तो अपराध गर्ने वातावरण बनाए। तब कर नतिरी कम्पनी बेचविखन गराउॅनेहरूविरूद्ध मौन रहेर ‘कर तिर’ को अभियान सार्थक हुन्छ ? यसै पनि कर असुल गर्ने काम सरकारको हो,ऊ किन अघि सर्दैन त? किन किन किन?
अदालत …मुद्दा …आदि भनेको त अपराधहरू छल्दै जाने, विषय लम्बाउॅदै जाने पुँजीवादी व्यवस्थाको पुरानो चलन हो।
अदालत …मुद्दा …आदि भनेको त अपराधहरू छल्दै जाने, विषय लम्बाउॅदै जाने पुँजीवादी व्यवस्थाको पुरानो चलन हो। लौ मानौं , बहुराष्ट्रिय कम्पनी Ncell ले अतिरिक्त ज्ञानी भएर नेपालका सन्दर्भमा कर तिरिहाल्यो रे,तब के गज्जब भैहाल्छ त? बहुराष्ट्रिय कम्पनीवाला आजको साम्राज्यवादले कर तिरेपछि त्यो राष्ट्रिय र प्रगतिशील हुने हो ? यो त ठूलो विभ्रम हुने भयो।
अर्को कुरा जनताको सामान्य असन्तुष्टिबाट धराशायी हुने गरी बहुराष्ट्रिय कम्पनी उत्पीडित देशमा प्रवेश नै गर्दैन, ऊसले सबै हिसावकिताव गरेरै मात्र काम सुरू गर्दछ । नेपाल सरकारको केही लगानी रहेको ntc लाई खुम्चाउॅने योजना र शर्तको प्रष्ट संभावना र शासकहरूको नीतिगत कवुलबिना Ncell जस्ता कम्पनी आउन सम्भव नै हुॅदैन। त्यसैले त आज देशका खास खास क्षेत्रमा Ncell को मात्र नेटवर्क टिप्छ। अब त्यहाॅका जनताले सिम बहिस्कार कसरी गर्न सक्छन्? तसर्थ, समस्या देशको सत्ताधारी वर्ग, त्यसको दलाल सत्ता र सरकारमा छ।
युवा पुस्ताले त्यसको जरोकिलो पो खोज्नुपर्ने हो। विरोध खराब विषयको जरोकिलोविरूद्ध पो संकलन गर्न सुरू गर्नुपर्ने हो। अझ युवाहरूले आजको विश्व साम्राज्यवादका विरूद्ध पो सोच्न र अभियान थाल्नुपर्ने हो। जरालाई छाडेर पात झार्न थाल्नु भनेको त रूखको आयु थप्दै जानु पो हुन्छ। ल है युवाको दुनियाँ हो,मन लाग्या गर्नुहोस्…….!





