सरकारले वैशाख २० गते संसदमा नीति तथा कार्यक्रम पेश गर्ने भएको छ ।
मन्त्रिपरिषद् बैठकले यसअघि नै बृहत नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने निर्णय गरेपछि उक्त कार्यक्रम २० गते पेश गर्न लागिएको संघीय संसद सचिवालयका एक कर्मचारीले बताए ।
संसदको बजेट अधिवेशन आउँदो १६ गतेबाट शुरू हुँदैछ । संविधानले जेठ १५ गते बजेट आउने दिन तोकेको छ । संघीय संसदको नियमावलीले भने त्यसको १५दिनअघि ‘प्रि–बजेट’ छलफल शुरू हुनुपर्ने व्यवस्था छ ।
‘प्रि–बजेट’ छलफलमा सांसदले बजेटका सैद्धान्तिक विषय र सरकारका प्राथमिकतामाथि धारण राख्न पाउँछन् ।






