Featured News

दार्चुला घटनामा एसएसबीको संलग्नता

दार्चुलाको घटना छानबिन गर्न गठित समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । घटनामा संलग्न एसएसबीमाथि अनुसन्धान गरी दोषिमाथि कारबाही र उचित क्षतिपूर्तिका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न समितिले सुझाव दिएको छ । समितिले धामीको आश्रित परिवारलाई सरकारका तर्फबाट पालन पोषण र शिक्षा दिक्षाको व्यवस्थापन गर्न सिफारिससमेत गरेको छ । २०७८ साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामी… पुरा पढौ

सुदूरपश्चिममा एकीकृत समाजवादीमा १०, एमालेमा १५ सांसद

सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १० जनाले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन् । नेकपा एमालेकोतर्फबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा सुदूरपश्चिम प्रदेश निर्वाचन आयोगको कार्यालय धनगढीमा उपस्थित भएर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । सनाखत गर्नेहरुमा हाल मन्त्री रहेकाहरु पूर्णा जोशी, लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्व मन्त्री माया भट्ट, सांसदहरु सुशिला बुढाथोकी, कूलवीर… पुरा पढौ

पूर्व ऊर्जा राज्यमन्त्री शर्मा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा (भिडियोसहित)

बागलुङमा नेकपा एमाले स्थापक मध्यका एक  रामजी प्रसाद शर्मा नेकपा एकीकृत समाजवादीमा खुलेका छन् ।  पूर्व ऊर्जा राज्यमन्त्री समेत रहेका शर्मा एमाले विभाजन भएपछि माधवकुमार नेपालले स्थापना गरेको नेकपा एकीकृत समाजवादीमा लागेको बताएका हुन् । एमाले अध्यक्ष केपी ओलीको व्यक्तिवादी चरित्र विरुद पार्टीमा हाबी भएको कारण एमाले विभाजन भएको टिप्पणी गरेका छन् । ओलीले संसद् विघटन गरे देखी ओलीको प्रवृत्ति मन नपरेको र एमाले छाडेर समाजवादीमा आएको बताए ।दक्षिणपन्थीको इसारामा गुटको… पुरा पढौ

राजनीतिमा उरन्ठेउला बिचौलिया

झगडीया दुबै पक्षको बिचमा बसेर आफ्नो स्वार्थ वा लाभको लागि चल-खेल गरी दुबै पक्ष  मिलाईदिन्छु भनी बिचमा लेनदेन गर्ने व्यक्ती बिचौलिया हुन। चलन चल्तिको भाषामा यीनिहरुलाई "दलाल वा दले" भनिन्छ। नेपाली बृहत शब्दकोश अनुसार कुनै बस्तु किनबेच गर्दा किन्ने र बेच्नेको बिचमा कुरा मिलाई नाफा खाने व्यक्ती दलाल हो।  बिचौलिया वा दलालको काम दुबै पक्षसँग साख्य बनी उनिहरुको हित र कल्याण हुने गरी कुरो मिलाउदछु भनी चोचो-मोचो मिलाउने, एक पक्ष… पुरा पढौ

माओवादी कास्की इन्चार्जमा करण, महानगर इन्चार्जमा रुपक

नेकपा माओवादी केन्द्रले सांगठनिक जिम्मेवारी टुंगो लगाएको छ । सोमबार र मंगलबार काठमाडौंमा बसेको स्थायी कमिटी बैठकबाट देशभरको र प्रवासको समेत संगठनात्मक जिम्मेवारीको टुंगो लगाएको हो। माओवादीले कास्की इन्चार्जमा राजकाजी गुरुङ करण र पोखरा महानगर इन्चार्जमा दीपक कोइराला रुपकलाई जिम्मेवारी दिएको छ । करण साबिक नेकपा हुँदा पनि जिल्ला इन्चार्ज नै थिए । रुपक गण्डकी प्रदेशसभा सदस्यसमेत हुन् । बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँट समेत गरेको छ । प्रदेश १ मा… पुरा पढौ

अवसरमा चर्का कुरा गर्ने, समस्यामा नेतृत्वलाई छाड्ने ?

प्रिय हिजो माधव नेपाल पक्षका भनिएका स्थायी कमिटिका कमरेडहरु, हार्दिक अभिवादन ! पछिल्लो समय जव नेकपा एमालेको आन्तरिक जीवनमा विचारका, दर्शनका अवाजहरु उठ्थे सबैभन्दा अग्रपङ्तीमा तपाईहरुलाई सुन्न नेता कार्यकर्ताहरु बढी भरोसाका साथ तयार हुन्थे, प्रतीक्षा गर्थे। माक्शवादका, प्रगतिशील समाजवादका, अग्रगामी परिवर्तनका पक्षमा खरो उभ्याउदै यथास्थितिवादका, अधिनायकवादका, प्रतिगमनका विरुद्धमा तपाईहरुका धारणाले अबको वैचारिक नेतृतव तपाईहरुले नै गर्नेमा ठूलो तप्कामा विश्वास थियो । निसन्देह धेरै कार्यकर्ता नेकपा एमाले एकीकरणकाे पक्षमा थिए र… पुरा पढौ

एमालेको विधान महाधिवेशन र राष्ट्रिय सम्मेलन तय

औपचारिक रुपमा विभाजन भएको नेकपा एमालेको विभाजन रोक्न एमालेको मंगलबार बसेको स्थायी कमिटी बैठकले आह्वान गरेको छ । एमालेलाई विभाजन गराएर माधवकुमार नेपालको अगुवाईमा नयाँ दल गठनका लागि बुधबार निर्वाचन आयोगमा सनाखत हुनुभन्दा अघिल्लो दिन एमालेले विभाजन रोकेर पार्टी एकतामा आउन आह्वान गरेको हो । तुलसिलाल स्मृत प्रतिष्ठानको भवन च्यासलमा मंगलबार बसेको बैठकले पार्टी विभाजन रोक्न आह्वान गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनका अनुसार दल विभाजन रोकेर पार्टीको… पुरा पढौ

गुट फेरेकी अष्टलक्ष्मीलाई पुरस्कार मुख्यमन्त्री

एमाले विभाजन भएपछि बाग्मती प्रदेशमा उलटपुलट भएको छ । यहाँ एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । यसअघि संसदीय दलको नेताको चुनावमा पौडेलसँग पराजित भएर नेपाल निकट शाक्य मुख्यमन्त्री हुन पाएकी थिइनन् । यसअघि संसदीय दलको नेताको चुनावमा पौडेलसँग पराजित भएर नेपाल निकट शाक्य मुख्यमन्त्री हुन पाएकी थिइनन् । प्रदेश प्रमुख विष्णु… पुरा पढौ

एमाले समाजवादीको केन्द्रीय समितिमा को को छन् ? (सूचीसहित)

नेकपा एमाले औपचारिकरुपमा विभाजित भएको छ। फुटेर बनेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ। माधवकुमार नेपालको नेतृत्वमा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। नेता नेपाल अध्यक्ष र वरिष्ठ नेता झलनाथ खनाल रहेको एमाले (समाजवादी)मा ९५ केन्द्रीय सदस्य रहेका छन्। जसमा नेकपा एमालेको निर्वाचन आयोगमा दर्ता भएको केन्द्रीय समितिका सदस्यमध्ये ५८ जना रहेका छन्। निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा… पुरा पढौ

नेपाल समूहको नयाँ पार्टीको नाम के होला ?

एमाले औपचारिक रूपमा विभाजनको संघारमा पुगेको छ । दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएलगत्तै नयाँ दल दर्ता गर्ने नेपाल समूहको तयारी छ । पाँच महिना लामो एकता प्रयास असफल भएपछि एमाले विभाजन हुन लागेको हो । नेपालसहित १४ सांसदलाई कारबाही गरेर संस्थापनले पनि विभाजनलाई बल पुर्याएको छ । नेपाल समूहका नेता विरोध खतिवडाले अध्यादेश जारी हुने बेलासम्म एकतामा प्रगति नभए दल दर्ताका लागि निर्वाचन आयोग जाने जानकारी दिए । निर्वाचन आयोगमा एमालेमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं