एमाले विभाजन भएपछि बाग्मती प्रदेशमा उलटपुलट भएको छ । यहाँ एकल बहुमत भएको नेकपा एमालेले मुख्यमन्त्री हेरफेर गर्ने भएको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिने र अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । यसअघि संसदीय दलको नेताको चुनावमा पौडेलसँग पराजित भएर नेपाल निकट शाक्य मुख्यमन्त्री हुन पाएकी थिइनन् ।
यसअघि संसदीय दलको नेताको चुनावमा पौडेलसँग पराजित भएर नेपाल निकट शाक्य मुख्यमन्त्री हुन पाएकी थिइनन् ।
प्रदेश प्रमुख विष्णु प्रसाईं झापाबाट फर्किए लगतै मुख्यमन्त्री पौडेलले राजीनामा दिने बताइएको छ । बुधबार नै पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएर शाक्य नेता चुनिइसकेकी छन् ।
११० सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद छन् ।




