अवसरमा चर्का कुरा गर्ने, समस्यामा नेतृत्वलाई छाड्ने ?

प्रिय हिजो माधव नेपाल पक्षका भनिएका स्थायी कमिटिका कमरेडहरु, हार्दिक अभिवादन !

पछिल्लो समय जव नेकपा एमालेको आन्तरिक जीवनमा विचारका, दर्शनका अवाजहरु उठ्थे सबैभन्दा अग्रपङ्तीमा तपाईहरुलाई सुन्न नेता कार्यकर्ताहरु बढी भरोसाका साथ तयार हुन्थे, प्रतीक्षा गर्थे। माक्शवादका, प्रगतिशील समाजवादका, अग्रगामी परिवर्तनका पक्षमा खरो उभ्याउदै यथास्थितिवादका, अधिनायकवादका, प्रतिगमनका विरुद्धमा तपाईहरुका धारणाले अबको वैचारिक नेतृतव तपाईहरुले नै गर्नेमा ठूलो तप्कामा विश्वास थियो ।

निसन्देह धेरै कार्यकर्ता नेकपा एमाले एकीकरणकाे पक्षमा थिए र छन्। तर तपाईहरुले बालकोटमा तपाईहरुले हिजो उद्घघोष गर्नुभएका साईवर स्यालहरुका बालाई भेटेपछि, तुल्लीलाल प्रतिष्ठानमा बैठक बसेर, सामूहिक तस्विर खिचाउदासम्म निम्न प्रश्नहरुको निराकरण कसरी भएको छ ?

१. हिजो आरोप लगायौ, असिमित शक्ति आर्जनको आकाङ्क्षासहित जननिर्वाचित प्रतिनिधिसभा २/२ पटक विघटन गर्नेदेखि करिब दर्जनभन्दा बढी असंवैधानिक कदमहरु जुन तपाई हाम्रो भाषामा प्रतिगामी थियो, पछि विभिन्न दवावपश्चात् अदालतबाट खारेज गरिए तिनको विषयमा समीक्षा भएको हो ? यस्मा कमरेड ओलीले आफू सच्चिने प्रतिवद्धता जाहेर गर्नु भो या तपाईहरुले नै गल्ति स्वीकार गरेर आफैलाई सच्चाउनु भएको हो ?

२. निक्कै सहजताका साथ मिल्न सकिदो रहेछ त करिब २ तिहाइ भताभुङ्ग हुने गरी, देशैभर दुई मनोविज्ञानमा नेता कार्यकर्ता बाँडिने गरी, पार्टी टुक्रिने गरी पौष ५ देखि अहिलेसम्म किन यति चर्को गतिविधि साथ शीर्ष नेताहरुलाई काँध थाप्नु भो ? ८ महिनापछि मिल्न पर्छ भन्ने अल्प चेत समेत तपाईहरुमा नदेखे पश्चात् भोिल दुरदृष्टि लिएर तपाईहरुले पार्टीलाई गन्तव्यमा पु्र्याउनुहुनेछ भन्नेमा हामीले कसरी विश्वास गर्ने ?

३. तपाईहरुले कमरेड ओलीका विरुद्धमा संसदमा अनुपस्थित हुनु भो, शेरबहादुरका पक्षमा मत जाहेर गर्नु भो, रिट लिएर अदालतको ढोका ढकढक्याउनु भो । आज अदालतले केपी कमरेडलाई वालुवाटारबाट बालकोट पुर्याईदिएको छ, के यी सब खाली जेष्ठ २ मा पार्टी संरचना पुराउनुका निम्ति थियो ? अब यो सरकार परमादेशबाट बनेको कि जनादेशबाट ? आफ्नै सरकार ढाल्ने लाल गद्दार करार गर्नेहरुलाई कसरी फेस गर्नुहुन्छ ?

४. निकट विगतमा कमरेड झलनाथ खनाल, माधव नेपाल जस्ता नेताहरु बहेकको एमाले बनाउने मूर्ख कल्पना गर्नेहरु, अहं, घमण्ड र प्रतिसोधबट माथि नउठ्नेहरु, यथार्थताको धरातलमा ओर्लिएर सबैको ईतिहास, अस्तित्व र भूमिकालाई स्वीकार गर्न, मान सम्मान गर्न, साच्चिकै एकतावद्ध पार्टी निर्माण गरी अगाडी बढ्ने वातावरण तयार भएर तपाईहरु राजी हुनुभएको हो ?

८ महिनापछि मिल्न पर्छ भन्ने अल्प चेतसमेत तपाईहरुमा नदेखेपश्चात् भोलि दुरदृष्टि लिएर तपाईहरुले पार्टीलाई गन्तव्यमा पुराई छाड्नुहुन्छ भन्नेमा हामीले कसरी विश्वास गर्ने ?

५. तपाईहरुको आव्हानमा केही दिनमा देशभर समानान्तर कमिटिहरु बने, जीवनभर कमाएको राजनैतिक प्रतिष्ठा दाउमा राखेर गतिविधिहरु भए, कति स्थानमा फ्लोर क्रस भए, आन्दोलनमा होमिए, घाईते भए, आज कयौ स्थानमा उनिहरु कथित संस्थापन भनिएकाहरुको नजरमा पार्टी विरोधी, आन्दोलन बिरोधी करार भएका छन्, यिनका भविश्यका बारेमा १० बुदेको कुन बुदाँमा उल्लेख भएका छ ? तपाईहरु पूर्ववत भूमिकामा क्रियाशील हुँदा यिनका बारेमा सोच्नु आवश्यक छ कि छैन ?

६. अब नेकपा एमालेमा तपाईहरुकै नेतृत्वमा केपी प्रवित्तिको जमेर विरोध गर्ने नैतिक धरातल बनाउन सक्नु होला कि अब गुटहरु सक्किए, पार्टीमा दुईलाईन संघर्ष आवश्यक छैन, हामी सबै कमरेड ओलीको नेत्रित्वमा समाहित भयौ भन्ने निश्कर्षमा हो ?

७. पार्टी एक बनाउने कुरा विचार कम भावनात्मक बढी हो ? राजनीति केवल सांसद जित्न र विभिन्न आवाधिक निर्वाचन जित्नका लागि हो ? सबै विषय थाती राखेर भए पनि मिल्नै पर्छ नत्र सकिन्छौ भनेको के हो ? यो वुर्जुवा संसदवादी चिन्तन हो कि वर्तमान आवश्यकता ?

८. अवसरमा असाध्यै चर्को कुरा गर्ने तर समस्यमा नेतृत्व बीच बटोमा अलपत्र छाडेर हिड्ने तपाईंहरु भन्दा जस्तो सुकै कठिन वेलामा पनि कमरेड ओलीका साथमा सतिसाल भइर्उ भिने तपाईहरुको भाषामा अतिवादी कमरेडहरु नै बढी ईमान्दार र प्रतिवद्ध देखियो नि हैन ?

९. नेकपा एमाले वैचारिक तथा संगठनिक एकता गराउने ल्याकत तपाईहरुले देखाउनु हुन्छ भन्ने ठूलो आशा विस्तारै निरासामा परिणत हुदैछ। जति कमरेड केपी महत्वपूर्ण हो, सम्मान योग्य हो उत्ति नै हो कमरेड जेएन र माधवहरु पनि। त्यसैले उहाँहरुसहितको एकता हिजो सम्भव थियो, आज भताभुङ्ग भएको छ, यस्मा माधव पक्षका भनिएका तपाईहरु उत्तिकै जिम्मेवार हुनुहुन्छ।

१०. तपाईहरु अध्यक्ष कमरेड ओलीलाई सहमत गराई, माधव, झलनाथ विना नै नेकपा एमालेको पूवर्वत जिम्मेवारीमा आसिन हुन सफल हुनुभएकोमा हार्दिक बधाई अनि शुभकामना छ !!