शिक्षा

अब विषय अनुसारको टिचिङ लाइसेन्स

शिक्षक सेवा आयोगले अबदेखि शिक्षकका लागि विषयगत अध्यापन अनुमतिपत्र दिने भएको छ । आयोगले अब लिइने अध्यापन अनुमतिपत्रको परीक्षा विषयगतरुपमा लिने भएको छ । शिक्षकलाई विषयमा विशिष्टीकरण ल्याउनका लागि अबदेखि विषयगतरुपमा अध्यापन अनुमतिपत्र वितरण गर्ने आयोगका सूचना अधिकारी रामराज खकुरेलले बताए । विषयगत अध्यापन अनुमतिपत्रका लागि आयोगले पाठ्यक्रम पठाउन थालेको छ । “ आयोगले खुलाएको विज्ञापनमा पहिले सबै विषयका लागि एउटै अध्यापन अनुमतिपत्रले प्रतिस्पर्धा गर्ने गरेका थिए”, उनले भने, “अबदेखि… पुरा पढौ

पोखरा १ का सबै बालबालिका स्कुलमा

आधारभूत तहसम्मको शिक्षा अनिवार्य गर्ने व्यवस्थाअन्र्तगत पोखरा १ मा सबै विद्यार्थी विद्यालय भर्ना भएको सुनिश्चित गरिएको छ । पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार पोखरा १ मा सबै विद्यार्थी विद्यालय भर्ना भएको घोषणा गरेकी हुन् । विद्यालय बाहिरका३ जनालाई विद्यालयमा भर्ना गरी विद्यालय प्रवेश गराएसँंगै सुनिश्चित वडा घोषणा गरिएको हो । सो अवसरमा उपप्रमुख गुरुङले घोषणाभन्दा त्यसको निरन्तरता महत्वपूर्ण भएको बताइन् । उनले भर्ना गरिएका विद्यार्थीलाई विद्यालयमा टिकाउन बालमैत्री शिक्षाको… पुरा पढौ

प्राध्यापक संघ विन्दुवासिनीमा अम्बिका

नेपाल प्राध्यापक संघ विन्दुवासिनी संस्कृत विद्यापीठ पोखरा, इकाइ सभापतिमा अम्बिकाप्रसाद भट्टराई निर्विरोध भएका छन् । संघको बुधबार भएको अधिवेशनबाट उपसभापतिमा श्यामप्रसाद पौडेल, सचिवमा डा काशीनाथ कँडेल, सहसचिवमा डा भोलानाथ रेग्मी, कोषाध्यक्षमा रविभक्त बराल एवम् सदस्यद्वयमा रविभक्त बराल र भानुभक्त आचार्य चुनिएका हुन् । अधिवेशनले नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका लागि डा. भोलानाथ रेग्मी र आनन्दमणि रिजाललाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ । निर्वाचित पदाधिकारीलाई निर्वाचन संयोजक राधाकृष्ण गैरेले पद तथा… पुरा पढौ

भिडाबारीका विद्यार्थीलाई लायन्स पोखरा नर्थको न्यानो

लाएन्स क्लब अफ पोखरा नर्थले माछापुच्छ्रे २भेडाबारी रहेको हिमालयन तीन शीर प्राविमा ३५ विद्यार्थीलाई न्यानो सुइटर वितरण गरेको छ। कार्यक्रममा सभापति क्लबका अध्यक्ष एवम् समाजसेवी बिनोद त्रिपाठीले, "विपन्न वर्गका लागि हामी र हाम्रो क्लब सदैब सहयोग का लागि तयार छ रहेको बताए।" कार्यक्रममा प्रमुख अतिथी जोन चिएर प्रसन केदार ढकालले "सामाजिक कार्य मा लाइन्स सदैब तयार रहने बताए।"न्यानो सुइटर पाएपछि विद्यार्थी खुसी भएर रमाउँदै आयोजकलाई धन्यवाद ज्ञापन गरे। विद्यालयका प्रधानध्यापकले… पुरा पढौ

नाफा केन्द्रीत बोर्डिङ स्कुल नराखिने

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षामा विद्यमान व्यापारीकरण रोक्न भविष्यमा सेवामूलक निजी विद्यालय मात्रै रहने गरी मस्यौदा प्रतिवेदन तयार गरेको छ । अहिले कम्पनीमा दर्ता भएका निजी (संस्थागत) विद्यालयलाई सहकारी, सेवामूलक निजी तथा सामाजिक गुठीमा दर्ता हुन प्रोत्साहित गर्दै भविष्यमा सेवामूलक निजी विद्यालयल मात्रै रहने प्रबन्ध हुनुपर्ने आयोगको सुझाव छ । नेपालको संविधानले शिक्षालाई मौलिक हकमा समावेश गरी माध्यमिक तहसम्म निःशुल्क शिक्षाको प्रबन्ध गरेको सन्दर्भमा समाजवादउन्मुख राज्य प्रणालीको चरित्रअनुकूल तुल्याउन आयोगले… पुरा पढौ

कक्षा १ का विद्यार्थीलाई मोतियाबिन्दु

१० वर्षे बालकको आँखामा मोतियाविन्दु भेटिएको छ । कालिका मावि रामबजारमा कक्षा १ मा अध्ययनरत विद्यार्थी विजय राईदासको देब्रे आँखामा मोतियाविन्दु भेटिएको हो । लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीले बुधबार विद्यालयमा आयोजनामा गरेको आँखा जाँच कार्यक्रममा जचाउँदा विजयको देब्रे आँखा मोतियाबिन्दु कारण केही पनि देख्न नसक्ने अवस्था रहेको पत्ता लागेको कार्यक्रम संयोजक डिआर पोखरेलले जनाए । विद्यालयका ९ सय ६१ जनाको आँखा जाँच गरिएकोमा ५६ जना आँखाका बिरामी भेट्टिए… पुरा पढौ

दृष्टिविहीनलाई सजिलो हुने शिक्षा माग

नेत्रहीन युवाले समग्र दृष्टिविहीनको शिक्षामा  पहुँच पुर्‍याउन दृष्टिविहीन शिक्षा प्रणाली विकास गर्न माग गरेका छन् । उनीहरुले अपांगता शिक्षा प्रवद्र्धन समन्वय इकाइको व्यवस्था गर्न समेत माग गरेका छन् । नेत्रहीन युवा संघ नेपालले मंगलबार आयोजना गरेको दृष्टिविहीन मैत्री शिक्षा प्रणाली विकासका लागि स्थानीय तहले सम्बोधन गर्नुपर्ने सवाल विषयक छलफलमा संघका अध्यक्ष कलाधर भण्डारीले अपांगको विविधता र अवस्थाका आधारमा पाठ्यक्रम, प्रश्नपत्र र परीक्षाकेन्द्रको व्यवस्थापन गर्नुपर्ने बताए । ‘अपांगको अवस्था र सक्षमताको… पुरा पढौ

साहित्यबाट शैक्षिक अनियमितता सुधार्न माग

कक्षा ११ को विज्ञान समूहको उत्तरपुस्तिका परीक्षणा भएको अनियमितताका बिरुद्धमा भएको संयुक्त रिले अनशन स्थलमा अखिल क्रान्तिकारी कास्कीले प्रगतिशील वाङ्मय प्रतिष्ठानसँग सहकार्य गरी रचना वाचन आयोजना गरेको छ । अखिल क्रान्तिकारी कास्की अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सुजन आचार्य, दीपक मगर, प्रञ्जल, श्रीराम अधिकारी, समुद्र अधिकारी, सुवास पौडेल, शंकर आचार्य, रवि क्षेत्री, विकास गौतम, सन्तोष न्यौपाने, शरण विकलगायतले रचना सुनाएका थिए । कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय सचिव प्रविणा अधिकारी,… पुरा पढौ

इन्जिनियर एसोसियसनको समितिलाई बधाई

नेपाल इन्जिनियर्स एसोसियसन गण्डकी प्रदेशको नयाँ समितिलाई प्रगतिशील ईन्जिनियर एसोसियसन नेपाल (पिन) निर्वाचन परिचालन कमिटीले बधाई दिएको छ । आइतबार आयोजित समारोहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले पेसागत जिम्मेवारी र जवाफदेही बन्न आग्रह गरे । उनले २ कम्युनिस्ट पार्टीको एकता यो विजयको मुख्य कारण भएकाले सोही यथार्थलाई मनन गरी कार्य गर्न निर्देशन दिए । नेकपा गण्डकी प्रदेशका सचिव गोविन्द नेपालील योजना बनाएर व्यवस्थित ढंगले काम… पुरा पढौ

ड्राइभिङ सिकाउने विश्व विद्यालय आवश्यक

गण्डकी प्रदेसमा सदस्य प्रभा कोइरालाले सवारी चलाउन सिकाउन ड्राइभिङ विश्वविद्यालय आवश्यक भएको बताएकी छन् । पोखरामा शनिबार ड्राइभिङ स्कुल संघ स्कुल संघ, गण्डकीले आयोजना गरेको स्वास्थ्य शिविरमा यस्तो हुन् । सवारी दुर्घटना न्यूनीकरणको उपाय गुणस्तरीय सवारी शिक्षा भएको उनले उल्लेख गरिन् । अब स्कुलका पाठ्यक्रममा पनि ड्राइभिङ शिक्षा आवश्यक भएको उनले धारणा राखिन् । यातायात व्यवस्था कार्यालय गण्डकी, सवारी चालक अनुमतिपत्र कार्यालयका निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलले अहिले लाइसेन्स… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं