पोखरा १ का सबै बालबालिका स्कुलमा

आधारभूत तहसम्मको शिक्षा अनिवार्य गर्ने व्यवस्थाअन्र्तगत पोखरा १ मा सबै विद्यार्थी विद्यालय भर्ना भएको सुनिश्चित गरिएको छ । पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार पोखरा १ मा सबै विद्यार्थी विद्यालय भर्ना भएको घोषणा गरेकी हुन् ।


विद्यालय बाहिरका३ जनालाई विद्यालयमा भर्ना गरी विद्यालय प्रवेश गराएसँंगै सुनिश्चित वडा घोषणा गरिएको हो । सो अवसरमा उपप्रमुख गुरुङले घोषणाभन्दा त्यसको निरन्तरता महत्वपूर्ण भएको बताइन् । उनले भर्ना गरिएका विद्यार्थीलाई विद्यालयमा टिकाउन बालमैत्री शिक्षाको व्यवस्था हुनुपर्ने बताइन् ।


पोखरा १ का अध्यक्ष शारदाकुमारी पराजुलीले विद्यालयमा बालबालिका आउनु ठूलो नभए पनि उनीहरुलाई निरन्तर कक्षामा आउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिइन् । विद्यालय निरीक्षक विश्वराज आचार्यले १ नम्बर वडाभित्रका ३ सरकारी विद्यालयमा २० हजार ४ सय १७ र र १० निजी विद्यालयमा ४ हजार ३ सय ५ जना विद्यार्थी अध्ययनरत भएको जानकारी दिए ।


पोखरा १ का अध्यक्ष शारदाकुमारी पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा वडा नम्बर १ का प्रतिनिधि दामोदर शर्मा रिमाल, नेपाली कांग्रेसका वडा सभापति टंकनाथ पौडेल, वडा सदस्य रुद्रपसाद सुवेदी, राष्ट्रिय उच्च माविका प्रधानाध्यापक वेदप्रसाद वस्ती, वडा शिक्षा समिति सदस्य राञ्जुकुमारी गुरुङ लगायतले बोलेका थिए ।