शिक्षा

वर्षमा ९ दिनमात्र बिदा हुने नमुना स्कुल

बलेवा अधिकांश सामुदायिक विद्यालयका शिक्षक विद्यार्थीले भित्तेपात्रोमा रातो मसीले लेखिएको दिन कुरिरहेका हुन्छन् । घरमा साँचिएका काम गर्न र साथीभाइसँग रमाइलो गर्न भित्तेपात्रोमा रातो मसीले लेखिएको मितिले शिक्षक विद्यार्थीलाई सहयोग गर्छ । आफन्त भेट्न, घुम्न र अरु व्यक्तिगत कामको लागि सघाउने रातो मसिले लेखिएको भित्तेपात्रोको मितिले बागलुङको एक विद्यालयका शिक्षक विद्यार्थीलाई भने चिनेको छैन । सरकारले दिएको सार्वजनिक बिदा मात्रै होइन, विद्यालयले लिन पाउने स्थानीय बिदासमेत शिक्षक विद्यार्थीले लिन पाउँदैनन्… पुरा पढौ

पार्दीका विद्यार्थीलाई प्रगतिको न्यानो

पार्दी मावीका विद्यार्थीलाइ प्रगति दिदिबहिनी समुहले न्यानो कपडा वितरण गरिएको छ । लक्षित बर्गका ३० जना विद्यार्थीलाइ शुक्रबार सुइटर र टाेपी वितरण गरिएको हाे । वडा नं १७ का वडाअध्यक्ष तिर्थराज अधिकारीले दिदीबहिनीले अाफै अाफै पैसा उठाएर प्रशंसनीय कार्य गरेकाे भन्दै सबैले यस्ताे साेच बनाएर सहयोग गर्ने भने काेही पनि समस्यामा नपर्ने वताए । अधिकारीले बाकी ३० जना लक्षित वर्गलाई वडा तथा रेडक्रस मार्फत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।… पुरा पढौ

माघ ८ देखि मावि स्तरीय भलिबल

पोखरामा माघ ८ देखि १२ गतेसम्म सामुदायिक मावि स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौर पोखराले संयुक्त रुपमा कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता आयोजना गर्न लागेको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजित प्रतियोगिताको तयारी शुरु गरिएको विहीबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराइयो । स्कुल स्कुलमा भलिवल खेल पु¥याउने लक्ष्यसहित आयोजना हुने… पुरा पढौ

दृष्टिविहिन विद्यार्थीलाई स्पेनका नेपालीको सहयोग

कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषद् नेपाल शाखाको संयोजनमा कास्की समाज स्पेनद्वारा दृष्टिविहिन विद्यार्थीलाई ब्रेल लिपिको कम्प्यटर हस्तान्तर गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १० स्थित कुँडहर आधारभूत विद्यालय दृष्टिविहिन शाखाका विद्यार्थीलाई ब्रेललिपिको कम्प्युटर, शैक्षिक सामाग्री, खाजा, न्यानो कपडा र नगद रकमसहितको सहयोग उपलब्ध गराइएको थियो । कास्की समाज स्पेनका सल्लाहकार जीवनजङ राणा र सदस्य शान्ता राणाले स्वदेशमा आएको बेला भविष्यका कर्णधारहरूले सेवा सुविधाबाट वञ्चित हुन नपरोस् भन्ने मनसायले सानो… पुरा पढौ

छोरेपाटन मावि ४१ वर्षमा

छोरेपाटन माविको ४० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ । कार्यक्रममा पोखरा महानगरका मेयर मानबहादुर जिसीले कुनै पनि बालबालिका विद्यालयबाट बञ्चित हुनु नहुने बताए । जिसीलेसामुदायिक विद्यालयको आन्तरिक स्रोतको समूचित वितरणमा ध्यान दिँदै एउटै वडाका विद्यालयबीचको शैक्षिक गुणस्तर फरक हुनमा आन्तरिक स्रोतको महत्वपूर्ण भूमिका रहने बताए । ‘उत्तरदायित्व र जवाफदेहिता सहितको पूर्ण तार्किक शिक्षा’ नाराका साथ भएको अभिभावक दिवसमा प्रधानाध्यापक लक्ष्मण थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २०२१ सालमा तासिलिङको… पुरा पढौ

नातिसगैँ हजुरआमा पनि स्कुल

‘मन भए लेखपढ गर्नलाई उमेरले छेक्दैन’ भन्ने उदाहरण बनेकी छिन् । आठराई गाउँपालिका–१, साविक सङ्क्रान्ति बजार–९, पुरानागाउँकी ४५ वर्षीया सानुमाया नेपाली । पढ्ने उमेरमा विद्यालय टेक्न समेत नपाएपछि सानुमाया अहिले पाँचवर्षे नातिसँगै विद्यालय जाने गरेकी छिन् । दुई वर्षअघि यहाँको पुरानो गाउँ आधारभूत विद्यालयमा भर्ना भएकी सानुमाया अहिले कक्षा–३ मा पढ्दै छिन् । नाति वसन्त कक्षा–१ मा पढ्छन् । उनले भनिन्, “पढ्ने उमेरमा पढ्न पाइन, कामै धेरै गर्नुपथ्र्यो, अहिले फुर्सद… पुरा पढौ

पहिलो पटक नेपालले आफ्नै भूउपग्रह प्रक्षेपण गर्दै

आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो ।  ‘बर्डस थ्री’ नामक भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकाल बताउछन् । सरकारले सहुलियत मूल्यमा तीन भूउपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि उक्त… पुरा पढौ

स्कुल चलाउन महायज्ञ

विद्यार्थी अभावका कारण आठ वर्षदेखि बन्द रहेको सामुदायिक विद्यालय सञ्चालनका लागि महायज्ञ सञ्चालन गरिएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिका–२ बगरफाँटस्थित शिद्धबाबा आधारभूत विद्यालय पुनः सञ्चालनमा ल्याउन महायज्ञ लगाइएको हो । गाउँका विद्यार्थी निजी विद्यालयमा भर्ना हुँदा तथा कतिपय सदरमुकाम झरेका कारण २०६८ देखि विद्यालय बन्द छ । विद्यालयको सर्वाङ्गीण विकास र गुणस्तरीय शिक्षा सहित कक्षा १ देखि १० सम्म पठनपाठन गर्ने उद्देश्यले महायज्ञ लगाइएको वडाध्यक्ष गोविन्द खत्रीले जानकारी दिए… पुरा पढौ

बंगलादेशका क्रिकेट खेलाडी बने सांसद

भर्खरै पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खान प्रधानमन्त्री बने । उनी प्रधानमन्त्री बनेसंगै खेल जगतका धेरै हस्तीहरुले खुसी व्यक्त गरेका थिए । यतिबेला बंगलादेशमा एक दिवसीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान मशरफे मुर्ताजा पनि सांसद बनेका छन् । हिजोमात्र सम्पन्न भएको चुनावमा उनी प्रधानमन्त्री शेख हसिना वाजेदको अवामी लिग दलबाट उठेका थिए । उनको जीतसंगै यतिबेला उनले बधाई थापिरहेका छन् । डिसेम्बर ९ मा वेस्ट इन्डिजविरूद्ध सुरू भएको तीन म्याचको एक दिवसीय… पुरा पढौ

अब विषय अनुसारको टिचिङ लाइसेन्स

शिक्षक सेवा आयोगले अबदेखि शिक्षकका लागि विषयगत अध्यापन अनुमतिपत्र दिने भएको छ । आयोगले अब लिइने अध्यापन अनुमतिपत्रको परीक्षा विषयगतरुपमा लिने भएको छ । शिक्षकलाई विषयमा विशिष्टीकरण ल्याउनका लागि अबदेखि विषयगतरुपमा अध्यापन अनुमतिपत्र वितरण गर्ने आयोगका सूचना अधिकारी रामराज खकुरेलले बताए । विषयगत अध्यापन अनुमतिपत्रका लागि आयोगले पाठ्यक्रम पठाउन थालेको छ । “ आयोगले खुलाएको विज्ञापनमा पहिले सबै विषयका लागि एउटै अध्यापन अनुमतिपत्रले प्रतिस्पर्धा गर्ने गरेका थिए”, उनले भने, “अबदेखि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं