विद्यार्थीले शिक्षकको हाजिरी गर्दै

 सामान्यतया शिक्षकले विद्यार्थीको हाजिर गर्छन् तर ताप्लेजङको सिरीजंघा गाउँपालिका वडा नं ८ याम्फुदिनको कंञ्चनजंघा माध्यमिक विद्यालयका कक्षा ९ मा अध्यानरत सविन राई भने उन्को कक्षा कोठामा पुग्दा धमाधम शिक्षको हाजिरी गर्दै थिए ।

राईले लग बुकमा शिक्षक कक्षाकोठामा प्रवेश गरेको समय, कक्षामा गरेका क्रियाकलाप, शिक्षक कक्षाबाट निस्किएको समय र शिक्षकलाई सुझाब लगायतका कुराहरु लेख्दै थिए ।

“हामी सरहरुको घण्टी नै पिच्छे यो लग बुकमा भछौँ ।” राईले भने “सर आउनुभएको समय देखि कक्षाकोठावाट बाहिर गएको समय सहित कक्षामा गरिएका क्रियाकलापहरु यस्मा लेख्ने गरेका छौँ ।,” यस्तो लकबुकमा शिक्षकहरुको विवरण भर्न थालेपछि शिक्षकहरु कक्षा कोठामा पुरा समय बस्ने गरेको कक्षा ८ मा अध्यानरत विद्यार्थी सोनाम फुटि भोटेको अनुभव छ । “पहिले पहिले त सरहरु कक्षामा आएर पाठ पढ भने जानुहुन्थ्यो ।,” सोनाम भन्छिन् “ अहिले त सरहरु पुरै समय कक्षामा बस्नुहुन्छ । अनि दिनहुँ आउनुहुन्छ ।,”

शिक्षा सुधारका लागि विद्यार्थीको मात्र नभएर शिक्षकको पनि विद्यार्थीबाटै मूल्याङ्कन गर्न यस्तो गरिएको विद्यालयका प्रधानाध्यापक अम्वरबहादुर राईले बताए ।

“बच्चाहरुलाई कक्षागत रुपमा लकवुक बनाएर दिएका छौँ । प्रत्येक विहान आएर लकबुक लान्छन् ।,” प्रअ राईले भने “उनिहरुले शिक्षकको हाजिर गर्नुपर्दा रमाउदै गर्छन् ।

त्यसलाई कक्षा शिक्षक र म (प्रधानाध्यापक) भएर प्रमाणित गछौँ । अनि साँझ छुट्टि भएपछि त्यसको समिक्षा गछौँ ।,” यो सफल हुँदैन कि भनेर चिन्ता लाग्दा लाग्दै प्रयोगमा ल्याइएको भए पनि अहिले सफल देखिएको विद्यालयका प्रअ राईले बताए ।

यस्तो लकवुकको प्रयोगमा ल्याएपछि शिक्षहरु समेत सजग भएका र विद्यार्थी समेत पढ्नका लागि उत्साहित वनेको प्रअ राई सुनाउँछन् ।

याम्फुदिनको कंञ्चनजंघा माविमा मात्र होईन । जिल्लाका ३० वटा विद्यालयमा प्रत्येक दिन प्रत्येक कक्षाकोठामा पठनपाठन गर्न आउने शिक्षकको हाजिरी विद्यार्थीले गर्ने गरेका छन् ।

फत्ताङ्लुङ गाउँपालिकाका २६ वटा र सिरीजंघा गाउँपालिकाका ४ ओटा विद्यालयमा गरि ३० विद्यालयमा यस्तो लकवुकलाई प्रयोगमा ल्याईएको छ । यसको प्रयोग भने हिमालयन ट्रष्ट युकेको आर्थिक सहयोगमा रिड नेपालले प्रयासमा भएको हो ।

यो संस्थाले जिल्लाका दुई गाउँपालिकामा शैक्षिक क्षेत्रको विकासका लागि गाम गरिरहेको छ । “यसको प्रयोगले विद्यार्थीहरुमा उत्साहका साथै शिक्षकहरुमा समेत विद्यार्थी प्रतिको उतरदायित्वको महसुस भएको पाईयो ।,”

रिड नेपालका जिल्ला व्यवस्थापक राजेन्द्र पन्तले भने ‘कक्षामा विद्यार्थीको मात्र कमजोरी नभएर शिक्षकबाट हुनसक्ने भएकाले यस्तो प्रयोगले शिक्षण शिकाई क्रियाकलापलाई सहयोग पुगेको छ’ यसको प्रयोग सुरु भएपछि शिक्षहरुले समेत आफुँले कस्तो शिक्षण गर्छु भन्ने आत्मा मुल्याङ्कन गर्ने अवशर पाउने पन्तको बुझाई छ ।