कक्षा १ का विद्यार्थीलाई मोतियाबिन्दु

१० वर्षे बालकको आँखामा मोतियाविन्दु भेटिएको छ । कालिका मावि रामबजारमा कक्षा १ मा अध्ययनरत विद्यार्थी विजय राईदासको देब्रे आँखामा मोतियाविन्दु भेटिएको हो ।


लायन्स क्लब अफ पोखरा माउन्टेन सिटीले बुधबार विद्यालयमा आयोजनामा गरेको आँखा जाँच कार्यक्रममा जचाउँदा विजयको देब्रे आँखा मोतियाबिन्दु कारण केही पनि देख्न नसक्ने अवस्था रहेको पत्ता लागेको कार्यक्रम संयोजक डिआर पोखरेलले जनाए ।

विद्यालयका ९ सय ६१ जनाको आँखा जाँच गरिएकोमा ५६ जना आँखाका बिरामी भेट्टिए । जसमध्ये ३५ जनाले चश्मा लगाउनुपर्ने अवस्था रहेको हिमालय आँखा अस्पतालका प्राविधिक रुपसिंह बोहोराले बताए ।


मोतियाविन्दु भइसकेका बालकको भने तत्काल शल्यक्रिया गर्नुपर्नै भएकाले अस्पताल रिफर गरिएको छ । आँखाका बिरामी भएका विद्यार्थीलाई गर्नुपर्ने सम्पूर्ण उपचार अप्रेसनसहित चश्मासमेत लायन्स क्लबले प्रदान गर्ने अध्यक्ष हर्कबहादुर अधिकारीले जानकारी दिए ।


कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ बी १ नेपालका एनएलएफ डिपार्टमेन्ट चिफ मिलन थापाले सरकारी विद्यालयका न्यून आयस्रोत भएका विद्यार्थीको आँखा जाँच कार्यक्रम अति महत्वपूर्ण भएको बताइन् ।

सरकारी विद्यालयका करिब २५ हजार विद्यार्थीको आँखा जाँच गरेको क्लबका संस्थापक अध्यक्ष डिआर पोखरेलले जनाए ।