नेपाल प्राध्यापक संघ विन्दुवासिनी संस्कृत विद्यापीठ पोखरा, इकाइ सभापतिमा अम्बिकाप्रसाद भट्टराई निर्विरोध भएका छन् ।
संघको बुधबार भएको अधिवेशनबाट उपसभापतिमा श्यामप्रसाद पौडेल, सचिवमा डा काशीनाथ कँडेल, सहसचिवमा डा भोलानाथ रेग्मी, कोषाध्यक्षमा रविभक्त बराल एवम् सदस्यद्वयमा रविभक्त बराल र भानुभक्त आचार्य चुनिएका हुन् ।
अधिवेशनले नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका लागि डा. भोलानाथ रेग्मी र आनन्दमणि रिजाललाई केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ । निर्वाचित पदाधिकारीलाई निर्वाचन संयोजक राधाकृष्ण गैरेले पद तथा गोपनीयताको सपथ गराए ।