budget

कस्तूरी मृग फार्म बनाउन डेढ करोड

गण्डकी सरकारले प्रदेशको हिमाली क्षेत्रमा कस्तुरी मृग संरक्षण तथा प्रजननका लागि फार्म बनाउने भएको छ । फर्म स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहनका लागि १ करोड ५० लाख यसपालि प्रदेशले विनियोजन गरेको छ । यस्तै, नेपाल सरकारसँगको सहकार्यमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गर्न कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलाको जग्गा छनौट गरी आवश्यक बजेट विनियोजन भएको छ । नेपाल सरकार तथा स्थानीय तहसँगको सहकार्यमा एक स्थानीय तह, एक उद्योग ग्राम स्थापनाका लागि… पुरा पढौ

नवौं राष्ट्रिय खेलकूद व्यवस्थापन र प्रशिक्षणका लागि डेढ करोड

गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिने प्रदेशका खेलाडीको आवश्यक व्यवस्थापन र प्रशिक्षणका लागि १ करोड ५० लाख विनियोजन गरेको छ । गण्डकी प्रदेशसभमा अर्थमन्त्री किरण गुरुङले प्रस्तुत गरेको बजेटमा यो उल्लेख छ । प्रदेश सरकारको तर्फबाट विजयी खेलाडीलाई पुरस्कृत गर्ने आवश्यक व्यवस्थासमेत मिलाएको उनको भनाइ छ । प्रदेशले प्रदेश स्तरीय बहुउद्देश्यीय रङ्गशाला, क्रिकेट रङ्गशाला, गल्फकोर्स, स्की, उच्च उचाई खेलकुद तालिम केन्द्र, जिल्लास्तरीय रङ्गशाला र एक स्थानीय तह एक… पुरा पढौ

सरुवा रोग अस्पताल बनाउन ५ करोड, ३ वर्षभित्र सबैको स्वास्थ्य बिमा

गण्डकी सरकारले प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने योजना अघि सारेको छ । सोमबार प्रदेशको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले अत्याधुनिक प्रविधिसहितको सुविधा सम्पन्न संक्रामक तथा सरुवा रोग अस्पतालको स्थापना र सञ्चालन गर्न ५ करोड बजेट विनियोजन गरेको जनाए । प्रदेशमा मुटु, मृगौला, क्यान्सर र मातृ तथा बालरोगसम्बन्धी विशिष्टीकृत अस्पताल निर्माण गर्ने कार्यक्रमका लागि यस वर्ष २ करोड बजेट छ । नेपाल सरकारसँगको सहकार्यमा सबै जिल्ला अस्पताललाई २५ देखि… पुरा पढौ

निर्वाचन क्षेत्र विकास पूर्वाधारमा निरन्तरता

सांसदहरुले आफूले चाहेका योजनामा पैसा बाड्न पाउने संसद विकास कोषलाई गण्डकी सरकरकाले यो वर्ष पनि निरन्तरता दिएको छ । गण्डकी सरकारलाई यो योजनालाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा निरन्तरता दिएको छ । कोभिड १९ को प्रभाव र असर न्यूनीकरण गर्न पुँजी निर्माण तथा रोजगारी सृजना गर्ने पूर्वाधार विकासका योजना सञ्चालन गर्ने गरी कार्यक्रमलाई निरन्तरता दिएको अर्थतन्त्री गुरुङले बताए । अघिल्लो आव मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको लागि प्रति… पुरा पढौ

गण्डकी सरकारको बजेटको पूर्ण पाठ(भिडियोसहित)

माननीय सभामुख महोदय,१. विश्वव्यापी कोरोना महामारीका कारण उत्पन्न असामान्य परिस्थितिका बीच गण्डकी प्रदेश सरकारको तर्फबाट म यस गरिमामय सभा समक्ष आर्थिक वर्ष २०७७र७८ को वार्षिक बजेट पेश गर्दछु।२. सर्वप्रथम, लोकतान्त्रिक आन्दोलन, सशस्त्र संघर्ष, परिवर्तन, क्रान्ति, सामाजिक तथा मुक्ति आन्दोलनमा सहादत प्राप्त गर्ने सबै आदरणीय अमर सहिदहरूलाई स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। अग्रगामी परिवर्तनका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अग्रज नेताहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। विश्वव्यापी नोबल कोरोना भाइरसको… पुरा पढौ

प्रदेशसभाको पूर्वाधार र सशक्तीकरणका लागि साढे १२ करोड

गण्डकी सरकारले प्रदेशसभाको पूर्वाधार निर्माण र प्रदेशसभालाई प्रभावकारी बनाउन विभिन्न व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ । यसका लागि १२ करोड ४२ लाख बजेट छ । सोमबार मन्त्रिपरिषद्ले स्वीकृत गरेकोगण्डकी प्रदेश विकास प्राधिकरणका लागि ११ करोड विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पेश गरेको बजेटमा उल्लेख छ । पुरा पढौ

आगामी वर्षबाट गण्डकी विश्वविद्यालयले एमबिबिएस पढाउने

गण्डकी विश्वविद्यालयले आगामी आर्थिक वर्षबाट एमबिबिएस अध्यापन थाल्ने भएको छ । विश्वविद्यालयबाट शिक्षण अस्पताल स्थापना गरी यो कार्यक्रम चलाउन ४२ करोड ७५ लाख बजेट विनियोजन भएको आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जानकारी दिए । आगामी वर्षबाटै सूचना, प्रविधिका विषय पनि पढाइ थाल्ने उनले जनाए । पुरा पढौ

कोरोनासँग लड्न गण्डकी सरकारको २ अर्ब ९१ करोड

गण्डकी सरकारले कोरोनासँग मुकाबिला गर्न र उपचारका लागि ठूलो रकम विनियोजन गरेको छ । यसका लागि २ अर्ब ९१ करोड ७६ लाख विनियोजन भएको आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जानकारी दिए । उनले क्षेत्रगत जीवन रक्षा कोषका लागि १ अर्ब विनियोजन गरेको जानकारी दिए । प्रदेशसभामा बजेट प्रस्तुत गर्दै उनले यस्तो जनाएका हुन् । पुरा पढौ

कर्णाली सरकारको नयाँ कार्यक्रम : खाना, नाना र छाना

कर्णाली सरकारले पछाडि परेका सिमान्तकृत, गरिब आदिका लागि नयाँ कार्यक्रम ल्याएको छ । खाना, नाना र छाना नाम दिइएको कार्यक्रमका लागि २० करोड बजेट छ । अशक्त, जोखिममा परेका, सिमान्तकृत क्षेत्र, वर्ग र समुदायका नागरिकको जीविकोपार्जन र उद्यमशीलताका लागि यो कार्यक्रम सञ्चालन गर्न लागिएको बजेटमा उल्लेख छ । कर्णाली प्रदेशले आर्थिक वर्ष २०७७र०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको छ । पुरा पढौ

कर्णाली सरकारले खुला उत्पादन कारागार बनाउँदै

कर्णाली प्रदेशले खुला उत्पादन कारागार बनाउने भएको छ । सोमबार प्रस्तुत बजेटमा यो कार्यक्रम समावेश छ । कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रस्तुत गरेको बजेटमा कारागारलाई सुधार गृहको रुपमा विकास गर्न कैदीलाई संघीय सरकारसँगको समवय र सहकायमा खुला उत्पादन कारागार बनाइने उल्लेख छ । कार्यक्रम अन्तर्गत कैदीलाई उत्पादनमूलक कार्यक्रममा सहभागी गराउने योजना छ ।कर्णाली प्रदेशले आर्थिक वर्ष २०७७र०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं