कस्तूरी मृग फार्म बनाउन डेढ करोड

गण्डकी सरकारले प्रदेशको हिमाली क्षेत्रमा कस्तुरी मृग संरक्षण तथा प्रजननका लागि फार्म बनाउने भएको छ ।

फर्म स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहनका लागि १ करोड ५० लाख यसपालि प्रदेशले विनियोजन गरेको छ ।

यस्तै, नेपाल सरकारसँगको सहकार्यमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गर्न कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलाको जग्गा छनौट गरी आवश्यक बजेट विनियोजन भएको छ । नेपाल सरकार तथा स्थानीय तहसँगको सहकार्यमा एक स्थानीय तह, एक उद्योग ग्राम स्थापनाका लागि यो वर्ष ५ करोड ६५ लाख विनियोजन भएको अर्थमन्त्री किरण गुरुङले सोमबार प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।