गण्डकी सरकारले कोरोनासँग मुकाबिला गर्न र उपचारका लागि ठूलो रकम विनियोजन गरेको छ ।
यसका लागि २ अर्ब ९१ करोड ७६ लाख विनियोजन भएको आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जानकारी दिए । उनले क्षेत्रगत जीवन रक्षा कोषका लागि १ अर्ब विनियोजन गरेको जानकारी दिए ।
प्रदेशसभामा बजेट प्रस्तुत गर्दै उनले यस्तो जनाएका हुन् ।




