पोखराको बजेट पारित, विभिन्न समिति गठन
पोखरा महानगर पालिकाको बजेट पारित भएको छ । आइतबार बसेको नगर सभाले आगामी आर्थिक वर्षको ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट सर्वसम्मत पारित गरेको हो । यसैगरी नगरसभाले न्यायिक समिति, लेखा समिति र विद्यायन समिति गठन गरेको छ । न्यायिक समितिको संयोजक महानगरका उपप्रमुख मञ्जुदेवि गुरुङको संयोजकत्वमा भावना श्रेष्ठ र कालिदाश पोखरेल सदस्य रहेको समिति गठन भएको हो । लेखासमितिको संयोजकमा झपटबहादुर रानाभाट चयन भएका छन् ।…
पुरा पढौ
बजेट नीति तथा कार्यक्रमका आधारमाः जीवन
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सरकारको नीति तथा कार्यक्रम एवम् सिद्धान्त र प्राथमिकताअनुरुप आएको बताउनुभएको छ । प्रदेशसभाको आजको बैठकमा उहाँले बजेट माथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै बजेट तर्जुमा गर्दा सभासमक्ष प्रस्तुत गरिएको सिद्धान्त र प्राथमिकता तथा सरकारको नीति एवं कार्यक्रमलाई आधार मानिएको स्पष्ट पार्नुभयो । बजेटका क्रममा उत्पादन र उत्पादकत्व वृद्धि, पर्यटन प्रवद्र्धन, औद्योगिक विकास र रोजगारी, स्वच्छ खानेपानी र नवीकरणीय ऊर्जा, शिक्षा र सामाजिक विकास, स्वास्थ्य…
पुरा पढौ
अब अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन
सरकारले अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेको छ । आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष ०७९–८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेका हुन् । अहिलेसम्म पत्रिकालाई मात्र लोककल्याणकारी विज्ञापन दिइने गरिएको थियो ।
पुरा पढौ
हरेक परिवारलाई सित्तैमा इन्डक्सन चुलो
आगामी वर्ष सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमार्फत एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिएको बताए ।
पुरा पढौ
सरकारको योजनाः किसानलाई पेन्सन
सरकारले आर्थिक वर्ष २०७९र०८० का लागि ल्याएको बजेटमा किसान पेन्सन योजना ल्याउने जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले अहिले संघीय संसदमा प्रस्तुत गरिरहेको बजेटमा उनले यो योजना ल्याउन लागिएको बताएका छन् । ‘किसान हुनुमा आत्मसम्मान गौरव बढाउन किसान पेन्सन योजना अगाडि सारेको छु,’ बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले भने ,‘यो योजना अन्तर्गत किसान हितकोष स्थापना गर्ने र त्यसका लागि बीउ पुँजीमार्फत एक अर्ब विनियोजन गरेको छु ।’
पुरा पढौ
पोखरा महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठ)
[dflip id="64034" ][/dflip] नगर सभासदज्यूहरु,राष्ट्रसेवक कर्मचारी एवं पत्रकार मित्र,उपस्थित सम्पूर्ण महानुभावहरु ।ड्ड पोखरा महानगरपालिकाको नगर प्रमुखको रुपमा यस महानगरको नवौं नगर सभामा पाँचौं वर्षको वार्षिक नीति तथा कार्यक्रम पेश गर्न यहाँहरुको बीचमा उभिदा आफूलाई गौरव महसुस गरिरहेको छु ।ड्ड राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र जनजीविका प्राप्तिको आन्दोलनका विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दछु । सहिदको सपना र…
पुरा पढौ
सबै वडा सदस्य र कार्यपालिका सदस्यलाई १ १ योजना
मादी गाउँपालिकाले तल्लो छाचोकमा अस्पताल बनाउने भएको छ । १५ शड्ढयाको अस्पताल भवन निर्माण आगामी आर्थिक वर्षभित्रै सुरु गर्ने गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले बताए । सोमबार ९ औं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो जनाएका हुन् । स्वास्थ्य चौकीबाट टाढा रहेका बस्तीमा सञ्चालित सामुदायिक स्वास्थ्य इकाइलाई निरन्तरता दिन उनले प्रस्ताव गरेका छन् । होम आइसोलेसनमा रहेकालाई औषधी तथा खाद्यान्नको प्याकेज तथा थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराउने संक्रमितलाई…
पुरा पढौ
गण्डकीमा १ जिल्ला, १ सहिद स्मारक पार्क
गण्डकी सरकारले प्रदेशका सबै जिल्लामा सहिद स्मृति पार्क बनाउने भएको छ । मंगलबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यस्तो उल्लेख गरेका हुन् । प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका स्थान तथा संग्रहालयको संरक्षण, सम्वर्द्धन र विकासका कार्यक्रमलाई निरन्तरता दिन र “एक जिल्ला एकस हिद स्मारक पार्क” निर्माणको लागि बजेट व्यवस्था गरिएको उनले बताए । द्वन्द्व पीडित तथा सहिद परिवार र द्वन्द्वका क्रममा घाइते नागरिकहरूको तथ्याङ्क…
पुरा पढौ
गण्डकी सरकारले सबै नागरिकलाई पुग्ने खोप किन्ने
गण्डकी सरकारले सबै नागरिकलाई पुग्ने गरी कोरोनाको खोप किन्ने भएको छ । मंगलबार प्रस्तुत बजेटमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्न खोप खरिदको लागि आवश्यक बजेटको व्यवस्था गरेको उल्लेख गरेका हुन् । संक्रामक तथा सरुवारोग अस्पतालमा अत्याधुनिक प्रविधिसहितको सुविधासम्पन्न भवन निर्माण गरी सेवा सुविधा बिस्तार गरिने भएको छ । स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको शल्यक्रियामा लाग्ने खर्च प्रदेश सरकारबाट व्यहोर्ने भएको…
पुरा पढौ
गण्डकीको बजेट ४ अर्ब घट्यो (पूर्ण पाठसहित)
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८(७९ का लागि ३० अर्बको बजेट ल्याएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबारको संसद बैठकमा ३० अर्ब तीन करोड ९४ लाख २७ हजारको बजेट पेश गरे । यो बजेट चालु आर्थिक वर्षको भन्दा ४ अर्ब थोरै हो । चालु खर्चतर्फ १३ अर्ब ६ करोड ४७ लाख ९४ हजार रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख ३३ हजार बजेट छ । बजेट वक्तव्य…
पुरा पढौ